अमेरिकाका नेपाली चर्चहरुमा विभिन्न कार्यक्रमका साथ मनाइयो क्रिसमस



प्रकाशित मिति : पुस १३, २०८२ सोमबार

अमेरिकाका नेपाली चर्चहरुमा विभिन्न कार्यक्रमका साथ मनाइयो क्रिसमस

न्युयोर्कका विभिन्न नेपाली चर्चहरूको सक्रियतामा येशू ख्रीष्टको जन्मोत्सव मनाउन क्रिसमसको अवशरमा विभिन्न कार्यक्रमहरु गरिएका छन् । स्थानीय नेपाली इसाई समुदायको उत्साहजनक सहभागितामा आयोजित कार्यक्रमहरूमा धार्मिक प्रवचनका साथै सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश थिए।

न्युयोर्क नेपाली चर्चको क्रिसमस

न्युयोर्क नेपाली चर्चले लङ आइल्याण्ड सिटीमा आयोजना गरेको विशेष समारोहमा पास्टर डानियल बस्नेत मुख्य वक्ता थिए । उनले क्रिसमसको धार्मिक महत्त्वमाथि प्रकाश पार्दै येशू ख्रीष्टको आगमनले मानव जातिलाई नयाँ आशा र आत्मिक मुक्ति प्रदान गरेको बताए।

अमेरिकाका नेपाली चर्चहरुमा विभिन्न कार्यक्रमका साथ मनाइयो क्रिसमस
न्युयोर्क नेपाली चर्चले लङ आइल्याण्ड सिटीमा आयोजना गरेको समारोहमा क्रिसमस मनाउन जम्मा भएका नेपालीहरु।

कार्यक्रममा गायिका उर्मिला लाम्गादेले ‘ख्रीष्टको प्रेममा’ बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । साथै, बालबालिका, युवा तथा आमा दिदीबहिनीहरुको समूहले क्रिसमस सम्बन्धी नाटक र भजनहरू प्रस्तुत गरेका थिए।

अमेरिकाका नेपाली चर्चहरुमा विभिन्न कार्यक्रमका साथ मनाइयो क्रिसमस

रायन लाम्गादेले सञ्चालन गरेको उक्त कार्यक्रमको प्रारम्भमा एल्डर कमल थापाले प्रार्थना गरेका थिए भने एल्डर सकुना राईले धन्यवाद ज्ञापन गर्दै समापन गरेका थिए।

अमेरिकाका नेपाली चर्चहरुमा विभिन्न कार्यक्रमका साथ मनाइयो क्रिसमस
कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकार उर्मिला लाम्गादे।

माउन्ट हेर्मोन आराधना चर्चको १०औं वार्षिकोत्सव

न्युयोर्कको सन्नीसाइडमा अवस्थित माउन्ट हेर्मोन आराधना चर्चले आफ्नो १०औं वार्षिकोत्सव र क्रिसमस विशेष कार्यक्रम एकैसाथ मनाएको छ। उक्त अवसरमा पास्टर जोसेफ थापाले बाइबलका उद्धरणहरू प्रस्तुत गर्दै येशू ख्रीष्टको जन्मको ऐतिहासिक र आध्यात्मिक पक्षबारे व्याख्या गर्नुभयो।

अमेरिकाका नेपाली चर्चहरुमा विभिन्न कार्यक्रमका साथ मनाइयो क्रिसमस
माउन्ट हेर्मोन आराधना चर्चले आयोजना गरेको कार्यक्रममा पास्टर जोसेफ थापा।

कार्यक्रममा अन्य प्रस्तुतीहरु पनि थिए । सहभागीहरूले आपसी सद्भाव र प्रगतिको कामना गर्दै शुभकामना साटासाट गरेका थिए ।

अमेरिकाका नेपाली चर्चहरुमा विभिन्न कार्यक्रमका साथ मनाइयो क्रिसमस
माउन्ट हेर्मोन आराधना चर्चले क्रिसमसको अवशरमा आयोजना गरेको कार्यक्रममा सहभागीहरु।

नेपाली कम्युनिटी चर्चको उत्सव

यसैगरी, उडसाइडमा नेपाली कम्युनिटी चर्च न्युयोर्कले पनि क्रिसमसको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा न्युयोर्कवासी नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। विविध सांस्कृतिक प्रस्तुति र शुभकामना आदानप्रदानसहित कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भएको आयोजकले जनाएका छन्।

अमेरिकाका नेपाली चर्चहरुमा विभिन्न कार्यक्रमका साथ मनाइयो क्रिसमस
क्रिसमसका अवशरमा नेपाली कम्युनिटी चर्चले उडसाइडमा आयोजना गरेको कार्यक्रम । फोटो: अजित शाह

इसाई धर्मावलम्बीहरूका अनुसार करिब २०२५ वर्षअघि इजरायलको बेथलेहेममा मानव जातिको मुक्ति र शान्तिको सन्देश लिएर येशू ख्रीष्टको जन्म भएको विश्वास गरिन्छ।

अमेरिकाका नेपाली चर्चहरुमा विभिन्न कार्यक्रमका साथ मनाइयो क्रिसमस
नेपाली कम्युनिटी चर्चले उडसाइडमा आयोजना गरेको कार्यक्रममा सहभागीहरु। फोटो: अजित शाह

अमेरिकामा नेपालीभाषीहरुको संख्या बढ्दै जाँदा मन्दिर, चर्च र गुम्बाहरु पनि उल्लेख्य संख्यामा रहेका छन् । न्युयोर्कको ज्याक्सनहाइटमा नेपालीको आफ्नै भवनमा गुम्बा रहेको छ भने न्युयोर्कको रिजउड र क्यालिफोर्नियाको लस एन्जलस लगायतका स्थानमा आफ्नै भवनमा मन्दिरहरु संचालनमा रहेका छन् ।





Source link

Leave a Comment