हलले कम शो दिएपछि एनिमेटेड फिल्म ‘सलिना’को रिलिज स्थगित

हलले कम शो दिएपछि एनिमेटेड फिल्म ‘सलिना’को रिलिज स्थगित


काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको नेपाली एनिमेटेड फिल्म ‘सलिना : योद्धा राजकुमारी’को रिलिज अन्तिम समयमा स्थगित भएको छ । हलले कम शो दिएपछि प्रदर्शनलाई तत्काल रोक्नुपरेको वितरक मनोज राठीले जानकारी दिए ।

‘हलले निकै कम शो दिएपछि निर्माताले पोस्टपोन्ड गर्न आग्रह गर्नुभयो । सोहीअनुसार अहिलेलाई रोकेका हौं,’ राठीले भने, ‘उपयुक्त समयमा प्रदर्शन मिति तय गर्नेछौं ।’

केही हलले शो समेत सार्वजनिक गरेका थिए । मुलुकको पहिलो एनिमेटेड फिल्मलाई प्रोत्साहन गर्नुको सट्टा कम शो दिएर हेपाहा प्रवृत्ति देखाएको निर्मात्री तथा सम्पादक श्रुति श्रेष्ठले बताइन् ।

एकातिर हलले कम शो दिएको र अर्कोतिर एसईई लगायतका परीक्षा पनि सुरु भएकाले तत्काललाई प्रदर्शन स्थगित गर्नुपरेको उनको भनाइ छ । उपयुक्त समयमा फिल्म ल्याउने उनले जनाइन् ।

शुक्रबार नेपालमा बलिउडको ‘क्रू’ र हलिउडको ‘गोडजिला भर्सेस कङ : द न्यु अम्पायर’ रिलिज हुँदैछन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School