प्रकाशित मिति : जेष्ठ १४, २०८२ मंगलबार
विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औँ पटक सगरमाथा आरोहण सफल गरेका छन् । सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले आज बिहान ४ः०० बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैँले राखेको कीर्तिमान तोडेका हुन् ।
अघिल्लो वर्ष शेर्पाले २९ र ३० औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए ।
पर्यटन विभागका अनुसार आजदेखि सगरमाथा आरोहण सकिनेछ । यो ‘सिजन’मा ४६ आरोही समूहका ४५८ जनाले आरोहण अनुमति लिएका थिए । उनीहरूमध्ये करिब ५०० जनाले सगरमाथा आरोहण गरेको जनाइएको छ ।