२० हजार डलर तिरेपछि ग्रिनकार्डको पालो पर्खन नपर्ने बिल संसदमा, ९० दिने नयाँ भिजिटर भिसा प्रस्ताव



प्रकाशित मिति : श्रावण २१, २०८२ बुधबार

white concrete building under cloudy sky during daytime

फोटो: ह्यारोल्ड मेन्डोजा

अमेरिकामा परिवारमा आधारित कतिपय ग्रिनकार्डका लागि १७ बर्षभन्दा पनि लामो समय पर्खनुपर्ने अवस्था रहेको सन्दर्भमा २० हजार डलर तिरेपछि ग्रिनकार्डको पालो पर्खन नपर्ने बिल संसदमा ल्याइएको छ । यो बिलले दश वर्षभन्दा बढी समयदेखि ग्रिन कार्ड ब्याकलगमा फसेका व्यक्तिहरूलाई २० हजार डलर तिरेर आफ्नो आवेदनहरू फास्ट ट्र्याक गर्न अनुमति दिने प्रस्ताव गरेको छ।

हाल अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका लागि ग्रिनकार्ड पाउन १७ बर्षभन्दा लामो समय लाग्ने गरेको छ भने अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुका लागि ग्रिनकार्ड पाउन १४ बर्षभन्दा बढी समय लाग्ने गरेको छ । त्यस्तै अमेरिकी नागरिक र ग्रिनकार्डवाहकका का २१ बर्ष नाघेका अविवाहित छोराछोरीहरुका लागि समेत ग्रिनकार्ड पाउने लाग्ने अवधि झण्डै १० बर्षको नजिक पुगेको छ । रिपब्लिकन सांसद मारिया एल्भिरा सालाजार र डेमोक्रेटिक सांसद भेरोनिका एस्कोबारको नेतृत्वमा द्विदलीय सांसदहरुको डिग्निटी एक्टको अद्यावधिक संस्करण प्रस्तुत गरेको हो । यो बिललाई अन्य रिपब्लिकन र डेमोक्रेटिक सांसदको समुहले को स्पोन्सर गरेको छ ।

त्यस्तै इमिग्रेसन एक्ट १९९० मा निर्धारित प्रति देशको ग्रिनकार्डको सीमा ७ प्रतिशतबाट १५ प्रतिशतमा बढाउने, चिकित्सा विद्यार्थीहरूसहित अमेरिकी विश्वविद्यालयहरूबाट स्टीम पीएचडी स्नातकहरू ओ भिसाको लागि योग्य हुने बिलमा उललेख छ । ओ भिसाले असाधारण क्षमता वा उपलब्धि भएका व्यक्तिहरूलाई उनीहरूले चाहेमा अमेरिकामा बस्न र काम गर्न अनुमति दिन्छ।

वार्षिक रोजगार आधारित भिसा सीमामा परिवारका सदस्यलाई गणना नगरिकन केवल मुख्य आवेदकलाई गणना गरेर उच्च कुशल रोजगार भिसाका अवसरहरू बढाउने, अमेरिकी नागरिकका गैरकानुनी बच्चा वा पति पत्नीलाई भिसा अस्वीकार गरिएमा वा निर्वासन आदेश प्राप्त गरेमा केस अनुशार निर्णय गर्न विवेकपूर्ण अधिकार दिने अमेरिकन फेमिलिज युनाइटेड एक्ट समावेश गर्ने, विदेशीहरूलाई व्यवसाय, घुमफिर वा पारिवारिक उद्देश्यका लागि अमेरिकाको यात्रा गर्न प्रयोग गर्न सकिने नयाँ ९० दिनको पर्यटक भिसा सिर्जना गर्ने टेम्पोररी फेमिली भिजिटेसन एक्ट समावेश गर्ने बिलमा प्रस्ताव गरिएको छ ।

यूएससीआईएस प्रशोधनमा ढिलाइका कारण अमेरिकामा कानुनी रूपमा उपस्थित बालबालिकाहरूलाई निश्चित भिसाहरू प्राप्त गर्नबाट उमेरले बाधा नपार्ने सुनिश्चित गर्ने,
ओप्सनल प्र्याक्टिकल ट्रेनिङ ओपीटी कार्यक्रमको भागको रूपमा अमेरिकामा काम गर्ने विद्यार्थीहरूलाई सामाजिक सुरक्षा र मेडिकेयरकर तिर्न अनिवार्य गर्ने, विद्यार्थी भिसा एफलाई भविश्यमा ग्रिनकार्डमा जानसक्नेगरी डुअल इन्टेन्टमा परिवर्तन गरेर विद्यार्थी भिसाहरूलाई आधुनिक बनाउने, यूएससीआईएस, स्टेट डिपार्टमेन्ट, र डिपार्टमेन्ट अफ लेबरमा अध्यागमन कार्यहरूलाई निगरानी गर्न र सुव्यवस्थित गर्न अध्यागमन एजेन्सी संयोजक पद सिर्जना गर्ने बिलमा उल्लेख छ

बिलमा गैरकानुनी अध्यागमनलाई सदाका लागि समाप्त गर्ने, पुरानो एसाइलम प्रणालीलाई ठीक गर्ने, अमेरिकामा बस्ने गैरकानुनी आप्रवासीहरूको लागि मर्यादित समाधान प्रदान गर्ने, अमेरिकी कामदारहरूको रक्षा गर्ने र उद्योगहरूलाई सहयोग गर्ने, अमेरिका भविष्यमा समृद्ध र प्रतिस्पर्धी रहने सुनिश्चित गर्ने पाँच मुख्य सिद्धान्तहरू रहेका छन् ।

बिलमा सीमा सुरक्षित गर्ने र कानुन तथा व्यवस्था पुनर्स्थापित गर्ने, सबै अमेरिकी व्यवसायहरूले कानुनी कामदारहरूलाई मात्र काममा राखेको सुनिश्चित गर्न राष्ट्रव्यापी शतप्रतिशत ई भेरीफाई अनिवार्य गर्ने, व्यापक दक्षिणी सीमा रणनीति प्रयोग गरेर दक्षिणी सीमाको परिचालन नियन्त्रण र फाइदा प्राप्त गर्ने, परिष्कृत भौतिक अवरोधहरू निर्माण गर्ने र सीमामा सबैभन्दा आधुनिक प्रविधिहरू तैनाथ गर्ने, अवैध रूपमा सीमा पार गर्ने अपराधीहरूलाई रोक्न नयाँ नीतिहरू कार्यान्वयन गर्ने, मानव तस्कर र बाल यौन तस्करहरूमाथि लगाइने दण्ड बढाउने, गैरकानुनी रूपमा सीमा पार गर्न मानिसहरूलाई सहयोग गर्ने र अवैध सीमा पार गर्ने कार्यलाई निरुत्साहित गर्न प्रयोग गरिने उपकरण र सेन्सरहरू नष्ट गर्नेमाथि दण्ड बढाउने, परिवारको सम्बन्ध प्रमाणित गर्न डीएनए परीक्षण प्रयोग गर्ने अधिकार डीएचएसलाई प्रदान गर्ने, निगरानी र घुसपैठ पत्ता लगाउने प्रणालीहरू विस्तार गरेर प्रवेश बन्दरगाह सुरक्षा बढाउने, व्यापारिक गाडीहरूको सुरक्षित निरीक्षणका लागि निरीक्षण लेनहरू विस्तार गरेर र एक्स रे प्रविधिमा लगानी गरेर कानुनी वाणिज्य र व्यापारमा सुधार गर्ने विषय समेटिएको छ ।

त्यस्तै एसाइलम प्रणालीलाई ठीक गर्न प्रकृयालाई छिटो बनाउने र पक्राउ पछि रिहा गर्ने नीतिहरूलाई अन्त्य गर्ने, दक्षिणी सीमामा आइपुगेका व्यक्ति र परिवारहरूलाई तत्काल प्रशोधनका लागि स्वागत गर्न कम्तीमा तीनवटा मानवीय क्याम्पस स्थापना गर्ने, एसाइलम चाहनेहरूलाई आफ्नो मुद्दाको निर्णय नभएसम्म एचसीमा राख्ने, उनीहरूलाई एचसी भित्र स्वतन्त्र आवागमन, अत्याधुनिक सुविधाहरू, चिकित्साकर्मी, सामाजिक कार्यकर्ता, मानसिक स्वास्थ्य विशेषज्ञ, कानुनी सल्लाहकार, र गैर सरकारी संस्थाहरूमा पहुँच हुने, ६० दिनभित्र एसाइलमका मुद्दाहरूको निर्णय गर्ने, एसारयलम चाहनेहरूले आफ्नो आगमनको १५ दिनभित्र प्रारम्भिक क्रेडिबल फियर अन्तर्वार्ता लिनेछन् र थप ४५ दिनभित्र अन्तिम निर्णयका लागि प्रशिक्षित शरण अधिकारीहरूद्वारा थप जाँच गरिने बिलमा उल्लेख छ ।

२० हजार डलर तिरेपछि ग्रिनकार्डको पालो पर्खन नपर्ने बिल संसदमा, ९० दिने नयाँ भिजिटर भिसा प्रस्ताव

त्यस्तै बिलमा आप्रवासी समूहहरूलाई रोक्न र व्यक्तिहरूलाई संयुक्त राज्य अमेरिकाको लागि खतरनाक भूमि यात्रा गर्नबाट रोक्न ल्याटिन अमेरिकामा अतिरिक्त अध्यागमन केन्द्रहरू स्थापना गर्ने, ती केन्द्रहरूले एसाइलम पूर्व जाँच, बालबालिकाका लागि परिवार पुनर्मिलन सेवाहरू, र रोजगार परामर्श सेवाहरू प्रदान गर्ने, झूटा बयान वा झूटा कागजातहरू पेश गर्ने आवेदकहरूमाथि दण्ड बढाउने, धोखाधडी पत्ता लागेमा यूएससीआईएसलाई शरण आवेदनहरू समाप्त गर्ने अधिकार दिने, गैर प्रवेश बन्दरगाहमा पक्राउ परेका कुनै पनि व्यक्तिको लागि नयाँ दुई स्ट्राइक नीति स्थापना गर्ने, वैध एसाइलम चाहनेहरूलाई उचित रूपमा प्रशोधन सुनिश्चित गर्ने, खराब पात्रहरूलाई तत्काल पक्राउ गरेर देशनिकाला गर्ने प्रस्ताव गरिएको छ ।

बिलमा डाकाले समेटेकाहरुलाई १० वर्षको लागि सशर्त स्थायी निवासीको दर्जा प्रदान गरिने र त्यसपछि कार्य अनुभव, सैन्य सेवा, वा उच्च शिक्षा मार्फत गिनकार्डको दर्जामा समायोजन गर्ने बाटो दिइने, पाँच वर्षभन्दा बढी समयदेखि अर्थात् डिसेम्बर ३१, २०२० भन्दा अगाडि अमेरिकामा रहेका गैरकानुनी आप्रवासीहरूका लागि एक व्यावहारिक समाधानको रूपमा डिग्निटी प्रोग्राम स्थापना गर्ने बिलमा समावेश छ । डिग्निटी स्टाटस प्राप्तकर्ताहरूलाई काम गर्ने, क्षतिपूर्ति तिर्ने, कानुनको पालना गर्ने र कानुनी दर्जा प्राप्त गर्ने अवसर दिइने, आवेदकहरूले सबै संघीय र राज्य कानुनहरूको पालना गर्नुपर्ने, फौजदारी पृष्ठभूमिको जाँच पास गर्नुपर्ने, बाँकी रहेको कर तिर्नुपर्ने, र आय कर तिर्न सुरु गर्नुपर्ने, डिग्निटी सहभागीहरूले सात वर्षमा ७ हजार डलर क्षतिपूर्ति पनि तिर्नुपर्ने, प्रत्येक दुई वर्षमा डीएचएससँग जाँच गराउनुपर्ने र राम्रो सार्वजनिक स्थितिमा रहनुपर्ने बिलमा उल्लेख छ ।

डिग्निटी प्रोग्रामका व्यक्तिहरूलाई संघीय आय परीक्षण लाभ वा अधिकारहरूमा पहुँच नहुने, उनीहरू कर राजस्व र अमेरिकी अर्थव्यवस्थामा योगदानकर्ताको रूपमा रहने,
डिग्निटी प्रोग्राम मार्फत ग्रिनकार्ड वा नागरिकताको कुनै बाटो उपलब्ध नहुने, डिग्निटी प्रोग्राम सफलतापूर्वक पूरा भएपछि व्यक्तिले डिग्निटी स्टेटसको लागि आवेदन दिन सक्ने, डिग्निटी स्टेटसका व्यक्तिहरू निर्वासनबाट सुरक्षित रहने र पूर्ण वर्क परमिट, अमेरिकामा बस्ने क्षमता, र अमेरिका बाहिर यात्रा गर्ने अधिकारमा पहुँच हुने, तर आयपरीक्षण लाभ र अधिकारहरूको लागि अयोग्य रहने, सबै संघीय र राज्य कानुनहरूको पालना गरेमा डिग्निटी स्टेटसलाई अनिश्चितकालसम्म नवीकरण गर्न सकिने तर
डिग्निटी स्टेटस मार्फत एलपीआर वा नागरिकताको कुनै बाटो उपलब्ध नहुने बिलमा उल्लेख छ ।

डिग्निटी प्रोग्राम र डिग्निटी स्टेटसबाट प्राप्त क्षतिपूर्ति भुक्तानीहरू प्रयोग गरेर नयाँ अमेरिकन वर्कर फन्ड स्थापना गर्ने र यो कोषले बेरोजगार अमेरिकी कामदारहरूका लागि कार्यबल तालिम, कौशल सुधार, र शिक्षा प्रदान गर्ने बिलमा उल्लेख छ । डिग्निटी प्रोग्राममा प्रत्येक सहभागीको लागि उनीहरूको क्षतिपूर्ति भुक्तानीले कम्तीमा एक अमेरिकी कामदारलाई तालिम वा पुनःतालिम दिन मद्दत गर्ने र कुलमा यो अमेरिकी कार्यबलमा कम्तीमा ७० बिलियनको लगानी बिलमा उल्लेख छ ।

बिलमा ढिलाइ कम गर्न र भिसा प्रशोधनमा सुधार गर्न यूएससीआईएस सञ्चालन, स्टेट डिपार्टमेन्टको ब्युरो अफ कन्सुलर अफेअर्स एन्ड भिसा सर्भिस, र डीओएलको अफिस अफ फरेन लेबर सर्टिफिकेसनमा स्रोतहरू बढाउने, डिग्निटी एक्टको भुक्तानीका लागि कुनै पनि करदाताको रकम प्रयोग नगरिने, बिलमा सीमा पूर्वाधार, प्रवेश बन्दरगाहको सुधारिएको पूर्वाधार, नयाँ मानवीय क्याम्पस, बढाइएको कर्मचारी, र अन्य सबै सम्बन्धित लागतहरू अध्यागमन पूर्वाधार लेभीद्वारा भुक्तानी गरिने, डिग्निटी प्रोग्राम अन्तर्गत काम गर्ने अनुमति पाएका व्यक्तिहरूको तलबबाट १ प्रतिशत लेभी काटिने, यी लेभीहरू अध्यागमन पूर्वाधार कोषमा जम्मा गरिने र यस ऐनका प्रावधानहरू कार्यान्वयन गर्न प्रयोग गरिने र त्यसपछि अमेरिकाको राष्ट्रिय ऋणलाई कम्तीमा ५० बिलियनले घटाउन प्रयोग गरिने उल्लेख गरिएको छ । अमेरिकी कामदारहरूका लागि कार्यबल विकास प्रदान गर्न प्रयोग गरिने अमेरिकन वर्कर फन्डलाई डिग्निटी प्रोग्रामहरूबाट प्राप्त क्षतिपूर्ति भुक्तानीहरूद्वारा वित्त पोषित गरिने पनि बिलमा समावेश छ ।

मार्च २०२१ मा सांसद सालाजारले डिग्निटी प्लानमा आफ्नो अध्यागमन सुधारको दृष्टिकोण घोषणा गरेकी थिइन् । एक वर्षभन्दा कम समयपछि उनले आफ्नो डिग्निटी एक्टको पहिलो संस्करण प्रस्तुत गरेकी थिइन् । ४० वर्षसम्म हरेक राष्ट्रपति र संसदले लाखौँ मानिसहरू अमेरिकामा अवैध रूपमा बसिरहेका कुरालाई वेवास्ता गरेको र डिग्निटी एक्टले एक सामान्य समाधान प्रदान गर्ने मारिया एल्भिरा सालाजारले बताएकी छिन् ।





Source link

Leave a Comment