विश्वकप फुटबल: सहआयोजक क्यानडा प्रिक्वार्टरफाइनलमा पुग्ने पहिलो टिम बन्यो



प्रकाशित मिति : १४ असार २०८३, आइतबार

फोटो : एपी/रासस

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोल अन्तरले पराजित गर्दै सहआयोजक क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो।

क्यानडाका लागि स्टेफन एस्टाकियोले निर्णायक गोल गरे। उनले खेलको दोस्रो हाफको अतिरिक्त समय मा गरेको गोल नै निर्णायक साबित भयो।

यससँगै तेस्रोपटक विश्वकप खेलिरहेको क्यानडा पहिलोपटक अन्तिम १६ मा पुग्न सफल भएको हो।

क्यानडा यसअघिका संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो। क्यानडा समूह ‘बी’ को उपविजेता तथा दक्षिण अफ्रिका समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका थिए। प्रिक्वार्टरफाइनलमा क्यानडाले अब मोरक्को र नेदरल्यान्ड्सबीचको विजेतासँग खेल्नेछ।





Source link

Leave a Comment

Translate »