हिमालयन चेस एकेडेमी सुरु

हिमालयन चेस एकेडेमी सुरु


खेलाडी उत्पादनमा प्रोत्साहन गर्ने लक्ष्यसहित हिमालयन चेस एकेडेमीको सुरुआत भएको छ। २०६५ सालमा आयोजना भएको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा महिलातर्फ पहिलोपल्ट च्याम्पियन मोनालिसा खम्बूले हिमालयन चेस एकेडेमी स्थापना गरेकी हुन्।

बिहीबार एक समारोहबीच काठमाडौंको थापाथलीमा एकेडेमीको उद्घाटन भएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, एकेडेमीकी अध्यक्ष मोनालिसा र राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका पहिलो विजेता विकासमान लामाले एकेडेमीको लोगो अनावरण गर्दै उद्घाटन गरेका हुन्।

‘चेसको विकासका लागि निजी लगानीमा हिमालयन चेस एकेडेमी स्थापना हुनु सराहनीय छ। यस एकेडेमीले देशका लागि नाम राख्ने चेस खेलाडी उत्पादन गर्ने विश्वास गरेको छु,’ उद्घाटन समारोहमा घिसिङले भने, ‘सानै उमेरमा बालबालिकालाई चेसको प्रशिक्षणले बौद्धिक विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याउने भएकाले यसतर्फ पनि एकेडेमीले नेतृत्व गर्नेछ।’

एकेडेमीको उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य अन्जन धमला, राष्ट्रिय च्याम्पियन भइसकेका विकासमान लामा, बद्रीलाल नेपाली, पुरुषोत्तम चौलागाईं, सिन्दिरा जोशी, सुजना लोहनी, नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा, प्राध्यापक (प्रा.) प्रकाशचन्द्र लामा, नेपाल ओपन युनिभर्सिटीका पूर्वकार्यवाहक उपकुलपति प्रा. इन्द्रबहादुर कार्की, प्रा.लक्ष्मणकुमार रेग्मी, वरिष्ठ पत्रकारहरू सुधीर शर्मा, प्रशान्त अर्याल, राम रावल, गंगा बीसी, सुन्दर खनाललगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १ चैत्र २०८० २१:०६ बिहीबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School