४४ वर्षदेखि विद्यमान एउटा रोग : RajdhaniDaily.com


विश्वमा अहिले पनि प्रत्येक दिन १४ हजार मानिस एचआईभी संक्रमित बनिरहेको अवस्थामा यससम्बन्धी विश्वव्यापी ध्यानाकर्षण गराउन १ डिसेम्बर १९८८ देखि ‘विश्व एड्स दिवस’ मनाउन थालियो । अमेरिकामा सन् १९८१ मा पहिलोपटक एचआईभी संक्रमण देखिएको थियो । सुरुवाती समय निकै खतरनाक रोगका रूपमा लिइन्थ्यो र एचआईभी संक्रमितका लागि औषधिसमेत आविष्कार भइसकेको थिएन । विज्ञानले औषधि पनि पत्ता लगाइसके पनि एचआईभी संक्रमित संख्या भने दिन प्रतिदिन बढ्दो छ ।

हाल विश्वमा करिब ३ करोड ५० लाख मानिस एड्स रोगबाट संक्रमित रहेको तथ्यांक छ । अहिलेसम्म ३५ मिलियनभन्दा बढी मानिसको मृत्यु एचआईभीकै कारण भएको देखिन्छ । सन् २०१० मा २ दशमलव ७ मिलियनमध्ये ३ लाख ९० हजार बालबालिका एचआईभी संक्रमित थिए । विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वमा ३४ लाख बालबालिका एचआईभी संक्रमित छन् र हरेक १० मध्ये ९ बालबालिकामा ‘एन्टी रेट्रोभाइरल’ औषधिको पहुँच छैन । यो हुनुको मुख्य कारण असुरक्षित यौनसम्पर्क, संक्रमित सिरिन्ज प्रयोग र परीक्षण नगरिएको रक्तदानबाट सर्ने एचआईभी, एड्स ९० को दशकपछि विशेषगरी दक्षिण अफ्रिकी महादेश छोडेर दक्षिण तथा दक्षिण एसियामा व्यापकता पाएको छ । खासगरी, ‘एक्वार्यड युमिनो डिभिसेन्सी सिन्ड्रम’ नामक भाइरस शरीरमा प्रवेश गर्छ र एकदेखि तीन महिनापछि रगत परीक्षण गर्दा भाइरस देखिएमा ‘एचआईभी पोजेटिभ’ भएको मानिन्छ । यसको संक्रमणले धेरैजसो १४ देखि ५० वर्षभित्रका मानिसलाई बढी प्रभावित पार्छ । यस महामारीविरुद्ध सचेतना बढाउन, रोकथामका उपायलाई प्रोत्साहन गर्न, संक्रमित व्यक्तिप्रति ऐक्यबद्धता जनाउन र रोगका कारण ज्यान गुमाएकाको सम्झनामा हरेक वर्ष ‘विश्व एड्स दिवस’ मनाइन्छ । नेपाल पनि यस विश्वव्यापी अभियानमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ ।

विश्व स्वास्थ्य संगठनद्वारा स्थापित दिवसले अन्तर्राष्ट्रिय समुदाय र सरकारहरूलाई एचआईभी उन्मूलनका लागि थप स्रोत जुटाउन, जनचेतना बढाउन र रोगसँग सम्बन्धित कलंक लाई हटाउन महŒवपूर्ण भूमिका खेल्छ । यसले विश्वभरका सरकारी, गैरसरकारी संस्था, स्वास्थ्यकर्मी र सामान्य नागरिकलाई एउटै मञ्चमा ल्याउँछ । नेपालले पनि लामो समयदेखि एचआईभी, एड्सको चुनौतीसँग जुधिरहेको छ । स्वास्थ्य मन्त्रालय, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, विभिन्न गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय दातृ निकाय र समुदायका अगुवा मिलेर ¥याली, अन्तरक्रिया, निःशुल्क परीक्षण शिविर, सञ्चार सामग्री वितरण आदि कार्यक्रम गर्छन् । तर उत्सवभन्दा बढी चिन्ता र चुनौती सामना गर्नुपर्ने अवस्था छ । दिवसकै अवसरमा, समायिक रूपमा एचआईभी, एड्ससम्बन्धी चेतना, रोकथाम, उपचार, सामाजिक समावेशीता र अधिकारहरू’bout चर्चा गरिन्छ । यसले न केवल संक्रमितलाई सहयोग पु¥याउने काम गर्छ, तर आमजनतामा सचेतना र सहिष्णुता फैलाउने ढोका पनि खोल्दछ । ‘विश्व एड्स दिवस’ले हामीलाई प्रथमतः यौन स्वास्थ्य अनि प्रजनन अधिकार एवं प्रजनन स्वास्थ्यका कुरा खुलेर गर्न आह्वान गर्छ । रातो रिबन राखिएका विभिन्न ब्यानर, चिह्नहरू अनि प्रवर्धनात्मक साम्रगी बोकेर विभिन्न ¥याली, भेला, गोष्ठी आयोजना गर्दै एचआईभी एड्स’bout जनचेतना फैलाइन्छ । एचआईभी र एड्स दुईवटा भिन्न कुरा हुन्, एचआईभी एउटा भाइरस हो, जसको कारण एड्सको अवस्थामा पु¥याउँछ । एचआईभीलाई अहिले संसारभर नै रोगभन्दा पनि संक्रमणका रूपमा हेरिन्छ । हरेक एचआईभी संक्रमित एड्स लागेका होइनन् । आजभोलि विभिन्न सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइने औषधि नियमित सेवन र स्वस्थ जीवनशैली अपनाएर संक्रमित अन्यसरह सहज र लामो जीवन सुनिश्चितता प्राप्त गरिरहेका छन् ।

नेपालमा एचआईभीको प्रथम संक्रमण सन् १९८८ मा देखियो । यहा“ हालसम्मको ४० हजारभन्दा बढी एचआईभी, एड्स संक्रमित रहेको पाइएको छ । नेपालमा एड्ससम्बन्धी उपचारका लागि देशका विभिन्न स्थानमा ५२ भन्दा बढी केन्द्र छन् । यौन व्यवसायी, ट्रक ड्राइभर, सूईबाट लागूऔषध प्रयोग गर्ने व्यक्तिमा संक्रमण व्यापक रहेको सर्वेक्षणले देखाएका छन् । एचआईभी रोकथामका लागि नेपाल सरकारले निःशुल्क औषधिका लागि बजेट विनियोजनसमेत गर्दै आएको छ ।

छिमेकी मुलुक भारतमा काम गरिरहेका नेपाली पुरुषको संख्या ३० लाखभन्दा बढी भएको अनुमान छ । भारत पस्ने नेपालीको संख्या आउँदा वर्ष बढ्दै जानेमा कुनै आशंका छैन । त्यस्ता पुरुषमध्ये धेरैजसो भारतमा एचआईभी, एड्सबाट संक्रमित भई घरमा आएर श्रीमतीमा संक्रमण सारिरहेका पाइन्छन् । चेलीबेटी बेचबिखनमा पनि भारतको मुम्बईबाट एचआईभी संक्रमण दरमा वृद्धि भएको देखिन्छ । आफू एचआईभ, एड्स भएको धेरैजसोलाई ज्ञान नभएको र ती व्यक्तिमध्ये धेरैले निःसंकोच असुरक्षित यौन व्यवहारमा संलग्न भइरहेका अध्ययनमा पाइएको छ । एचआईभी, एड्स रोग बढ्ने कारण गरीबी, अशिक्षा, लैगिक विभेद, चेलीबेटी बेचबिखन, वेश्यावृत्तिजस्ता पक्ष देखिन्छन् । भारतसित रहेको खुल्ला सीमाना, व्यापार, शिक्षा–आर्जन, नाता कुटुम्ब भेटधाट र पर्यटनका कारण लाखौंको संख्यामा व्यक्ति ओहोरदोहोर गर्छन् । जबकि सहरमा युवाबीच सुईका माध्यमबाट गरिने नशालु पदार्थ सेवन गर्नेको संख्या दिनानुदिन बढ्दोे छ । यसमा पनि रक्त सञ्चार र रगत जाँचसम्बन्धी गुणस्तरगुक्त सेवा राजधानीबाहेक अन्यत्र शुलभ छैन । यी तथ्यले अहिले नेपालको युवा जमातमा शून्य दशमलव २९ प्रतिशत र १५ देखि २४ उमेर समूहकामा शून्य दशमलव २६ प्रतिशतसम्म रहेको अनुमान छ । ‘विश्व एड्स दिवस’ले हामीलाई प्रथमतः यौन स्वास्थ्य अनि प्रजजन अधिकार एवं प्रजनन स्वास्थ्यका कुरा खुलेर गर्न आह्वान गर्छ । तर, वास्तवमा यौन, यौनिकता अनि प्रजजन स्वास्थ्यसँग सम्बन्धित कुरा हामी खुलेर गर्न चाहँदैनांै । त्यसैकारण पनि धेरै प्रकारका यौनजन्य अनि प्रजजन स्वास्थ्यका आयामबाट हामी अनभिज्ञ छौं ।

सुरुका वर्ष यो रोग मुख्यतः विदेशबाट फर्किएका कामदार र यौनकर्मीमा देखिएको थियो । सन् १९९० को दशकमा भारतसँगको खुला सीमा, यौन व्यापार, लागूऔषध प्रयोगकर्ताबीच सूई साझेदारी, असुरक्षित रगत आदान–प्रदानजस्ता कारण संक्रमण तीव्र रूपमा फैलियो । सन् २००० को दशकसम्म नेपाल एचआईभी, एड्सको केन्द्रित महामारी देश मानिन्थ्यो, अर्थात् उच्च जोखिम समूह (यौनकर्मी, लागूऔषध प्रयोगकर्ता, समलिंगी पुरुष, ट्रान्सजेन्डर, प्रवासी कामदार)मा संक्रमण दर ५ प्रतिशतभन्दा माथि थियो । सन् २०१० पछि नेपालले उल्लेख्य सफलता हासिल ग¥यो । नयाँ संक्रमण ८० प्रतिशतभन्दा बढीले घट्यो, आमाबाट बच्चामा सर्ने दर १ प्रतिशतमा झ¥यो । ‘एन्टिरेट्रोभाइरल थेरापी’को पहुँच ८० प्रतिशतभन्दा माथि पुग्यो । तर पछिल्ला वर्ष प्रगति सुस्त भएको छ र केही सूचक उल्टो दिशातर्फ गएका छन् । संक्रमितको उमेर १५ देखि ४९ वर्षको रहेको पाइन्छ ।

एचआईभी, एड्ससम्बन्धी कार्यक्रम सञ्चालन गर्न दाताले पछिल्ला ५ वर्षका लागि मात्रै नेपालमा ११ करोड ४७ लाख अमेरिकी डलर (१० अर्ब ९ करोड) छुट्याएको आँकडाले देखाउँछन् । त्यसअघि भित्रिएको रकमको लेखाजोखा नै छैन । यसको रोगथामका लागि पीडा भोगिरहेका व्यक्तिको कथाव्यथा जनसमक्ष ल्याएको खण्डमा यस्ता घटना दोहोरिने सम्भावना कम हुनेमा विश्वास राख्न सकिन्छ । सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइने औषधि नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआईभी संक्रमित अन्यसरह सहज र लामो जीवनको सुनिश्चितता कायम गर्न सकिन्छ । खासगरी, १५ देखि ४१ वर्षसम्मको उमेरकामा भएको एचआईभी, एड्सलाई कम गर्न सकिएमा यसको सफलता पक्ष मान्न सकिन्छ । यसले गर्दा विश्वमा जुन किसिमको भयावह स्थिति केही हदमा भए पनि घटाउन सकिन्छ ।

‘विश्व एड्स दिवस’ प्रतीकात्मक दिन मात्र नभएर यो हाम्रो सामूहिक प्रतिबद्धता, एकताको शक्ति र मानवताको जीतको प्रतीक पनि हो । नेपालले एचआईभी, एड्सविरुद्ध गरेका प्रयास प्रशंसनीय छन् र केही मात्रामा सफलता पनि प्राप्त भएको छ । तर, अझै लामो बाटो तय गर्न बाँकी छ । सामाजिक कलंक, वित्तीय अस्थिरतासम्म पुग्न नसक्नुजस्ता चुनौती अझै कायम छन् । भविष्यको लक्ष्य प्राप्त गर्नका लागि सरकार, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय साझेदार, निजी क्षेत्र र सबैभन्दा महŒवपूर्ण, समुदाय र संक्रमित व्यक्तिहरूको सहभागितामा आधारित समन्वित र प्रभावकारी रणनीति आवश्यक छ

(लेखकको यो निजी विचार हो)

(Visited 4 times, 1 visits today)





Source link

Leave a Comment