न्यूयोर्कका मेयर मम्दानी र ट्रम्पबीच आप्रवासन मुद्दामा टकराव हुने बलियो सम्भावना



प्रकाशित मिति : पुस १७, २०८२ शुक्रबार


अमेरिकाको न्यूयोर्क सिटीका मेयर जोहरान मम्दानीका सामु ह्वाइट हाउसको हस्तक्षेपबाट जोगिनु मुख्य चुनौती बनेको छ। चुनावअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले मम्दानीलाई “कम्युनिस्ट” भन्दै आलोचना गरेका थिए र उनले जितेमा संघीय सहयोग रोक्ने धम्की समेत दिएका थिए।

यद्यपि, नोभेम्बरमा भएको उनीहरूको पहिलो भेट अपेक्षाकृत सौहार्दपूर्ण रह्यो। ट्रम्पले मम्दानी “राम्रो काम गर्न सक्षम” रहेको टिप्पणी गरे पनि दुवैको नीतिगत दृष्टिकोण विपरीत भएकाले भविष्यमा, विशेष गरी आप्रवासन मुद्दामा, टकराव हुने बलियो सम्भावना छ।

हालसम्म ट्रम्पले अन्य डेमोक्र्याटिक सहरहरूमा जस्तो न्यूयोर्कमा ‘नेसनल गार्ड’ पठाएका त छैनन्, तर आप्रवासीहरूमाथिको छापा लाई भने तीव्र बनाएका छन्। ट्रम्पका मुख्य रणनीतिहरूमा ट्रम्पले सिधै आप्रवासीहरूको विरोध नगरे पनि कागजातविहीन आप्रवासीका कारण शान्ति सुरक्षा खलबलिएको र हिंसा बढेको दाबी गर्दै आएका छन्।

अदालतको रोक र चौतर्फी विरोधका बाबजुद ट्रम्पले डेमोक्र्याट नेतृत्वका राज्य र सहरहरूमा नेसनल गार्डको परिचालन: परिचालन गरिरहेका छन्। रिपब्लिकन भन्दा डेमोक्र्याट शासित सहरहरूमा आप्रवासन छापा बढी केन्द्रित देखिएको छ।

मेयर मम्दानीले न्यूयोर्क “आप्रवासीहरूले बनाएको, चलाएको र उनीहरूकै नेतृत्वमा रहेको सहर” रहने प्रतिबद्धता दोहोऱ्याएका छन्। तर, ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै कार्यस्थलमै भइरहेका धरपकडले आप्रवासीहरू त्रसित छन्।

कुनै आपराधिक रेकर्ड नभएका व्यक्तिहरू समेत पक्राउ पर्न र डिपोर्ट हुन थालेपछि समुदायमा त्रास फैलिएको छ। यद्यपि, ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले भने आपराधिक पृष्ठभूमि भएकाहरूलाई मात्र लक्षित गरिएको दाबी गर्दै आएको छ।

आप्रवासीहरूको अधिकार संरक्षण गर्ने मम्दानीको अठोट र ट्रम्प प्रशासनको कडा नीतिबीचको यो द्वन्द्वले न्यूयोर्कको राजनीति आगामी दिनमा थप जटिल हुने देखिन्छ। मम्दानीले हरेक पाइलामा संघीय हस्तक्षेप र कानुनी चुनौतीको सामना गर्नुपर्ने निश्चित छ।





Source link

Leave a Comment

Translate »