News Summary
Generated by OK AI. Editorially reviewed.
- सुनसरी लगायतका जिल्लामा देखिएको तनावपूर्ण अवस्था अन्त्य गर्न प्राध्यापक संघ संगठनहरूले तीनै तहका सरकारलाई शान्ति कायम गर्न आग्रह गरेका छन् ।
- विज्ञप्तिमा भनिएको छ, ‘असहज परिस्थितिमा मतभेदलाई थाती राखी न्याय र शान्तिको लागि योगदान दिन तीनै तहका सरकार, राजनीतिक दल, सञ्चारकर्मी बुद्धिजीवी धार्मिक नेता तथा सबै देशभक्त नेपालीहरूसमक्ष अपिल गर्दछौं ।’
- प्राध्यापक संघ संगठनहरूले घटनाको निष्पक्ष छानबिन गर्न शक्तिशाली न्यायिक आयोग गठन गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।
१५ साउन, काठमाडौं । प्राध्यापक संघ संगठनले मतभेदलाई थाती राखेर शान्ति कायम गर्न तीनै तहको सरकारलाई आग्रह गरेका छन् ।
सुनसरी लगायतका जिल्लामा तनावको स्थिति बनिरहेका बेला प्राध्यापक संघ संगठनको सद्भाव कायम गर्न अपिल गरेका हुन् ।
‘असहज परिस्थितिमा मतभेदलाई थाती राखी न्याय र शान्तिको लागि योगदान दिन तीनै तहका सरकार, रजनीतिक दल, सञ्चारकर्मी बुद्धिजीवी धार्मिक नेता तथा सबै देशभक्त नेपालीहरूसमक्ष अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनसमेत प्राध्यापक संघ संगठनले आग्रह गरेका छन् ।
घटनाको निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न स्वतन्त्र र शक्तिशाली न्यायिक आयोग गठन गर्न पनि माग गरेका छन् ।
नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपाल र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले संयुक्त विज्ञप्ति निकालेर संवादबाट समाधान खोज्न आग्रह गरेका छन् ।