१० बर्षदेखि पोर्चुगलको लिस्बनमा संचालिन अवैतनिक महाबाणिज्य दूतावासको सम्पूर्ण सेवा बन्द



प्रकाशित मिति : श्रावण १५, २०८१ मंगलबार

१० बर्षदेखि पोर्चुगलको लिस्बनमा संचालिन अवैतनिक महाबाणिज्य दूतावासको सम्पूर्ण सेवा बन्द

१० बर्षदेखि पोर्चुगलको लिस्बनमा संचालिन अवैतनिक महाबाणिज्य दूतावासको सम्पूर्ण सेवा बन्द गरिएको छ । अवैतनिक नेपाली महाबाणिज्य दूत मकर बहादुर हमालले एक विञप्ती जारी गर्दै सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिएका हुन् । यही जुलाईबाट आफ्नो कार्यअवधि सकिएको जानकारी गराउँदै हमालले सेवा बन्द गरिएको जानकारी दिएका हुन् ।

उनले भनेका छन् – ‘नेपाल सरकारको प्रतिनिधिको रुपमा रहेर १० बर्ष ४ महिना काम गर्दा पोर्चुगलमा बस्ने नेपालीहरुको समस्या, पिरमर्का सुन्ने र सोको समाधानका लागि पहल गर्ने, राहदानी लगायत अन्य कन्सुलर कार्यमा सहजीकरण गर्दै आएको र यसक्रममा पोर्चुगल सरकारको पूर्ण बिश्वास र सहयोग प्राप्त गरी यस महाबाणिज्य दूतावासले कार्य संचालन गर्दै आएको छ । यही जुलाईदेखि मेरो कार्यअवधि सकिएको विषय पनि सम्पूर्ण पोर्चुगलबासी बुवा आमा तथा दाजुभाईहरुमा जानकारीका लागि अनुुरोध छ ।’

नविकरणका लागि नेपाल सरकार तथा नेपाली राजदूतावास पेरिससमक्ष पत्राचार गरिएको र पोर्चुगलमा राजदूतावास स्थापनाका लागि राजदूत समेत नियुक्त भएकोले नेपाली राजदूतावास पेरिसबाट आगामी दिनमा काम कारबाही बन्द गर्न मौखिक निर्देशन दिएपछि जुलाई ३० बाट लागु हुने गरी अवैतनिक नेपाली महाबाणिज्य दूतावासको कार्यालय बन्द हुने तथा सेवाग्राहीलाई प्रवाह गरिदैै आएका सम्पूर्ण सेवाहरु बन्द भएको हमालले जानकारी दिएका छन् । पोर्चुगलमा राजदूतावास स्थापनाका लागि राजदूत समेत नियुक्त भएपनि सबै प्रकृया पूरा हुन केही महिना लाग्ने भएकाले आगामी केहीमहिनासम्म पोर्चुगलमा रहेका नेपालीहरु विभिन्न अत्यावश्यक सेवालिनबाट वञ्चित हुने भएका छन् ।

१० बर्षदेखि पोर्चुगलको लिस्बनमा संचालिन अवैतनिक महाबाणिज्य दूतावासको सम्पूर्ण सेवा बन्द
अवैतनिक नेपाली महाबाणिज्य दूत मकर बहादुर हमालले, जसको पदावधि जुलाई ३१ मा सकिदैछ ।

हमालले भनेका छन् – ‘यसबाट सेवाग्राहीहरुमा पर्न जाने असुविधाको लागि म र महाबाणिज्य दूतावासको कार्यालय क्षमाप्राथी छौं । समयमा नविकरण नहुँदा नेपालीका दैनिक समस्याहरु समाधान गर्न, अड्डा अदालतमा बहस, पैरवी गर्न र विभिन्न सरकारी निकायसँग समन्वय गर्ने कार्य समेत स्थगित भएको व्यहोरा सबैलाई जानकारी गराइन्छ । यहाँबाट हुने गरेका सम्पूर्ण सेवाहरुको लागि नेपाली राजदूतावास पेरिसमा सम्पर्क गर्न हुन समेत सबैलाई सूचित गरिन्छ ।’

नेपाल सरकार परराष्ट्र मन्त्रालयले सन् २०१४ मार्चमा पोर्चुगलको लिस्बनमा अबस्थित हुने गरी अवैतनिक नेपाली बाणिज्यदूतावासको स्थापना गरेको थियो । दूतावासको स्थापना भएयता पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुले अवैतनिक नेपाली बाणिज्यदूतावास नियमित रुपमा सेवा लिदैैं आएका थिए । सरकारले सन् २०२० जुलाईमा बाणिज्यदूतावासलाई महाबाणिज्य दूतावासमा पदोन्नती गरी सोही अनुरुपको काम कारबाही अघि बढाउँदै आएको थियो ।

यसबीचमा महाबाणिज्य दूतावासले व्यापार, व्यवसाय, पर्यटन, अध्ययन तथा भ्रमण लगायत अन्य विभिन्न उद्धेश्यबाट पोर्चुगलमा बसोबास गरीरहेका नेपाली नागरिकहरुको हक, हित संरक्षण गर्न तथा उनीहरुलाई आवश्यक कानुनी लगायतका बिषयमा सहयोग गर्नुका साथै नेपाल र पोर्चुगलबीचको सम्बन्ध विस्तार गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएको थियो ।

१० बर्षदेखि पोर्चुगलको लिस्बनमा संचालिन अवैतनिक महाबाणिज्य दूतावासको सम्पूर्ण सेवा बन्द

साथै नेपाल सरकारले उपलब्ध गराउने भिषा तथा राहदानी लगायतका कन्सुलर सम्बन्धि सेवाहरु, पोर्चुगलमा निधन हुने नेपालीहरुको शव व्यवस्थापन, वेपत्ता नेपालीहरुको खोजतलास, उद्धार तथा राहत उपलब्ध गराउने, नेपाल सरकारले उपलब्ध गराउने सम्पूर्ण सेवाहरुको बारेमा जानकारी गराउने सम्पर्कविन्दुको रुपमा काम गर्ने र नेपाली कला संस्कृति प्रवद्र्धनका लागि नियमित रुपमा पोर्चुगलमा रहेका एनआरएनए लगायतका संघ संस्थाहरुसँग कार्यक्रम गर्ने, नेपालबाट पोर्चुगलमा आउने विभिन्न विशिष्ट भ्रमणहरुलाई सहयोग, सहजिकरण र समन्वय गर्ने जस्ता कार्यहरु नियमित रुपमा गर्दै आएको थियो ।

१० बर्षदेखि पोर्चुगलको लिस्बनमा संचालिन अवैतनिक महाबाणिज्य दूतावासको सम्पूर्ण सेवा बन्द





Source link

Leave a Comment