निर्वाचन सुरक्षामा, कसको के भूमिका ? : RajdhaniDaily.com


देश र देशवासीको कल्याण चाहने सबै नेपालीले आगामी २१ फागुनको आमनिर्वाचनलाई उत्सवको रूपमा लिनुपर्दछ । हर्षोल्लासमय वातावरणमा सम्पन्न गराउनु हामी सबैको दायिŒव हो । विगतकाभन्दा आसन्न निर्वाचनको छुट्टै विशेषता छ । यो निर्वाचन मुलुकको अपरिहार्य आवश्यकतामा आधारित परिस्थितिको उपज हो भन्ने सबैमा विदितै छ । यदि सबै मतदाता सचेतमात्रै भए २१ फागुनको निर्वाचन राष्ट्र उत्थानको जग बसाल्ने शुभसाइतकै दिन बन्न सक्छ । यसदिन कुनै दलमा आबद्ध भएको होस् वा नहोस्, त्यसलाई महŒव नदिई नितान्त व्यक्तिको पृष्ठभूमि, स्वच्छ र दूरदर्शी विचार, सुधारवादी मानसिकता, सैद्धान्तिक राजनीतिमा दक्ष र योग्य तथा समाजसेवी व्यक्तिमात्रै छनोट गरे पुग्छ ।

्त्यस अवस्थामा हाम्रो सर्वोच्च जनप्रतिनिधिमूलक संस्था संसद्मा दक्ष व्यक्तिमात्रै पुग्छन् । उनीहरूमार्फतै दूषित बन्दै आएको हाम्रो राष्ट्रिय राजनीतिलाई शुद्धिकरण गराउन सकिन्छ । संसद् नेताको कठपुलतीबाट जनसेवी संस्थामै रूपान्तरित हुन्छ । यो सबैको साझा चासो र सरोकारको अपरिहार्य विषय भएकोले यसतर्फ सबै संवेदनशील हुन जरुरी छ । यस सन्दर्भमा निर्वाचनलाई शान्तपूर्ण वातावरणमा सुसम्पन्न पार्न आ–आफ्ना स्थानबाट सहयोग पु¥याउनु हामी सबैको साझा कर्तव्य हो । समाजको विविध क्षेत्रमा संस्थागत एवं गैरसंस्थागत गतिविधि र कामकार्य सम्पदन गर्दै आएको, के कुन समूहको निर्वाचनमा कस्तो भूमिका हुनुपर्दछ ? भन्ने’bout निम्नअनुसार चर्चा गर्न सकिन्छ ।

१. सरकारको भूमिका
निर्वाचन शान्तपूर्ण सम्पन्न गराउने मुख्य दायिŒव सरकारकै हो । सरकारले सबै पक्षको साथसहयोग जुटाएर निर्वाचन सम्पन्न बनाउनुपर्दछ । निर्वाचनप्रति देखिएको जनआकर्षण, राजनीतिक दलका दृष्टिकोण, निर्वाचनमा अवरोध पार्न सक्ने आशंकित समूह भए त्यसको पहिचान, पेशेवर अपराधीको गतिविधि तथा मतदान केन्द्रको सुरक्षा व्यवस्था’bout तथ्ययुक्त सूचना संकलन गरी त्यसैको आधारमा सरकारले निर्वाचन सुरक्षा योजना बनाएको हुनुपर्दछ । सरकारको सूचना संयन्त्र वा राष्ट्रिय अनुसन्धान विभाग सक्रिय छैन भन्ने त जेनजीकै आन्दोलनमा सरकारले गरेको तयारीको अवस्थाले नै प्रमाणित गरिदिएको छ । राष्ट्रिय सूचना संयन्त्र कति सक्रिय र चुस्त छ ? भन्ने उसले सम्भावित घटना’bout अग्रिम जानकारी गराएको तथ्यगत सूचनाले नै पुष्टि गर्दछ । यसैले निर्वाचनक्रममा सूचना सूत्र परिचालित गर्दा घटना भएपछिको जानकारी लिन होइन, सम्भावित घटना’bout अग्रिम सूचना दिनेगरी सरकारले व्यवस्थापन गर्नुपर्दछ । यसनिम्ति खटिएको स्थानमा अप्रिय घटना भए त्यसको जवाफदेहिता सम्बन्धित सूचना सूत्रले लिनुपर्ने गरी सरकारले सूचना संकलन संयन्त्र फिट गर्नु उपयुक्त हुन्छ ।

सरकारले निर्वाचनप्रति नकारात्मक दृष्टिकोण राख्ने समूहलाई नै समझदारीमा ल्याउनुपर्दछ । राजनीतिक दलबीचको पारस्परिक प्रतिस्पर्धा र मतभेद हटाउने मध्यस्थकर्ता पनि सरकारले बनिदिनुपर्दछ । सुगमदेखि दुर्गम क्षेत्रसम्मका मतदातामा नकारात्मक प्रभाव पर्न नदिन राज्य संंयन्त्र, स्थानीय सरकार र प्रभावशाली राजनीतिक दलमार्फतै सरकारले चुनावी वातावरण तय गर्नुपर्दछ । सरकारमा रहेका पदाधिकारीको व्यवहार, क्रियाकलाप र गतिविधि अनुकरणीय हुनुपर्दछ । सत्तामा रहेर राजनीति गर्ने प्रवृत्ति निर्मूल हुनुपर्दछ । सरकारको भनाइ र व्यवहार जनमैत्रिक हुन आवश्यक छ । निर्वाचनमा खटिने राज्य संयन्त्रका सबै कर्मचारीको व्यवहार आफैंमा स्वच्छ र पारदर्शी हुनुपर्दछ । कर्मचारी आफैँ समस्याको कारक बन्नु हुँदैन । सम्पूर्ण मतदान केन्द्रदेखि उम्मेदवारको सुरक्षा व्यवस्थाका अलावा मतदाता, प्रचारप्रसारकर्ता र उम्मेदवार सबैले निश्चिन्त रूपमा प्रचारप्रसार गर्नसक्ने वातावरण सरकारले निर्माण गर्नुपर्दछ ।

२. सुरक्षाकर्मीको भूमिका
राज्यका सबै सुरक्षा निकाय निर्वाचनसम्बद्ध आफ्ना भूमिका सम्पादन गर्ने कार्ययोजनामा जुटेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको संयुक्त मिसन निर्वाचन भए पनि तीनवटै अंगको निर्वाचन सम्बन्धित कार्य दायिŒव अलि फरकै प्रकृतिको छ । आ–आफ्ना दायिŒव सम्बद्ध कार्यनीति र योजना सबैले बनाइसकेका छन् । त्यसमध्ये पनि कोर क्षेत्रमा वा मतदान केन्द्रमा नेपाल प्रहरी नै खटिने हुँदा मतदान केन्द्रलाई सुचारु रूपमा सञ्चालन गर्ने नेपाल प्रहरीको भूमिका विशेष महŒवपूर्ण हुन्छ । आमनिर्वाचन नेपाल प्रहरीका निम्ति नयाँ कुरा होइन, किनकि पहिलो आमनिर्वाचन २०१५ देखि अहिलेसम्म अनवरणत रूपमा निर्वाचन सुरक्षा कार्यमा नेपाल प्रहरी खटिनै आएको छ ।

पहिलो आमनिर्वाचन सम्पन्न पार्ने पूर्वप्रहरी अधिकृत अहिले पनि प्रशस्त भएको र उनीहरूका अनुभव ‘सेयरिङ’बाट अहिलेका पनि व्यवहारमा खारिएकै छन् । वातावरण एवं परिस्थितिअनुरूप प्रहरी टोली परिचालित हुने नै छ । त्यो सामान्य कुरा हो ।

सरकारले निर्वाचनप्रति नकारात्मक दृष्टिकोण राख्ने समूहलाई नै समझदारीमा ल्याउनुपर्दछ । राजनीतिक दलबीचको पारस्परिक प्रतिस्पर्धा र मतभेद हटाउने मध्यस्थकर्ता पनि सरकारले बनिदिनुपर्दछ । सुगमदेखि दुर्गम क्षेत्रसम्मका मतदातामा नकारात्मक प्रभाव पर्न नदिन राज्य संयन्त्र, स्थानीय सरकार र प्रभावशाली राजनीतिक दलमार्फतै सरकारले चुनावी वातावरण तय गर्नुपर्दछ ।

तथापि सुरक्षा व्यवस्था कहिल्यै पनि निश्चित हुन सक्दैन । अकल्पनीय आकस्मिक घटना उतिखेरै निम्तन सक्छन् । यस्तो हुनसक्ने भएरै सुरक्षाकार्यलाई सधैं चुनौतीपूर्ण ठानिन्छ । कुनै प्रकारको घटना नभएसम्म शतप्रतिशतै सुरक्षा मजबुद मानिन्छ, तर त्यस्तै अवस्थाबीच नै कुनै प्रकारको असामान्य घटना नै घटिहाले, शतप्रतिशत सुरक्षाकार्य फितलो भएको ठानिन्छ । यस कुरालाई मतदान केन्द्रमा खटिने सुरक्षाकर्मीले अत्यन्त संवेदनशील ठान्नुपर्दछ । यसैले प्रहरी टोलीको अरनखटन गर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुखले बुझ्नुपर्ने महŒवपूर्ण कुरा के हो भने अति संवेदनशील र संवेदनशील केन्द्रमा खटिने प्रहरीको गुणात्मक संख्याभन्दा योग्य संख्यालाई हालको परिप्रेक्ष्यमा बढी महŒव दिनुपर्दछ । त्यसक्रममा अपनाउनुपर्ने सर्वोत्तम उपाय भनेकै मतदान केन्द्रको संवेदनशीलताका आधारमा डीएसपी, इन्स्पेक्टर वा वरिष्ठ सई, सई नै खटिने र उनीहरूलाई स्थानअनुसारै कमाण्डर तोकिने भए पनि संवेदनशील केन्द्रका हकमा खटिने सबै प्रहरी स्टाफ नै कमाण्डरले छानेकै व्यक्ति पठाउनुपर्दछ । यसो गरिए सो केन्द्रको कमाण्ड कन्ट्रोल मजबुत हुन्छ । प्रहरी कर्मचारीबीच भावनात्मक एकता हुने भएकोले कर्मचारी कमाण्डरप्रति वफादार बन्छन् । त्यो अवस्थामा सुरक्षा व्यवस्था प्रभावकारी हुन्छ ।

३. राजनीतिक दलको भूमिका
आमनिर्वाचन शान्तपूर्ण सम्पन्न पार्न सरकारकै जस्तो महŒवपूर्ण जिम्मेवारी राजनीतिक दलको हुन्छ । दल चुनाव जिती राज्यको शासनसत्ता सञ्चालन गर्ने उद्देश्य लिएरै चुनावमा होमिएका हुन्छन् । केन्द्रदेखि स्थानीय तहको हरेक सुगमदेखि दुर्गम गाउँ, बस्ती र टोलसम्म राजनीतिक नेता, कार्यकर्ताको ‘नेटवर्क’ विस्तारित भएको हुन्छ । यसक्रममा हुने दलीय प्रतिस्पर्धा पनि स्वस्थ हुनुपर्दछ । दलबीचको पारस्परिक प्रतिस्पर्धा आफैंमा असुरक्षाको कारकतŒव बन्नुहुँदैन । सबै दल यसप्रति सचेत भैदिए दलसम्बद्ध चुनौतीकै अन्त्य हुन्छ ।

यदि दलीय हाइकमाण्डले चाहेमा हरेक निर्वाचन क्षेत्रको गाउँटोलसम्म राज्यको सुरक्षा संयन्त्र जतिकै दलीय कार्यकर्ताको संयन्त्रलाई प्रचारमुखी अभियान सँगसँगै सुरक्षा तैनाथीमा पनि जागरुक गराउन सक्छन्, यसनिम्ति दलीय, केन्द्रीय एवं जिल्ला कार्यसमितिले निर्वाचन क्षेत्रका कार्यकर्तालाई स्थानीय सुरक्षा संयन्त्रसँगै सहकार्य गरी सुरक्षार्थ ध्यान दिने निर्देशन दिएमात्रै पुग्छ । त्यो पृष्ठभूमिको मतदान शान्तपूर्ण बन्छ ।

तर निर्वाचन हुने दिन जतिजति नजिकिँदै छ, उति नै दलकै शीर्षस्थनेतादेखि केन्द्रीयस्तरकै नेताको सस्तो लोकप्रियतामुखी चुनावी प्रतिक्रिया नकारात्मक शैलीको हुनु दुःखद हो । अझै पनि उनीहरू आफ्नो सहकार्यको दायिŒव बिर्सिएर सरकारलाई मात्रै दोष दिइरहेका छन् । शान्तपूर्ण चुनाव सम्पन्न पार्न जिम्मेवार दलका शीर्षस्थ नेताको भूमिका पनि राज्यकै जस्तो हुनुपर्दछ । उनीहरू पनि शान्ति सुरक्षाको दृष्टिकोणले बाँधिएका हुन्छन् । सरकारलाई दोष दिएर उनीहरूले उम्कन मिल्दैन । यो कुरा दलीय नेता जसले दल सञ्चालनको जिम्मा लिएका छन्, उनीहरूले बुझेको हुनुपर्दछ । चुनाव नचाहने, चुनाव भाँड्ने तथा चुनाव बिथोल्ने व्यक्ति वा समूह टाढाको र अपरिचित हुँदैन । स्थानीय समाजकै व्यक्ति हुने भएकोले सबै दलका नेतादेखि कार्यकर्तासम्मले चुनाव सम्पन्न पार्ने सोच मात्रै राख्ने हो भने बिथोल्न खोज्नेको केही चल्दैन । तर त्यसका निम्ति नेतादेखि कार्यकर्तासम्मको नियत भने स्वच्छ हुनै पर्दछ ।

४. मतदाताको भूमिका
साबिकभन्दा अहिलेको निर्वाचनले मतदातामा उत्साह जगाएको छ । मतदाताको राजनीतिक मानसिकता पनि जेनजी विद्रोहले परिवर्तन गराएको छ । अहिले अरूको लहैलहैमा लागि मतदिने बिरलै होलान् । अधिकांशले उम्मेदवारको स्तर हेरेरै मताधिकार प्रयोग पनि स्वविवेकले गर्दछन् । निर्वाचन शान्तपूर्वक सम्पन्न गराउने दायिŒव मदाताको पनि हो । मतदाताले योग्य र सक्षम तथा जनसेवी, इमानदार व्यक्ति छनोट गरेमात्रै मुलुकको कल्याण हुन्छ भन्ने बुझ्नुपर्दछ । यस परिप्रेक्ष्यमा चुनावविरोधी गतिविधि गर्नसक्ने शंकास्पद व्यक्ति आफ्नो गाउँटोलमा कोको छन् वा छैनन् ? त्यो कुरा मतदाताजतिको अरूलाई थाहा हुँदैन । त्यस्ता चुनावविरोधी गतिविधि गर्नसक्ने व्यक्ति भए, त्यसको गोप्य सूचनामात्रै स्थानीय प्रशासन र प्रहरीलाई दिएर मतदाताले आफ्नो आदर्श नागरिकको दायिŒव पूरा गर्नुपर्दछ ।

५. जेएनजीको भूमिका
जेनजीले मिलोमतोमै राष्ट्रघाती राजनीति सञ्चालन गर्ने विगतका नेताका व्यवहारबाट पीडित जनभावना बुझेका छन् । समाजको हरेक घरपरिवारमा जेनजीको प्रतिनिधित्व छ । राज्यको निर्णायक राजनीतिक शक्ति नै जेनजी बनिसकेको विदितै छ । यस परिप्रेक्ष्यमा मतदाताको परम्परागत मानसिकता परिवर्तन गराउन जेनजी पछि पर्ने छैनन् । जेनजीलाई आफ्नो घरपरिवार र समाजका अग्रजलाई ‘स्कुलिङ’ गर्न कठिन पर्दैन । अहिलेको निर्वाचन जेनजीको त्याग र बलिदानकै उपज भएकोले यसलाई बिथोल्ने व्यक्ति वा समूहको पछि जेनजी लाग्नुपर्दछ । शंकास्पद गतिविधि हुने सम्भावना देखिए तत्कालै स्थानीय प्रहरी र प्रशासनलाई जानकारी गराएर जेनजीले आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ ।

६. शिक्षक, विद्यार्थीको भूमिका
विद्यार्थी देशका कर्णधार र परिवार र समाजका नक्षत्र हुन् । अहिलेका विद्यार्थीले नै भविष्यमा मुलुक सञ्चालन गर्नुपर्दछ । उनीहरूलाई प्रशिक्षित गराउने भूमिका शिक्षकको हुन्छ । शिक्षक विद्यार्थीले गलत बाटोमा हिँड्ने व्यक्तिलाई सही बाटोमा ल्याउने अभियन्ता बन्नुपर्दछ ।

सबै समूहले आ–आफ्नो स्थानबाट चासोमात्र दिने हो भने आगामी आमनिर्वाचन निश्चिन्त रूपमा सम्पन्न हुन सक्छ । यो त कुनै नौलो कुरो नै होइन आमनेपालीकै सामूहिक कर्तव्य नै हो ।
(लेखकको यो निजी विचार हो ।)

(Visited 17 times, 1 visits today)





Source link

Leave a Comment