विश्वकप फुटबल: पूर्वविजेतालाई नयाँको कडा चुनौती



प्रकाशित मिति : १ असार २०८३, सोमबार

फोटो : एपी/रासस

विश्वकप फुटबलमा पूर्वच्याम्पियन स्पेन नवप्रवेशी केप भर्डेसँग अङ्क बाँड्न बाध्य भएको छ। विश्वकप विजेता स्पेन र अफ्रिकी राष्ट्र केप भर्डेबिचको खेल बराबरीमा टुङ्गिएको हो।

अमेरिकाको एटलान्टास्थित एटलान्टा रङ्गशालामा सम्पन्न खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो।

सन् २०१० को विश्वकप विजेता स्पेनले विश्वकपको नवप्रवेशी टोली केप भर्डेसँग निकै दबाबमा खेले पनि गोल गर्न भने सकेन। यस बराबरी खेलसँगै विश्वकपको समूह ‘एच’मा रहेका दुवै टोलीले समान १–१ अङ्क जोडेका छन्।

समूह ‘एच’ अन्तर्गत साउदी अरेबिया र उरुग्वेबिचको खेल पनि बराबरीमा सकिएको छ। अघिल्लो विश्वकपमा अर्जेन्टिनालाई हराएर चर्चामा आएको साउदी अरेबियाले यस पटक पनि पूर्वच्याम्पियन उरुग्वेलाई १–१ को बराबरीमा रोक्न सफल भएको छ।

समूह ‘जी’ मा सम्पन्न अर्को खेलमा बेल्जियम हारबाट जोगिएको छ। इजिप्टका मोहम्मद हानीको आत्मघाती गोल बाट बेल्जियम हारबाट जोगिएको हो। बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्।





Source link

Leave a Comment

Translate »