८१ निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, रुपन्देही–२ मा सुलभ खरेल सबैभन्दा अगाडि


प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ८१ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ। हालसम्म सार्वजनिक परिणामअनुसार रुपन्देही–२ मा रास्वपाका उम्मेदवार सुलभ खरेल १६,७८८ मतसहित सबैभन्दा अगाडि रहेका छन्।

काठमाडौंका विभिन्न क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरूले उल्लेख्य अग्रता बनाएका छन्। काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ १६,५३० मतसहित अगाडि छन् भने काठमाडौं–६ मा शिशिर खनाल १४,५९० र काठमाडौं–५ मा सस्मित पोखरेल १३,७०८ मतसहित अग्रस्थानमा छन्।

त्यस्तै धनुषा–३ मा मनिष झा १५,५५८ मतसहित अगाडि छन् भने बारा–३ मा अरबिन्द साह १२,७४४ र मोरङ–४ मा सन्तोष राजवंशी ११,५९७ मतसहित अग्रता कायम गरेका छन्।

चितवन–२ मा रास्वपाका सभापति रवि लामिछाने १०,८२२ मतसहित अगाडि छन् भने ललितपुर–३ मा तोसीमा कार्की ८,८७१ मतसहित अग्रस्थानमा छिन्।

मतगणनाको पछिल्लो विवरणअनुसार रास्वपाका अग्रता कायम गरेका उम्मेदवारहरूको सूची यस्तो छः

१. सुलभ खरेल (रूपन्देही – २) : १६,७८८

२. विराज भक्त श्रेष्ठ (काठमाडौं – ८) : १६,५३०

३. मनिष झा (धनुषा – ३) : १५,५५८

४. शिशिर खनाल (काठमाडौं – ६) : १४,५९०

५. सस्मित पोखरेल (काठमाडौं – ५) : १३,७०८

६. अरबिन्द साह (बारा – ३) : १२,७४४

७. सन्तोष राजवंशी (मोरङ – ४) : ११,५९७

८. गणेश पराजुली (काठमाडौं – ७) : ११,५४९

९. प्रदिप विष्‍ट (काठमाडौं – १०) : ११,४०२

१०. बिना गुरुङ्ग (कास्की – ३) : ११,३०२

११. रवि लामिछाने (चितवन – २) : १०,८२२

१२. उत्तम प्रसाद पौडेल (कास्की – २) : १०,०३७

१३. पुकार बम (काठमाडौं – ४) : ९,८२१

१४. सुरेश कुमार चौधरी (बाँके – १) : ९,०६६

१५. राजु नाथ पाण्डे (काठमाडौं – ३) : ९,०२३

१६. तोसीमा कार्की (ललितपुर – ३) : ८,८७१

१७. रुकेश रन्जित (भक्तपुर – १) : ८,३०८

१८. गणेश धिमाल (बारा – १) : ७,८२३

१९. डोल प्रसाद अर्याल (काठमाडौं – ९) : ७,५६७

२०. देवराज पाठक (दाङ – १) : ७,३७०

२१. प्रमोद कुमार महतो (महोत्तरी – १) : ७,३१५

२२. सुनिल के.सी. (काठमाडौं – २) : ७,१०१

२३. खगेन्द्र सुनार (बाँके – ३) : ६,८४१

२४. सोविता गौतम (चितवन – ३) : ६,६७१

२५. रुबिना आचार्य (मोरङ – ६) : ६,६०१

२६. दिपक राज बोहरा (कञ्चनपुर – २) : ५,५८३

२७. डा. लेखजंग थापा (रूपन्देही – ३) : ५,४५७

२८. खडक राज पौडेल (कास्की – १) : ५,४३२

२९. बालेन्द्र शाह ‘बालेन’ (झापा – ५) : ५,२५४

३०. आशा झा (मोरङ – ५) : ५,१०५

३१. धनन्जय रेग्मी (स्याङजा – १) : ४,९४७

३२. रहबर अन्सारी (बारा – ४) : ४,८७३

३३. आसिका तामाङ (धादिङ – १) : ४,३७५

३४. यज्ञमणि न्यौपाने (मोरङ – १) : ४,१२५

३५. राजीव खत्री (भक्तपुर – २) : ४,०८४

३६. तौफिक अहमद खान (रूपन्देही – ५) : ३,७२२

३७. सुनिल लम्साल (रूपन्देही – १) : ३,५९३

३८. जगदिश खरेल (ललितपुर – २) : ३,१९८

३९. इन्दिरा राना मगर (झापा – २) : २,९६०

४०. स्वर्णिम वाग्ले (तनहुँ – १) : २,९२८

४१. अचुत्तम लामिछाने (नुवाकोट – २) : २,८०२

४२. गणेश पौडेल (रौतहट – ४) : २,७२५

४३. कृष्ण कुमार कार्की (मोरङ – २) : २,७०९

४४. बदन कुमार भण्डारी (काभ्रेपलाञ्चोक – २) : २५३१

४५. विपिन कुमार आचार्य (दाङ – २) : २,४२९

४६. तपेश्वर यादव (सिराहा – ४) : २,४०७

४७. पारश मणि गेलाल (उदयपुर – १) : २,३०४

४८. प्रकाश पाठक (झापा – ३) : २,२८१

४९. रबिन महतो (सर्लाही – २) : २,०७५

५०. सागर भुसाल (पर्वत – १) : १,९२५

५१. जनक सिंह धामी (कञ्चनपुर – १) : १,८३०

५२. श्रीधर पोख्रेल (बर्दिया – २) : १,८१२

५३. हरि ढकाल (चितवन – १) : १,७९१

५४. शम्भु प्रसाद ढकाल (झापा – ४) : १,७७५

५५. विमल पन्त (पाल्पा – १) : १,७५०

५६. आनन्द बहादुर चन्द (कैलाली – ५) : १,६४४

५७. ज्ञानेन्द्र सिंह महता (कञ्चनपुर – ३) : १,६२२

५८. निशा डाँगी (झापा – १) : १,५९१

५९. कमल सुबेदी (दाङ – ३) : १,५४०

६०. विक्रम खनाल (नवलपरासी – १) : १,५००

६१. राजेश कुमार चौधरी (रौतहट – १) : १,४९९

६२. सोम शर्मा (बाग्लुङ – २) : १,४७६

६३. श्रीराम न्यौपाने (तनहुँ – २) : १,१३१

६४. गणेश कार्की (मोरङ – ३) : १,०९३

६५. कोमल ज्ञवाली (कैलाली – १) : १,०९३

६६. सुशील कुमार कानु (पर्सा – २) : १,०७७

६७. रामाकान्त प्रसाद चौरसीया (पर्सा – ३) : १,०५८

६८. तारा प्रसाद जोशी (डडेलधुरा – १) : १,०५२

६९. अमरेश कुमार सिह (सर्लाही – ४) : ९७६

७०. मोहन लाल आचार्य (कपिलबस्तु – १) : ९३०

७१. हरी प्रसाद भुसाल (अर्घाखाँची – १) : ९२४

७२. बब्लु गुप्ता (सिराहा – १) : ८५०

७३. नरेन्द्र कुमार गुप्ता (नवलपरासी – २) : ८०३

७४. दिपक कुमार साह (महोत्तरी – २) : ७२८

७५. सागर ढकाल (गुल्मी – १) : ६२२

७६. अशोक कुमार चौधरी (सुनसरी – ३) : ५५३

७७. सुशान्त वैदिक (प्यूठान – १) : ५०५

७८. गोविन्द पन्थी (गुल्मी – २) : ५०२

७९. आशिष गजुरेल (सिन्धुली – २) : ३७२

मतगणना जारी रहेकाले अग्रता र मतसंख्या थपघट हुन सक्ने निर्वाचन अधिकृतहरूले बताएका छन्।

 

प्रकाशित: २२ फाल्गुन २०८२ १५:५४ शुक्रबार





Source link

Leave a Comment