News Summary
Generated by OK AI. Editorially reviewed.
- वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ।
- मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको गत साता जेई सङ्क्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
- जिल्लामा जेई सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ, र परीक्षण तथा अनुगमनका लागि स्वास्थ्यकर्मीको टोली निरन्तर परिचालन भएको छ।
५ भदौ, झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।
मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेई सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो । यससँगै जिल्लामा जेई सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । हालसम्म चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ ।
उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेई परीक्षणलाई बढाइनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको उनले जानकारी दिए ।