प्रकाशित मिति : चैत्र ११, २०८१ सोमबार
हुन्डाईले अमेरिकामा २० बिलियन डलर लगानी गर्ने भएको छ । दक्षिण कोरियाली अटो जायन्ट हुन्डाईले लुइसियानामा स्टिल प्लान्टमा पाँच बिलियन डलर सहित २० बिलियन डलर लगानी गर्ने घोषणा गरेको हो ।
ह्वाइट हाउसले लुइसियानाको स्टिल प्लान्टका लागि बिलियन डलर हुन्डाईले लगानी गर्ने बताएको हो । पहिला ५ बिलियन डलरको लगानी घोषणा गरेको हुन्डाईले अमेरिकामा १५ बिलियन थपेर २० बिलियन डलरको लगानी घोषणा गरेको हो ।
कोषको यो कति हिस्सा नयाँ हो भन्ने बारे तत्कास स्पष्ट भएको छैन । हुन्डाईको यो घोषणाले डोनाल्ड ट्रम्प सत्तामा फर्किएपछि अमेरिकामा अर्बौं डलर लगानी गर्ने पछिल्लो कम्पनी बनाउनेछ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले विदेशबाट अमेरिकामा उत्पादन रोजगारी स्थानान्तरण नगर्ने कम्पनीहरूमाथि कडा भन्सार शुल्क लगाउने धम्की पटक–पटक दिदै आएका छन ।
एप्पल र ओरेकल लगायत घरेलु र विदेशी कम्पनीहरूले आगामी चार वर्षमा अमेरिकी परियोजनाहरूमा सयौँ अर्ब डलर लगानी गर्ने योजना घोषणा गरेका छन् ।
लुइसियानामा हुने लगानी ले नयाँ स्टिल प्लान्ट निर्माण गर्नेछ । यसले करिब एक हजार पाँच सयलाई रोजगारी दिनेछ ।
हुन्डाईले ‘नेक्स्ट–जेनेरेसन स्टिल’ उत्पादन गर्ने बताएको छ । यसले अमेरिकी कारखानाहरूमा विद्युतीय सवारी साधन निर्माणमा टेवा पुराउने छ ।