हमास प्रमुखको हत्याबारे अमेरिकालाई जानकारी थिएन : विदेशमन्त्री ब्लिङ्केन



प्रकाशित मिति : श्रावण १६, २०८१ बुधबार

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले अमेरिकालाई इरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्याका बारेमा ‘जानकारी नभएको र यसमा संलग्न नभएको’ बताउनुभएको छ ।

“यसको के अर्थ हो म तपाईंलाई बताउन सक्तिन, म तपाईंलाई भन्न सक्छु कि युद्धविरामको अपरिहार्यता सबैका लागि रहेको महत्त्व राख्दछ”, आफ्ना स्टाफले साझा गरेको ट्रान्सक्रिप्टअनुसार सिङ्गापुर समाचार एसिया च्यानलसँगको अन्तरवार्तामा उहाँले भन्नुभयो ।

इरानका नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी भएका हानिया इजरायली हवाई आक्रमणमा मारिएको हमासले बुधबार बताएको छ ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजरायलमाथि अक्टोबर ७ को आक्रमणको प्रतिशोधमा हमासलाई समाप्त पार्ने वाचा गर्नुभएको छ । हमासको आक्रमणपछि युद्ध सुरु भएको हो ।

वासिङ्टन इजरायलको प्रमुख सैन्य समर्थक हो र उसले युद्धविरामका लागि जोड दिइरहेको छ । विदेशमन्त्री ब्लिङ्केनले ‘हमासको गोलीबारीमा फँसेका’ इजरायली बन्धक र गाजाबासीका लािग लागि युद्धविराम ‘स्पष्टरूपमा हितमा रहेको’ बताउनुभएको छ ।

प्यालेस्टिनी आन्दोलन हमासका राजनीतिक प्रमुखका रूपमा हानियाले गाजामा युद्ध अन्त्य गर्न र इजरायलमा प्यालेस्टिनी कैदीहरूको बदलामा यस क्षेत्रमा राखिएका बन्धकहरूलाई रिहा गर्ने सम्झौताका लागि वार्ताको निरीक्षण गरिरहनुभएको थियो ।

सिङ्गापुरको भ्रमणमा रहनुभएका ब्लिङ्केनले गाजा युद्धविराम द्वन्द्वलाई बाँकी क्षेत्रमा फैलिनबाट रोक्न महत्त्वपूर्ण रहेको बताउनुभयो ।

“हामी पहिलो दिनदेखि नै गाजामा राम्रो स्थानमा पुग्ने प्रयास मात्र नभई द्वन्द्वलाई फैलिनबाट रोक्न पनि काम गरिरहेका छौँ, चाहे त्यो लेबनान र हिजबुल्लाहसँग उत्तरमा होस वा हुथीहरूसँग लाल सागरमा होस् । इरान, सिरिया, इराक, तपाईं यसको नाम बताउनुहोस्”, उहाँले सिटी स्टेटमा एक फोरमलाई भन्नुभयो, “यस्तो नहोस् र हामी राम्रो स्थानमा जान सक्छौँ भनेर सुनिश्चित गर्न प्रयास गर्ने एउटा ठूलो समाधान भनेको युद्धविराम पाउनु हो ।”

हमास प्रमुखको हत्याबारे अमेरिकालाई जानकारी थिएन : विदेशमन्त्री ब्लिङ्केन

युद्धविराम वार्तामा महत्त्वपूर्ण मध्यस्थकर्ता एवं हानियासहित हमासको राजनीतिक नेतृत्वलाई आतिथ्यता प्रदान गर्ने कतारले हत्यापछि वार्ताको भविष्यमाथि प्रश्न उठाएको छ । हमासले आफ्नो अनुभवी नेताको ‘कायरतापूर्ण’ हत्या ‘अनुत्तरित नहुने’ वाचा गरेको छ ।





Source link

Leave a Comment