१७ वर्षपछि भारतले इतिहास रचेपछि विराटले लिए टि-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

१७ वर्षपछि भारतले इतिहास रचेपछि विराटले लिए टि-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास



प्रकाशित मिति : असार १५, २०८१ शनिबार

भारतले शनिबार भएको रोमाञ्चक फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै १७ वर्षको लामो अन्तरालपछि दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेर इतिहास रचेको छ ।

सात विकेटमा १७६ रनको चुनौतीपूर्ण स्कोर बनाएपछि भारतले दक्षिण अफ्रिकाको चुनौती आठ विकेटमा १६९ रनमा सीमित गर्‍यो।

हार्दिक पाण्ड्याले २० रनमा ३ विकेट लिए भने जसप्रित बुमराह र अर्शदीप सिंहले २/२ विकेट लिएर भारत अन्ततः च्याम्पियन बनेको थियो ।

सन् २००७ मा महेन्द्र सिंह धोनीको कप्तानीमा भारतले पहिलो टी–२० विश्वकप जितेको थियो ।

यो जितसँगै विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

विराट कोहलीले दक्षिण अफ्रिकाविरुद्ध खेलेको फाइनल खेल आफ्नो टी–२० करियरको अन्तिम खेल भएको र यो नै उनको अन्तिम टी–२० विश्वकप भएको बताएका छन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School