६ महिनामा २०८० नेपालीले दिए रोजगारमा आधारित ग्रिनकार्डका लागि आवेदन, ११८७ स्वीकृत



प्रकाशित मिति : असार २०, २०८२ शुक्रबार

६ महिनामा २०८० नेपालीले दिए रोजगारमा आधारित ग्रिनकार्डका लागि आवेदन, ११८७ स्वीकृत

अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा (युएससीआईएस) ले चालु आर्थिक वर्ष २०२५ को पहिलो ६ महिनामा २,०८० जना नेपालीले रोजगारमा आधारित अमेरिकी ग्रिनकार्डका लागि आई १४० आवेदन दिएको तथ्यांक सार्वजनिक गरेको छ। सोही अवधिमा १,१८७ नेपालीका आई १४० आवेदन स्वीकृत भएका छन्। यद्यपि, स्वीकृत आवेदनहरूमा यो अवधिमा दर्ता गरिएका मात्र नभई विगतमा दर्ता भएर विचाराधीन रहेका आवेदनहरू पनि समावेश छन्।

रोजगारमा आधारित ग्रिनकार्डका लागि आवेदनहरू मुख्य रूपमा तीन श्रेणीमा विभाजित छन्: ईबी वान, ईबी टु, र ईबी थ्री। यी प्रत्येक श्रेणीले फरक-फरक योग्यता र मापदण्डलाई समेट्छ। ईबी वान श्रेणीमा असाधारण प्रतिभा, उत्कृष्ट अनुसन्धानकर्ता, वा बहुराष्ट्रिय व्यवस्थापकहरू पर्छन्। ईबी टु मा उच्च शैक्षिक योग्यता भएका पेशाकर्मी र राष्ट्रिय हितमा योगदान दिन सक्ने व्यक्तिहरू समावेश हुन्छन्। ईबी थ्री मा भने दक्ष कामदार, स्नातक डिग्री भएका पेशाकर्मी, र कम दक्ष कामदारहरूले आवेदन दिन्छन्।

ईबी वान श्रेणीमा ६ महिनाको अवधिमा ७६ जना नेपालीले आई १४० आवेदन दिएका थिए। यसमध्ये ६० जनाले विज्ञान, कला, शिक्षा, व्यवसाय, वा खेलकुदमा असाधारण प्रतिभा भएको दाबी गर्दै आवेदन दिएका थिए भने १० जनाले उत्कृष्ट प्रोफेसर वा अनुसन्धानकर्ता र ६ जनाले बहुराष्ट्रिय कार्यकारी वा व्यवस्थापकका रूपमा आवेदन दिएका थिए।

६ महिनामा २०८० नेपालीले दिए रोजगारमा आधारित ग्रिनकार्डका लागि आवेदन, ११८७ स्वीकृत

६ महिनामा २०८० नेपालीले दिए रोजगारमा आधारित ग्रिनकार्डका लागि आवेदन, ११८७ स्वीकृत

स्वीकृत आवेदनहरूमा ३२ जना असाधारण प्रतिभा, ९ जना उत्कृष्ट प्रोफेसर/अनुसन्धानकर्ता, र ४ जना बहुराष्ट्रिय कार्यकारी/व्यवस्थापकका रहे। यो श्रेणीमा युएससीआईएसको स्वीकृति दर उच्च देखिए पनि अमेरिकी दूतावास काठमाडौंले ईबी वानका भिसाहरू ब्यापक रुपमा अस्वीकृत गर्ने गरेको तथ्यांकले कडा मापदण्ड र कागजात जाँचको चुनौती देखाउँछ।

ईबी टु श्रेणीमा ५७६ जना नेपालीले आई १४० आवेदन दिएका थिए। यसमध्ये १०६ जनाले स्नातकोत्तर वा समकक्ष अनुभवसहित उच्च डिग्री भएको पेशाकर्मीका रूपमा र ४७० जनाले नेशनल इन्ट्रेस्ट वेभर (एनआईडब्ल्यू) अन्तर्गत आवेदन दिएका थिए। स्वीकृत आवेदनहरूमा ९९ जना उच्च डिग्री भएका पेशाकर्मी र १५७ जना एनआईडब्ल्यूका रहे।  आवेदनमा नेपालीहरूले स्वास्थ्य, प्रविधि, वा अनुसन्धान जस्ता क्षेत्रमा अमेरिकाको राष्ट्रिय हितमा योगदान पुर्‍याउन सक्ने सम्भावना देखाएका छन्।

ईबी थ्री श्रेणीमा सबैभन्दा धेरै १,४२८ जना नेपालीले आई १४० आवेदन दिएका थिए। यसमध्ये ९१० जना दक्ष कामदार, २०८ जना स्नातक डिग्री भएका पेशाकर्मी, र ३१० जना दक्षता नभएका कामदारका रूपमा थिए। स्वीकृत आवेदनहरूमा ३६३ जना दक्ष कामदार, २१६ जना स्नातक डिग्री भएका पेशाकर्मी, र ३०९ जना दक्षता नभएका कामदारका रहे।

https://www.youtube.com/watch?v=videoseries

समग्रमा, ईबी थ्री मा आवेदन र स्वीकृति दर अन्य श्रेणीहरूको तुलनामा उच्च छ, जसले नेपालीहरू मुख्य रूपमा दक्ष र कम दक्ष पेशाहरूमा अमेरिकी श्रम बजारमा प्रवेश गर्न सफल भएको देखाउँछ। ईबी वान र ईबी टु मा कम आवेदन र कठिन मापदण्डका कारण स्वीकृति दर कम छ।





Source link

Leave a Comment