५० अग्रणी महिलाको सम्मानमा ‘सेलिव्रेटरी नेटवर्किङ इभेन्ट’ आयोजना

५० अग्रणी महिलाको सम्मानमा ‘सेलिव्रेटरी नेटवर्किङ इभेन्ट’ आयोजना


काठमाडौं । विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ५० अग्रणी नेपाली महिलाको सहभागितामा अमेरिकी दूतावासले बुधबार ‘सेलिव्रेटरी नेटवर्किङ इभेन्ट’को आयोजना गर्‍यो ।

समारोहमा बोल्दै दूतावास प्रवक्ता जेहरा नकवीले एकअर्कालाई सम्मान गर्न, आपसमा जोडिन, अवसर सिर्जना गर्न, एकअर्काको यात्रा बारेमा जान्न र सबैलाई मद्दत गर्न उक्त कार्यक्रम महत्वपूर्ण हुने बताइन् ।

‘यी कार्यले हामीलाई विविधता, समावेशीकरण, समानता र पहुँचतर्फ अघि बढ्न प्रेरित गर्छन्’ प्रवक्ता नकवीले भनिन्, ‘तपाईंहरु सबैजना यहाँ हुनुहुन्छ किनभने तपाईंले कसैलाई आफू कति माथि र अघि जानसक्नुहुन्छ भनेर परिभाषित गर्ने मौका दिनुभएन । आफ्नो आवाजलाई आफू र अरुको लागि, सहि काम गर्नको लागि प्रयोग गर्नुभयो । अप्ठ्यारो बाटो रोज्नुभयो र व्यक्तिगत त्याग पनि गर्नुभयो ।’

प्रवक्ता नकवीले उपस्थिती अग्रणी महिलालाई प्रेरणादायी रोल मोडेल भन्दै प्रशंसा गरिन् । ‘ तपाईं प्रेरणादायी हुनुहुन्छ, तपाईं युवा र वृद्ध, केटा र केटी, पुरुष र महिलाका लागि रोल मोडेल हुनुहुन्छ किनभने तपाईं लगनशील हुनुहुन्छ’ उनले भनिन्, ‘म चाहन्छु कि हामीले यति धेरै धैर्य गर्नुपर्दैन । तर हामीलाई थाहा छ कि अझै धेरै गर्न बाँकी छ र हामीले अझै पूरा गरेका छैनौं ।’

कार्यक्रममा पहिलो नेपाली महिला परराष्ट्र सचिव सेवा लम्साल विशेष अतिथिको रुपमा उपस्थित थिइन् । सहभागि महिलालाई अमेरिकी राजदूत डीन आर थोम्पसनले भिडियोमार्फत सम्बोधन गरेका थिए ।

कार्यक्रमको आकर्षणको रुपमा ‘प्रशंसाको पर्खाल’ पनि थियो जहाँ सहभागिको तस्वीर र नाम झुण्डाइएको थियो । तल रातो खाम पनि राखिएको थियो । अतिथिलाई आफूलाई सबैभन्दा मनपर्ने अतिथिबारे केही लेखेर खाममा नोट राख्न भनिएको थियो ।

५० अग्रणी महिलाको सम्मानमा ‘सेलिव्रेटरी नेटवर्किङ इभेन्ट’ आयोजना

५० अग्रणी महिलाको सम्मानमा ‘सेलिव्रेटरी नेटवर्किङ इभेन्ट’ आयोजना





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School