अहिले मुलुकका हरेक क्षेत्रहरू तहसनहस भएको अवस्था छ । राज्यका निकायहरूमा भ्रष्टाचार हुने गरेका समाचारहरू आउने गरेका छन् । भ्रष्ट आचारले व्यक्ति, समाज र सिङ्गो देशलाई प्रभाव पार्छ । समाजका हरेक व्यक्ति अनुशासित भए मात्र सभ्य समाज निर्माण हुन सक्छ । राज्यका निकायहरू मा पनि समाजका व्यक्ति एवं व्यक्तित्वहरू संलग्न हुने भएकाले हरेक व्यक्तिमा आत्मअनुशासन अनिवार्य सर्त हुन आउँछ । व्यक्ति, समाज, राजनीतिक दलहरू, सामाजिक संघसंस्था, प्रशासनतन्त्र, शिक्षा, स्वास्थ, न्यायालयलगायतका क्षेत्रहरू सबै अनुशासित, कर्तव्यनिष्ठ तथा इमानदार भएमा मात्र सुशासन र विकास सम्भव हुन्छ । समाज रूपान्तरण हुन सक्छ । यसका लागि समाजका हरेक व्यक्तिमा आत्मअनुशासन हुन जरुरी हुन्छ ।
समाजमा घटिरहेका घटनाहरूले समाजमा आत्मअनुशासनको ठूलो अभाव रहेको देखाउँछन् । आत्मअनुशासनले व्यक्तिलाई कर्तव्यपरायण बनाउँछ । घर, परिवार, समाज र देशप्रतिको कर्तव्यबोध गराउँछ । यसैगरी, आत्मअनुशासनले व्यक्तिलाई सुविचारशील बनाउँछ । असल स्वभाव, सद्विचार, आपसी सद्भाव वा सदाचारजस्ता चिन्तनको विकास र व्यवहार निर्माणमा आत्मअनुशासनले प्रभावकारी भूमिका खेल्छ । सामाजिक सद्भाव र देश विकासका लागि समाजका हरेक नागरिकहरू अनुशासित, मर्यादित, कर्मशील तथा कर्तव्यनिष्ठ हुनुपर्छ । यस कोणबाट दृष्टिगोचर गर्दा समाजका व्यक्ति, व्यक्तित्व तथा राज्यका हरेक निकायहरूमा आत्मअनुशासन, जवाफदेहिता, पारदर्शिता, जिम्मेवारीबोधजस्ता गुणहरू आवश्यक ठानिन्छ ।
आत्मअनुशासनको अभावले व्यक्तिलाई अराजक बनाउँछ । व्यक्ति अराजक भएको पछाडि यसको असर समाजमा नपर्ने करै भएन । मुलुकमा हुने गरेको राजनीतिक अस्थिरता, बारम्बार भइरहने सरकार परिवर्तन, राजनीतिक दलहरूका गतिविधि आदि इत्यादिको मूल कडी भनेको आत्मअनुशासनको अभाव हो । इमानदारीको कमी हो । पद, पैसा र शक्तिप्रतिको लोभलालचको कारण हो । ‘मै खाऊँ मै लगाऊँ, सुखसयल वा मोज म गरूँ, मै बाँचूँ मै नाचूँ अरू सब मरून् दुर्बलहरू’ भन्ने कविताको आशयको वरिपरि समाजको चरित्रको विकास भएकाले बेथितिहरू चुलिएका हुन् । देशका शासक तथा प्रशासकहरू अनुशासित तथा जिम्मेवार भएर काम नगरेसम्म न विकासले गति लिन सक्छ न त विधिको शासन कायम हुन सक्छ ।
राज्य सबै नागरिकको अभिभावक हो । देशमा भएको स्रोत र साधनको व्यवस्थापक हो राज्य । यो संयन्त्रमा अनुशासनको कमी भएमा देशका अन्य क्षेत्रहरू कमजोर हुन्छन् । अहिले समाजमा देखिएका अनेक प्रकारका समस्याहरूको उत्प्रेरक तत्व राज्यलाई मान्नेहरूको संख्या ठूलो छ । गरिबी, अभाव, बेरोजगारी, भ्रष्टाचार, महँगी, कालाबजारीजस्ता समस्याहरूको निवारण गर्न राज्यको पहलकदमी आवश्यक हुन्छ । परन्तु, राज्यमा संलग्न व्यक्तिहरू उल्लिखित समस्याहरू समाधान गर्नका लागि दरो, खरो रूपमा लागेको देखिँदैन ।
राजनीतिक क्षेत्रमा हुने गरेका अराजक गतिविधिका कारण लामो समयदेखि मुलुकले दुःख पाइरहेको छ । प्रशासनतन्त्र विकासमैत्री तथा जनमुखी हुन नसकेको गुनासो व्यापक छ । देशमा हुने गरेका ठेक्कापट्टा, विकास निर्माण, राजनीतिक नियुक्तिलगायतका ठाउँमा कमिसन, सेटिङ तथा अनियमितता हुने गरेको समाचारहरू आइरहन्छन् । नातावाद, कृपावाद, फरियावाद, पैसाको चलखेलजस्ता क्रियाकलापहरू हुनाले राइट म्यान राइट प्लेस हुन सकेको छैन । पद र प्रतिष्ठाका लागि देशका बौद्धिक जगत्, उच्चपदस्थ कर्मचारीहरू राजनीतिक नेताको फरिया समाउने गरेको जानकारहरू बताउँछन् । व्यक्तिगत लाभका लागि जस्तोसुकै काम पनि गर्ने कार्य आत्मअनुशासनको अभावमा हुने गर्छ । समाजमा यस्तै भइरहेको छ ।
समाजमा निःस्वार्थ भई समाज र देशको हितमा काम गर्नेहरूभन्दा आप्mनो स्वार्थ सिद्घ गर्नेहरूको बिगबिगी छ । देशमा असल काम गरेर सुनाम कमाउने राजनेताको अभाव छ । उन्नत समाज निर्माण गर्ने अनुशासित व्यवस्थापकको खडेरी छ । समाजका विभिन्न तह र तप्कामा काम गर्ने व्यक्ति वा व्यक्तित्वहरू लोभ, लालच र स्वार्थमा लागेको देखिन्छ । वर्तमान समाजको चरित्र देख्दा मानिसहरू बदनाम हुनबाट डराउन छाडेको भान हुन्छ । समाज अराजक बन्दै गएको अनुभूति हुन्छ ।
देश हामी सबैको साझा सम्पत्ति हो । हाम्रो सान, मान, इज्जत र प्रतिष्ठाको आधार पनि हो जन्मभूमि । यो देशलाई गौरवमय इतिहासको स्थापना गर्न हाम्रा पुर्खाहरूको ठूलो योगदान छ । राजनीतिक क्षेत्रमा देशको इतिहासलाई गर्व गर्नलायक बनाउन सफल राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, भीमसेन थापा, भक्ति थापा, अमरसिंङ थापालगायतका वीर वीरंगनाहरूको ठूलो योगदान दिएर अस्ताए । नेपालको प्रजातन्त्रका लागि त्याग, तपस्या गरेका असल नेताहरू पनि देशमा नभएका होइनन् । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीजस्ता नेताहरूको राजनीतिमा चर्चा हुने गर्छ । राष्ट्र, राष्ट्रियता र विकास निर्माणको मोडेलका लागि राजा महेन्द्रलाई सम्झने गरिन्छ । उनीहरूको राजनीतिक आदर्शलाई पछिल्लो पुस्ताको नेतृत्वले अनुसरण गर्न नसकेको राजनीतिशास्त्रीहरूको भनाइ छ ।
देश अहिले लोकतान्त्रिक शासन व्यवस्थामा अगाडि बढिरहेको छ । लोकतन्त्रमा समाज खुला हुन्छ । नेपालको संविधानले मौलिक अधिकारका रूपमा विभिन्न नागरिक हक तथा अधिकारहरू प्रदान गरेको छ । नागरिकका मौलिक हक तथा अधिकारहरूलाई उचित तरिकाले उपयोग गर्नका लागि पनि आत्मअनुशासनको ठूलो महत्व हुन्छ । प्रजातान्त्रिक मूल्य र मान्यताहरूको अनुसरण गर्न पनि लोकतान्त्रिक आचरणको आवश्यकता हुन्छ । प्रतान्त्रिक मूल्यहरूलाई व्यवहारमा अभ्यास गर्नका लागि अलोकतान्त्रिक आचरणको अन्त्य आवश्यक हुन्छ ।
लोककल्याणकारी सोच भएका नागरिकहरूले आफ्नो स्वार्थ पूरा गर्दा अरूको स्वार्थमा धक्का दिन नहुने कुराको हेक्का राख्न सक्छन् । व्यक्तिगत स्वार्थलाई सामूहिक स्वार्थका अगाडि त्याग गर्न सक्ने क्षमता हुन्छ । आफ्नो अधिकार र कर्तव्यको बोध भएका नागरिकहरूले मात्र एकआपसमा मिलेर काम गर्न, आफ्ना विचारहरू अरूलाई सिकाउन र अरूका असल कुराहरू धैर्यपूर्वक सुन्न तथा ग्रहण गर्न सक्ने क्षमता राख्न सक्छन् ।
देश हामी सबैको साझा सम्पत्ति हो । हाम्रो सान, मान, इज्जत र प्रतिष्ठाको आधार पनि हो जन्मभूमि । यो देशलाई गौरवमय इतिहासको स्थापना गर्न हाम्रा पुर्खाहरूको ठूलो योगदान छ
लोकतन्त्रको एउटा महत्वपूर्ण सुन्दर पक्ष भनेको व्यक्तिको वाक् स्वतन्त्रता हो । अहिले समाजमा कतिपय अभियन्ताहरूले वाक् स्वतन्त्रतालाई दुरुपयोग गरेको देखिन्छ । दलहरूले गाली, गलौज, आलोचना तथा मानमर्दन गर्न सोसियल मेडियाहरूको प्रयोग गरेको पाइन्छ । यी र यस्ता कुराहरूको अभ्यास हुनु भनेको समाजमा आत्मअनुशासनको कमी हुनु हो । लोकतन्त्रलाई प्रजातन्त्र जनताद्वारा, जनताले, जनताका लागि नै बनाइएको राज्यव्यवस्था भनिन्छ । सचेत जनता लोकतन्त्रको आधार हो । सचेत समाजले मात्र अनुशासित, जिम्मेवार तथा जवाफदेही जनप्रतिनिधिहरू छनोट गर्न सक्छन् । यस अर्थमा जनतामा दलीय प्रशिक्षणको चेतना बढी भएकाले मुलुकले लामो समयदेखि दुःख पाइरहेको छ । अबको नेपाली समाज आत्मअनुशासित तथा विवेकशील हुन जरुरी हुन्छ ।
अनुशासनले मानिसलाई नैतिक बल दिन्छ । नैतिकताको अर्थ सुविचारशील स्वभाव, सद्विचार, सद्भाव वा सदाचारको नियमलाई व्यावहारिक जीवनमा लागू गर्नु हो । नैतिकताको अभावमा लाकतान्त्रिक आचरणको निर्माण हुन सक्दैन । प्रजातान्त्रिक अभ्यासका ३३ वर्षमा देशमा राजनीतिक विसंगतिहरू छरपस्ट भए । हरेक राजनीतिक दलहरूमा छल, कपट र स्वार्थ तथा भ्रष्ट आचरण दलीय गुणको रूपमा देखिएको सामाजिक अनुभव छ । देशका राजनीतिक दलहरूमा असल, अनुशासित तथा इमानदारी नेतागणहरू पनि नभएका होइनन्, तथापि उनीहरू नेतृत्वमा पुग्न सक्दैनन् । सत्यको जित ढिलो हुन्छ, भनिन्छ । असत्यको खेतीपाती गर्नेहरूलाई जयजयकार गर्ने पंक्तिको लस्कर देख्दा लाग्छ, नेपाली समाजले आत्मअनुशासन गुमाएको त होइन ?
ठगी र बेइमानी गर्ने नेतृत्व नेपाली समाजले बेहोर्नुहुँदैन । असक्षम व्यक्तिहरूले नेतृत्वमा पु¥याउने नेपाली मसाजले सोच्ने बेला आएको छ । देशमा सयौंको संख्यामा राजनीतिक दलहरू छन् । धेरैजसो दलहरूको न राजनीतिक सिद्धान्त छ न त विकास निर्माणको मार्गचित्र । तथापि मतदाताहरूले कुखुरालाई चारो छरेजस्तो अलिअलि भोट दिएर देशमा धेरै राजनीतिक दलहरू स्थापना गरे । कुटील नेताहरूले जानीबुझीकन नै समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरी पालैपालो सत्ताको मस्ती लिने प्रपञ्च नेपाली जनताले कहिले बुभ्mने ? नेतृत्वमा दूरदृष्टि, विकासको मार्गचित्र, सुशासनको कार्ययोजना, निःश्वार्थताजस्ता गुणहरू चाहिन्छ कि चाहिँदैन ? चाहिन्छ भने मतदाताहरूले सचेतताका साथ मतदान गर्नुपर्छ । पैसा र लहडको आधारमा जस्ता पनि मानिसलाई मतदान गर्नुहुँदैन ।
त्यसो त राजनीतिक क्षेत्रमा संलग्न मानिसहरूमा मात्र आत्मअनुशासनको खडेरी रहेको छ भन्नु न्यायोचित हुँदैन । जस्तो समाजको चरित्र छ, त्यस्तै नेताहरू हुने गर्छन् भन्ने गरिन्छ । असल नेताहरूको उत्पादन गर्नका लागि समाज पनि त्यत्तिकै सचेत, अनुशासित तथा विवेकशील हुन आवश्यक हुन्छ । हाम्रो देशको सन्दर्भमा समाज हूलतन्त्रमा विश्वास गरकोे देखिन्छ । जनता हरेक नेताहरूका पछाडि अन्धभक्त भएर लागेका छन् । नेपाली समाजमा दोष र गुणको आधारमा राजनीतिक धारणा बनाउने जनसंख्या न्यून छ । समाजको ग्रासरुट लेबलमा गरिबी, अभाव, पिछडापनका कारण पनि यसो हुन गएको विज्ञहरूको कथन छ ।
हरेक दलहरूमा स्वार्थले विवेकको बिर्को बन्द गरेका लम्पट कार्यकर्ताको हूल छ । अनेक प्रकरणमा मुछिएका अक्षम नेताहरूका पछाडि अन्धभक्त भएर लाग्नु भनेको समाजमा लोकतान्त्रिक आचरण कमी हुनु हो । यो मुलुकमा आपूmले समर्थन गरेका नेताहरू भ्रष्ट, अविवेकी वा अक्षम भए तापनि उनीहरूको गलत क्रियाकलापहरूको विरोध गर्न नसक्नु नै राजनीतिक क्षेत्रको दुर्भाग्य हो । नेताहरूको वरिपरि गणेश परिक्रमा गरेर पद, पैसा र प्रतिष्ठाको ¥याल काढ्ने र चाकडीको भरमा जीवन चलाउनेहरूमा आत्मअनुशासन हँुदैन । स्वार्थले आत्मअनुशासनलाई छायामा पार्छ ।
इतिहासको कालखण्डमा राजनीतिक परिवर्तनको लागि राजनीतिक दलहरूले जसरी जनतालाई लडाइँको मैदानमा उतार्न दलहरू सफल भए, त्यसरी नै परिवर्तनहरूको व्यवस्थापन गर्न आवश्यक पर्ने सुशासन र विकासको नेतृत्व गर्न सकेको भए आज नेपाल दक्षिण एसियाको भ्रष्ट देशको रूपमा सूचीकृत हुने थिएन । देश विकासका सूचकहरूमा पछाडि पर्ने थिएन । देशले विकासको गति लिइसकेको हुने थियो ।
तर, विडम्बना ! दलहरूबाट काँशी जाने कुतीको बाटो भनेझंै दलहरूबाट विकास निर्माणको गहन जिम्मेवारीलाई छायामा पारी जनतालाई शब्दजालमा फँसाउने र भोटको राजनीति गर्ने काम भयो । दलहरूले राजनीतिक फाइदा लिने मात्र काम गरे । भाषणमा जनतालाई मन्त्रमुग्ध बनाउने, विकासका कागजी योजना बनाउने, घोषणापत्र र आकर्षक चुनावी विज्ञापन बनाउने काममा दलहरू सफल देखिन्छन् । तर देश र जनताको हितका लागि काम गर्न असफल । अन्त्यमा, हामीहरूले अब सोच बदलौं । कनै व्यक्तिलाई नेता बनाउने होइन, देश बनाउन सक्नेको खोजी गरांै । अनुशासित बनौं । हाम्रो सोच बदलिए मात्र हामी बदलिन्छौं । हामी बदलिए देश बदलिन्छ । अनि समाजमा आपसी मेलमिलापले सद्भाव र मानवता पलाउँछ । शान्ति र अमनचयन कायम हुन्छ । देशले विकासको गति लिन्छ ।
सामाजिक सद्भाव र आपसी भाइचाराको सांस्कारिक विकासमा हाम्रा पुर्खाहरूको ठूलो योगदान छ । उनीहरू सामाजिक सद्भाव र आपसी मेलमिलापमा उदार थिए । आज त्यो उदार पन साँघुरिँदै गएको अवस्था छ । हामीहरू अहिले राजनीतिलाई पेसा बनाउने दलका नेतागणहरूका कुरा सुनेर हिमाल, पहाड र तराईलगायत जातीय मनोविज्ञानमा चिन्तनशील छौं । राजनीतिक विचारको आस्थामा विभक्त भएका छौं । कुनै पनि विचारभन्दा देश ठूलो हो ।
राष्ट्रीयता महान् हो । जुन देशका नागरिकहरूमा राष्ट्रियताको भावना जीवन्त हुुन्छ, त्यो देश शान्त हुन्छ । समृद्घ हुन्छ । मेलमिलाप भएको मुलुकमा नागरिकहरू एकजुट भएर राष्ट्र निर्माणमा लाग्छन् । विकासले गति लिन्छ । यसर्थ बिग्रिएको राजनीति र खलबलिएको सामाजिक सद्भावलाई सुधार्न हामी सबैले देशलाई सबैभन्दा माथि राख्न सक्नुपर्छ । यो साझा घरलाई टुक्य्राउने, भत्काउने, कमजोर बनाउने राजनीतिक दाउपेचमा लथालिंग पार्ने कार्य विनाशकाले विपरीत बुद्घि हुन्छ । त्यसो नगरांै । नामका पनि भेद छन्– कुनाम, सुनाम र बदनाम ।
(Visited 1 times, 1 visits today)