२०२१ क्यापिटल बमकाण्ड : ५ वर्षपछि एक शङ्कास्पद व्यक्ति भर्जिनियाबाट पक्राउ



प्रकाशित मिति : मंसिर १८, २०८२ बिहीबार

२०२१ क्यापिटल बमकाण्ड : ५ वर्षपछि एक शङ्कास्पद व्यक्ति भर्जिनियाबाट पक्राउ

तस्वीर स्रोत : एफबीआई

करिब ५ वर्ष लामो अनुसन्धानपछि अमेरिकी सङ्घीय एजेन्टहरूले ६ जनवरी २०२१ भन्दा एक रातअघि क्यापिटल नजिक दुई वटा पाइप बम राखेको आरोप लागेका एक शङ्कास्पद व्यक्तिलाई भर्जिनियाबाट पक्राउ गरेका छन्। यो गिरफ्तारीले ६ जनवरी २०२१ सँग सम्बन्धित सबैभन्दा ठुलो नसुल्झिएको रहस्यलाई समाधान गर्न मद्दत पुग्ने घटनाबारे जानकार स्रोतहरूले बताएका छन् । 

पक्राउ परेका व्यक्तिको पहिचान भने सार्वजनिक गरिएको छैन। तर, डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका राष्ट्रिय मुख्यालय बाहिर राखिएका बमका कारण ६ जनवरीको घटनामा त्रास र अन्योल थपिएको थियो। 

यस प्रकरणमा वर्षौँदेखि एफबीआईले व्यापक अनुसन्धान चलाउँदै आएको छ। ब्युरोले शङ्कास्पद व्यक्तिको भिडियो क्लिपहरू सार्वजनिक गर्दै सूचना मागेको थियो। अनुसन्धानको क्रममा मोबाइल स्थान डेटा सङ्कलनदेखि लिएर बम बनाउन प्रयोग भएका सामग्री र शङ्कास्पद व्यक्तिले लगाएका जस्तै जुत्ता किन्नेहरू पहिचान गर्ने प्रयाससम्म गरिएको थियो।

यसैबीच, गिरफ्तारी नहुनुका कारण विभिन्न षड्यन्त्र सिद्धान्तहरू पनि फैलिएको थियो। केही समूहहरूले यो काम “डीप स्टेट” का अधिकारीहरूले ट्रम्प समर्थकलाई बदनाम गर्न गराएको दाबी गर्दै आएका थिए। तर, एफबीआईका उप–निदेशक ड्यान बोंजिनोले यस्तो दाबीलाई कडाइका साथ खारेज गर्दै अनुसन्धान अझै निरन्तर रूपमा चलिरहेको बताएका थिए।

२०२१ क्यापिटल बमकाण्ड : ५ वर्षपछि एक शङ्कास्पद व्यक्ति भर्जिनियाबाट पक्राउ

अहिले पक्राउ परेका व्यक्तिमाथि के–कस्ता आरोपहरू लगाइने हुन्, त्यसबारे स्पष्ट खुलाइएको छैन। स्रोतका अनुसार, नयाँ सूचना भन्दा पनि एजेन्टहरूले पुराना फाइलहरू पुनः खोतल्दा फेला परेको एक महत्वपूर्ण सुराकीका आधारमा गिरफ्तारी सम्भव भएको हो।

एफबीआईले यो घटनालाई ६ जनवरीसँग जोडिएको सबैभन्दा प्राथमिकतापूर्ण अनुसन्धानमध्ये एक मानेको छ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment