प्रकाशित मिति : मंसिर १६, २०८२ मंगलबार

Photo by Karolina Grabowska on Pexels.com
घरायसी खर्चको भार कम गर्ने उद्धेश्यले ८२ लाखभन्दा न्युयोर्कबासीलाई राहत चेक पठाइको छ । कडा परिश्रम गर्ने न्युयोर्कवासीलाई अर्थपूर्ण राहत दिने हाम्रो प्रतिवद्धता पूरा गरेको गर्भनर क्याथी होकुलले बताएकी छिन् । निरन्तर महंगीको चुनौती सामाना गर्न थप अवसरहरु खोजी गर्ने कार्य पनि जारी राख्ने होकुलको भनाई छ ।
राज्यको इतिहासमै यो राहत चेक कार्यक्रम सबैभन्दा ठूलो प्रत्यक्ष सहायता रहेको र आर्थिक वर्ष २०२६ को राज्य बजेटमा सुनिश्चित गरिएको थियो । कुल मिलाएर यसले बासिन्दाहरूलाई २.२ बिलियन डलरको बिना शर्त आर्थिक राहत प्रदान गर्दछ।
चेकहरूको ठूलो हिस्सा वितरण भइसके पनि राज्यका अधिकारीहरूका अनुसार न्युयोर्क स्टेट ट्याक्स डिपार्टमेन्टले थप योग्य प्राप्तकर्ताहरूलाई प्रमाणीकरण गरेसँगै आउँदा हप्ताहरूमा साना समूहहरूमा चेक पठाउने क्रम जारी रहनेछ। यो राहत चेक ४ सय डलरसम्मको रहेको छ ।
गभर्नरको कार्यालयका अनुसार यो राहत न्युयोर्कको प्रत्येक क्षेत्रमा पुगेको छ । वेस्टर्न न्युयोर्क, फिङ्गर लेक्स, साउदन टायर, सेन्ट्रल न्युयोर्क, मोहक भ्याली, नर्थ कन्ट्री, क्यापिटल रिजन, मिड हड्सन, न्युयोर्क सिटी र लङ आइल्रुयाण्डमा राहत चेकहरु पठाइएको छ ।
समग्रमा ८२ लाखभन्दा बढी न्युयोर्कबासीहरूले २ बिलियन डलरभन्दा बढीको चेक प्राप्त गरेका छन्। यो पहल गभर्नर होकुलको व्यापक अफोर्डेबिलिटी एजेन्डाको एक हिस्सा हो, जसमा मध्यम बर्गीय करलाई ७० वर्ष यताकै न्यून स्तरमा झार्ने, राज्यको वाल कर क्रेडिट १ हजार डलरसम्म विस्तरा गर्ने, सबैका लागि निशुल्क विद्यालय भोजन प्रदान गर्ने योजनाहरु समावेश छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
