रोल्पाको तार्केबाङ खोलामा मोटरेबल पुलको शिलान्यास


१० मंसिर,रोल्पा । रोल्पाको माडी गाउँपालिका-५ भाबाङ र माडी गाउँपालिका-४ तालाबाङलाई जोड्ने तार्केबाङ खोलामा पक्की मोटरेबल पुल बन्ने भएको छ ।

मोटरेबल पुलको पूर्वअर्थमन्त्री वर्षमान पुनले बुधबार शिलान्यास गरेका छन् । पुलको शिलान्यास गर्दै पुनले लामो समय सम्म बन्न नसकेको पुल करिब २१ महिना सम्पन्न हुने बताए ।

यो वर्ष बजेट सुनिश्चित भएको र बहुवर्षीय ठेक्का पनि स्वीकृत भएकोले समयमै पुल निर्माण हुने उनले विश्वास व्यक्त गरे ।

पुल बनेपछि माडी गाउँपालिका-५ र ४ का नागरिक लाभान्वित हुने उनको भनाइ छ ।

पुल निर्माणका लागि आर्थिक वर्ष २०८३/८४ मा नेपाल सरकारबाट बहुवर्षीय स्रोत सहमति अनुसार ११ करोड ९७ लाख बजेट विनियोजन भएको छ ।

यो खोलामा पुल नहुँदा हरेक वर्ष बर्खायामको समयमा सवारीसाधन चलाउन अवरुद्ध हुने गर्दछ। हिउँदमा समेत जोखिम मोलेर सवारीसाधन आवतजावत गर्नुपर्ने बाध्यता छ।





Source link

Translate »