५२ प्रकारका रोग सङ्क्रामकको सूचीमा , उपचारमा सहज होला त

५२ प्रकारका रोग सङ्क्रामकको सूचीमा , उपचारमा सहज होला त



प्रकाशित मिति : असार २३, २०८१ आईतबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ ।

सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ किसिमका रोगलाई सङ्क्रामक रोगको सूची तयार पारेको हो ।

सङ्क्रामक रोगहरुको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआइभी, हात्तिपाइले स्क्रबटाइफस, कालाजार, रुबेलालगायतका रोगहरु रहेका छन् ।

सङ्क्रामक रोग विशेषज्ञ डा अनुप बास्तोलाले पहिलो पटक सङ्क्रामक रोगबारे सूचीकृत गरिएको बताउनुभयो ।

उहाँले ती रोगले हुनसक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानुन अनुसार सूचीकृत गरिएको जानकारी दिनुभयो ।

५२ प्रकारका रोग सङ्क्रामकको सूचीमा , उपचारमा सहज होला त

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत डा सागर दाहालका अनुसार ५२ वटालाई सरुवा रोग घोषणा गरेपछि अब यसको आधारमा रिपोर्ट र उपचार गर्ने व्यवस्था मिलाउन सहज हुन्छ ।

जनस्वास्थ्य ऐनमा भएको प्रावधानलाई कार्यान्वयन गर्नका लागि सयौं रोगमध्ये प्राथमिकताको आधारमा ५२ वटाको नाम सूचीकृत गरिएको उहाँले बताउनु भयो ।

उहाँका अनुसार स्थानीय स्वास्थ्य संस्थामा ५२ मध्ये कुनै पनि रोग पत्ता लागेमा त्यसको जानकारी केन्द्र र प्रदेश सरकारलाई रिपोर्ट गर्नुपर्ने हुन्छ ।

५२ प्रकारका रोग सङ्क्रामकको सूचीमा , उपचारमा सहज होला त





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School