News Summary
Generated by OK AI. Editorially reviewed.
- अर्नब चक्रवातको प्रभावले शुक्रबार रातिदेखिको भारी वर्षाका कारण बारागुङ मुक्तिक्षेत्र–३ चैलेमा जोमसोम–कोरला सडक बिहानैदेखि अवरुद्ध भएको थियो ।
- आयोजना प्रमुख तेजस्वी शर्माले सडकमा पहिले लगाइएको ग्याबिन वाललाई गएरातिको भारी वर्षाले क्षति पुर्याएको जानकारी दिए ।
- मर्मतपछि ग्याबिन वाल लगाएर माटो भरी कोरला सडकको सवारी आवागमन आज सञ्चालन गरिएको शर्माले बताए ।
१४ कात्तिक, मुस्ताङ । भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ । अर्नब चक्रवात प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले बारागुङ मुक्तिक्षेत्र–३ चैले सडक भासिदा आज बिहानैदेखि अवरुद्ध भएको थियो ।
यसअघि ‘ग्याबिन वाल’ले उकासेर सडक स्तरोन्नति गरिएकामा गएरातिको भारी वर्षाले क्षति पुर्याएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।
कोरला सडकको सवारी आवागमन तत्काल सञ्चालन गराउने गरी ‘ग्याविन वाल’ लगाएर माटो भरेर सडक सञ्चालन गरिएको आयोजना प्रमुख शर्माले बताए । रासस