विश्वकप फुटबल: एम्बाप्पे चम्किएपछि फ्रान्स पुग्यो नकआउट चरणमा



प्रकाशित मिति : ८ असार २०८३, सोमबार

फोटो :एपी/रासस

फिफा विश्वकप २०२६ मा अघिल्लो विश्वकपको उपविजेता फ्रान्स नकआउट चरणमा पुगेको छ। इराकविरुद्ध सानदार जित निकाल्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो।

अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा सम्पन्न खेलमा किलियन एम्बाप्पे एक्लैले इराकविरुद्ध २ गोल गरेका थिए।

वर्षाका कारण करिब १ घण्टा स्थगित भएर पुनः सुरु भएको खेलमा फ्रान्सले इराकलाई शून्यका विरुद्ध ३ गोलले पराजित गरेको हो।

पहिलो हाफमा १ गोलको अग्रता बनाएको फ्रान्सका लागि एम्बाप्पेले ५४औँ मिनेटमा दोस्रो गोल गरेका थिए। पहिलो गोल उनले १४औँ मिनेटमा गरेका थिए।

फ्रान्सका लागि उस्मान डेम्बेलेले ६६औँ मिनेटमा तेस्रो गोल गरेका हुन्। विश्वकपमा यो उनको पहिलो गोल हो।

फ्रान्सले पहिलो खेलमा सेनेगललाई ३–१ गोलको अन्तरले हराएको थियो। पहिलो खेलमा इराक नर्वेसँग ४–१ गोलले पराजित भएको थियो। यो जितसँगै फ्रान्स एक खेलअगावै नकआउट चरणमा प्रवेश गरेको छ।





Source link

Leave a Comment

Translate »