होमल्यान्ड सेक्युरिटीकी सेक्रेटरीको पर्स चोरी, थियो तीन हजार डलरसहित महत्त्वपूर्ण सामग्री



प्रकाशित मिति : बैशाख ८, २०८२ सोमबार

अमेरिकी होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्टकी सेक्रेटरी क्रिस्टी नोएमको पर्स चोरी भएको छ । वासिङ्टन डिसीको एक रेस्टुरेन्टमा आइतबार राति खाना खाने क्रममा उनको पर्स चोरी भएको हो ।

यो घटना इस्टर उत्सवको समयमा भएको हो। ह्वाइट हाउसको इस्टर एग रोल कार्यक्रममा पत्रकारहरूले सोध्दा नोएमले चोरीको घटना भएको स्वीकार गरिन् ।

नोएमको पर्समा तीन हजार डलर नगद, राहदानी, मेकअप ब्याग, डीएचएस पहुँच कार्ड, अपार्टमेन्टको चाबी र अन्य व्यक्तिगत सामानहरू थिए।

होमल्यान्ड सेक्युरिटीकी सेक्रेटरीको पर्स चोरी, थियो तीन हजार डलरसहित महत्त्वपूर्ण सामग्री

होमल्यान्ड सेक्युरिटीकी सेक्रेटरीको पर्स चोरी, थियो तीन हजार डलरसहित महत्त्वपूर्ण सामग्री

डिएचएसका अधिकारीका अनुसार नोएमको परिवार सहरमा आएकोले उनीसँग नगद थियो । उनले इस्टर उत्सवमा परिवारका सदस्यहरूलाई आतिथ्यता प्रदान गरिरहेकी थिइन्।

नोएमको सुरक्षाको जिम्मेवारी लिएको सिक्रेट सर्भिसले रेस्टुरेन्टको सुरक्षा क्यामेरा फुटेजको जाँच गर्दा एक अज्ञात पुरुषले मेडिकल मास्क लगाएर उनको झोला चोरेर रेस्टुरेन्टबाट भागेको देखिएको छ ।

डीएचएस अधिकारीले सिक्रेट सर्भिसले यो घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएका छन् ।





Source link

Leave a Comment