रिफ्लेक्टिङ पुल विवाद: ट्रम्पका दाबी र वास्तविकता



प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार

तस्बिर: अनस्प्लास

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको करिब डेढ वर्ष बितिसक्दा अमेरिकाको राजधानी वासिङ्टन डीसीमा आफ्नो स्थायी भौतिक छाप छोड्ने प्रयासलाई तीव्रता दिएका छन्।

रियल इस्टेट विकासकर्ताको आफ्नो पुरानो पहिचानलाई जोड दिँदै उनले चालेका हालैका कदमहरूले देशमा ठूलो बहस र कानुनी चुनौती निम्त्याएका छन्।

ट्रम्पले ह्वाइट हाउसको इस्ट विङ  भत्काएर बलरुम बनाउने, ह्वाइट हाउसको ऐतिहासिक ‘रोज गार्डन’ पक्का गर्ने, २५० फिट अग्लो विजय द्वार बनाउने योजना अघि सार्ने, र जोन एफ. केनेडी सेन्टरको नाम परिवर्तन गर्ने जस्ता थुप्रै विवादास्पद निर्णयहरू गरिसकेका छन्।

तर, हालैका हप्ताहरूमा सबैभन्दा बढी चर्चा र विवादको विषय बनेको छ- वासिङ्टन स्मारक र लिंकन मेमोरियलको बीचमा अवस्थित प्रसिद्ध ‘नेसनल मल रिफ्लेक्टिङ पुल’को आकस्मिक जीर्णोद्धार परियोजना।

यो परियोजना विवादमा पर्नुको मुख्य कारण ट्रम्पले यस ऐतिहासिक पोखरीको फेद लाई अमेरिकी झण्डाको नीलो रङमा रंगाउने इच्छा राख्नु हो। गत मे २७ को क्याबिनेट बैठकमा ट्रम्पले भने, “मलाई निर्माण कार्य मनपर्छ, यो धेरै रोमान्चक हुन्छ।” उनले आफूलाई पौडी पोखरीहरू बनाउन निकै मन पर्ने र यो जीर्णोद्धार धेरै महत्त्वपूर्ण रहेको दाबी गरे।

तर आलोचकहरूले भने यस ऐतिहासिक धरोहरलाई ट्रम्पले पौडी पोखरीमा परिणत गर्न खोजेको आरोप लगाएका छन्। ल्यान्डस्केप आर्किटेक्टहरूको एउटा संस्थाले यस परियोजनालाई रोक्न अदालतमा मुद्दा दायर गरेको छ।

उनीहरूका अनुसार यो पोखरीले एक शताब्दीभन्दा बढी समयदेखि राजधानीको पहिचान बोकेको छ र यसलाई बिगार्नु राष्ट्रिय धरोहरमा स्थायी दाग लगाउनु सरह हो।

 ट्रम्पले यो पोखरी संसारकै सबैभन्दा अग्लो भवनलाई तेर्सो पारेर राखेभन्दा पनि लामो भएको दाबी गरे। तर वास्तविकतामा यो पोखरी २,०२८ फिट लामो छ। यदि यो कुनै गगनचुम्बी भवन हुन्थ्यो भने यो संसारको चौथो अग्लो भवन मात्र हुने थियो (दुबईको बुर्ज खलिफा २,७१७ फिट अग्लो छ

 ट्रम्पले यो काम “दुई हप्ता” मा सकिने दाबी गरेका थिए। तर तीन हप्ता बितिसक्दा पनि काम पूरा भएको छैन र अहिले त्यहाँ कालो घेराबार भित्र मेसिनहरूले काम गरिरहेका छन्। प्रशासनले जुलाई ४ को २५०औं स्वतन्त्रता दिवस अगाडि नै काम सक्ने लक्ष्य राखेको छ।

सुरुमा ट्रम्पले यो काम करिब १.८ मिलियन डलर (१८ लाख डलर) मा हुने बताएका थिए। तर अहिले यो परियोजनाको लागत बढेर १३.१ मिलियन डलर पुगिसकेको छ र ट्रम्प आफैंले यो २० मिलियन डलर (२ करोड डलर) सम्म पुग्न सक्ने स्वीकार गरेका छन्।





Source link

Leave a Comment

Translate »