मेसी बने विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी



प्रकाशित मिति : ८ असार २०८३, सोमबार

फोटो:एपी/रासस

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्वकप फुटबलमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका छन्। मेसीले कीर्तिमानी दुई गोल गरेको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० को गोलअन्तरले हराएको छ।

फिफा विश्वकप फुटबल २०२६ को समूह चरणको खेलमा अस्ट्रियाविरुद्ध गोल गर्दै सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाउन मेसी सफल भएका छन्।

यो खेलमा मेसीले दुई गोल गरेका छन्। पछिल्लो दुई गोलसँगै विश्वकपमा मेसीको गोल सङ्ख्या १८ पुगेको छ। मेसीले अस्ट्रियाविरुद्ध प्रहार गरेको पेनाल्टी भने असफल भएको थियो।

यसअघि यो कीर्तिमान जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको थियो। उनले विश्वकपमा १६ गोलको कीर्तिमान बनाएका थिए।

अमेरिकाको डालासमा मेसीले कीर्तिमानी गोलको आँकडा पार गर्न सफल भएका हुन्। यसअघिको खेलमा अल्जेरियाविरुद्ध मेसीले ह्याट्रिक पूरा गरेका थिए। सर्वाधिक ६ पटक विश्वकप खेल्ने कीर्तिमान पनि मेसीकै नाममा रहेको छ।





Source link

Leave a Comment

Translate »