७० लाख खर्चेर अमेरिका आएका रोकाको एसाइलम स्वीकृतपछि परिवार ल्याउने बेलामा मृत्युपछि गोफण्डमी सुरु



प्रकाशित मिति : भाद्र ३०, २०८१ आईतबार

७० लाख खर्चेर अमेरिका आएका रोकाको एसाइलम स्वीकृतपछि परिवार ल्याउने बेलामा मृत्युपछि गोफण्डमी सुरु

७० लाख रुपियाँभन्दा बढी रकम खर्च गरेर झण्डै २ बर्ष अगाडि विनाभिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका आएका रुकुमका भरत रोका मगरको एसाइलम स्वीकृत भएर परिवार ल्याउने प्रकृया चलिरहेकै बेलामा गत सोमबार मृत्यु भएपछि परिवारको सहयोगका लागि गोफण्डमीमा आर्थिक सहयोग अभियान सुरु गरिएको छ । १३ हजार डलरको लक्ष्यसहित सुरु गरिएको गोफण्डमी अभियान रोकाको दाहसंस्कार र परिवारको सहयोगका लागि हो ।

यदि तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

मगर संघ अमेरिकाको बोस्टन च्याप्टरले सुरु गरेको अभियानमा सबैलाई सघाउन आग्रह गरिएको छ । पूर्व रुकुमको भुमे ७ धर्मशालाका रोकामगर सन् २०२२ को अक्टोबरमा अमेरिका आएका थिए । सन् २०२३ को नोभेम्बरमा एसाइलम स्वीकृत भएपछि उनी श्रीमति र छोराछोरी अमेरिका झिकाउने प्रकृयामा रहेका थिए । तर उक्त प्रकृया पूरा नहुँदै रोकामगरको बोस्टनमा मृत्यु भएको हो ।

२०४१ साल माघ महिना १७ गते जन्मिएका ३९ बर्षीय रोकामगरको मृत्युपछि नेपालमा रहेका उनकी श्रीमति र छोराछोरीहरु शोकमा डुबेका छन् । श्रीमति, २० बर्षकी छोरी र १५ बर्षका छोरा दाङको घोराहीमा बस्दै आएका छन् ।बुबा सिरधर रोका ६८ बर्षका छन् भने आमा सुकुमाया रोकापनि ६६ बर्ष भइसकेकी छिन् ।

रोकामगर हालैमात्र बोस्टनमा बसाईसरेर काम गर्न थालेको जनाइएको छ । हृदयघातपछि तीनदिन अगाडि अस्पतालमा भर्ना गरिएका उनलाई सोमबार दिउसो अस्पतालले मृत घोषणा गरेको थियो ।

उनका परिवारले रोकामगरको अन्तिम संस्कारमा सहभागी हुने चाहना राखेकाले त्यसका लागि प्रकृया सुरु गरिएको र सहयोगका लागि गोफण्डमी सुरु गरिएको भरत रोकामगरका छिमेकी समेत रहेका चेतन बुढामगरले जानकारी दिए ।

परिवारको आर्थिक स्थीति राम्रो नभएको र अमेरिका आएको २ बर्ष पनि पूरा नभएकाले ऋण समेत तिर्न नभ्याएको अवस्थामा उनको मृत्यु भएकाले परिवारलाई सघाउन र दाहसंस्कारका लागि गोफण्डमी सुरु गरिएको हो ।

७० लाख खर्चेर अमेरिका आएका रोकाको एसाइलम स्वीकृतपछि परिवार ल्याउने बेलामा मृत्युपछि गोफण्डमी सुरु





Source link

Leave a Comment