ह्वाइट हाउसले सबै संघीय अनुदान रोकेपछि मेडिकेड के हुन्छ?



प्रकाशित मिति : माघ १५, २०८१ मंगलबार

ह्वाइट हाउसले सबै संघीय अनुदान रोकेपछि मेडिकेड के हुन्छ?

ह्वाइट हाउसको बजेट कार्यालयले संघीय सरकारले वितरण गरेको सबै अनुदान र ऋणलाई स्थगित गर्न आदेश दिएको छ । जसका कारण सर्वसाधारणहरुमा समेत अन्यौल श्रृजना भएको छ । संघीय एजेन्सीहरूलाई सबै संघीय वित्तीय सहायताको दायित्व वा वितरणसँग सम्बन्धित सबै गतिविधिहरू अस्थायी रूपमा रोक्न निर्देशन दिइएपछि मंगलबारदेखि सबै संघीय अनुदान रोकिएको छ ।

यो मेमोले सोसल सेक्युरिटी वा मेडिकेयर प्राप्तकर्ताहरूलाई असर नगर्ने जनाइएको छ । संघीय सहायता स्थगनमा व्यक्तिहरूलाई प्रत्यक्ष रूपमा प्रदान गरिएको सहायता समावेश नभएको जनाइएको छ । तर देशी सहायता, गैरसरकारी संस्थाहरू, विविधता, समानता र समावेशीकरण कार्यक्रमहरु, जागृत लैङ्गिक विचारधारा र हरित नयाँ सम्झौताको लागि आर्थिक सहायता भने प्रभावित हुने जनाइएको छ ।

ह्वाइट हाउसले सबै संघीय अनुदान रोकेपछि मेडिकेड के हुन्छ?

विज्ञहरूले यो मेमो धेरै संघीय कार्यहरूमा द्रुत गतिमा रोक्न तयार रहेको र जसमा घरबारविहीन आश्रयहरूलाई सहायतादेखि कलेजका विद्यार्थीहरूको लागि आर्थिक सहायतासम्म रहेको बताएका छन् । रोग नियन्त्रण र रोकथाम केन्द्रहरू द्वारा वितरण गरिएको स्वास्थ्य अनुदान र प्रकोप पुनर्निर्माणको लागि राज्य सहायता समेत ढिलाइ हुन सक्ने जनाइएको छ । देशको ऊर्जा आपूर्ति विस्तार गर्न संघीय अनुदानको अपेक्षा गर्ने विकासकर्ताहरू अवरुद्ध हुन सक्छन्।

सबैभन्दा धेरै चिन्ता मेडिकेडका बारेमा देखिएको छ । ७० मिलियन भन्दा बढी अमेरिकीहरूले प्रयोग गर्ने स्वास्थ्य बीमा कार्यक्रम मेडिकेडका लागि संघीय सरकारले राज्यहरुलाई वितरण गर्ने भुक्तानीमा स्थगन हुने चिन्ताले मेडिकेड प्राप्तकर्ताहरु अन्यौलग्रस्त देखिएका छन् । तर स्थगन आदेशसँग परिचित एक अधिकारीले मेडिकेड प्रभावित नहुने बताएका छन् । यद्यपी मेडिकेड अवरुद्ध हुने चिन्ताले मेडिकेड प्रयोगकर्ताहरुले स्वास्थ्य विमा कम्पनीहरुमा सोधपुछ गर्ने फोनकलहरुको संख्या अप्रत्यासित रुपमा बृद्धि भएको स्वास्थ्य विमा कम्पनीहरुले बताएका छन् ।

 





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School