ह्याप्पी बर्थडे अमेरिका !



प्रकाशित मिति : असार १९, २०८१ बुधबार

fourth of july, 4th of july, red

आज फोर्थ जुलाई । अर्थात् अमेरिकाको २४८  औं स्वतन्त्रता दिवस । २४८  बर्ष अगाडि ब्रिटिस साम्राज्यको भागको रुपमा नरहेको भन्दै छुट्टै देशका रुपमा संयुक्त राज्य अमेरिकाको घोषणा गरिएको थियो ।

सन् १७७६ मा अमेरिकी संसदले स्वतन्त्रताको घोषणापत्र स्वीकार गरेको थियो भने संयुक्त राज्य अमेरिकाको घोषणा गर्दै १३ वटा अमेरिकन उपनिवेशहरुलाई बेलायती साम्राज्यबाट मुक्त गरेको थियो ।

संसदले अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा जुलाई २ मा मतदान गरेपनि हरेक बर्ष फोर्थ जुलाईलाई अमेरिकामा स्वतन्त्रता दिवसका रुपमा मनाइदै आएको छ ।
सन् १७७६ को जुलाई २ सम्म अमेरिका बेलायतको १३ औं उपनिवेशका रुपमा रहेको थियो । उक्त दिन स्वतन्त्रताको घोषणामा मतदान भएपनि केही शब्दमा भएको विवादपछि जुलाई ४ मा स्वतन्त्रताको घोषणापत्रको अन्तिम दस्तावेज पारित गरिएको थियो ।

ह्याप्पी बर्थडे अमेरिका !
स्वतन्त्रताको घोषणापत्र

त्यसअगाडि अमेरिकामाथि बेलायती कब्जा थियो । बेलायती कानुनको विभेदपूर्ण व्यवहारका कारण अमेरिकीलाई बेलायती शासन मनपरेको थिएन। यहि क्रममा सन् १७७४ मा १३ मध्ये १२ उपनिवेशका प्रतिनिधिहरू पेन्सलभानिया राज्यको फिलाडेल्फियामा भेला भए । जर्जियाका प्रतिनिधिमात्र अनुपस्थित थिए ।

यी उपनिवेशमा बेलायत विरुद्ध लड्ने तयारी भइरहेको थियो। अनि बेलायत विरुद्ध युद्ध पनि शुरु भयो। सन् १७७५ मा कंग्रेस बस्दा युद्ध चलिरहेको थियो। उक्त कंग्रेसले थोमस जेफरसन र अन्य ज्ञातालाई स्वतन्त्रताको घोषणापत्र तयार गर्ने जिम्मेवारी दियो।

ह्याप्पी बर्थडे अमेरिका !
थोमस जेफरसन

जेफरसनले घोषणापत्र तयार पारेपछि जोन एडम्स्, बेन्जामिन फ्र्याङ्कलिनसहितको समितिलाई मूल्यांकन गर्न दिनुभयो। उक्त समितिले घोषणा पत्रमा केही संशोधन गरेपछि कंग्रेसमा पढेर सुनाइयो।

अमेरिकामा शुरूमा १३ राज्यहरू मात्र थिए। ती डेलावर, पेन्सलभेनिया, न्यू जर्सी, जर्जिया, कनेक्टिकट, मासाचुसेट्स, मेरिल्याण्ड, साउथ क्यारोलाईना, न्यु ह्याम्सर, भर्जिनिया, न्यु योर्क, नर्थ क्यारोलाईना र रोड आइल्याण्ड हुन् । बेलायतको उपनिवेशबाट अमेरिकालाई स्वतन्त्र बनाउने शुरुका यी १३ राज्य हुन्।





Source link

Leave a Comment