हमास दोस्रो चरणको युद्धविरामका लागि तयार, अमेरिकी प्रतिक्रिया आउन बाँकी



प्रकाशित मिति : चैत्र १६, २०८१ शनिबार

हमासले गाजा पट्टीमा युद्धविराम पुनः सुरु गर्नका लागि सहमति जनाएको छ ।

हमासले मध्यस्थकर्ताहरूले प्रस्ताव गरेको योजनालाई समर्थन गरेको हो । प्रस्तावमा हमासले ५ जना इजरायली बन्धकलाई रिहा गरेमा ५० दिनको युद्धविराम हुने उल्लेख गरिएको छ।

गाजा बाहिर रहेका हमासका सबैभन्दा वरिष्ठ नेता खलील अल हय्यामले हमासले इजिप्ट र कतारका मध्यस्थकर्ताहरूले पठाएको सम्झौतामा सहमति जनाएको बताएका छन ।

हमास दोस्रो चरणको युद्धविरामका लागि तयार, अमेरिकी प्रतिक्रिया आउन बाँकी

हमास दोस्रो चरणको युद्धविरामका लागि तयार, अमेरिकी प्रतिक्रिया आउन बाँकी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकासँगको पूर्ण समन्वयमा मध्यस्थकर्ताहरूसम्म युद्धविराम प्रस्ताव पेश गरेको बताएका छन ।

हमासले सहमति जनाएसँगै ५० दिन लामो युद्धविराम तत्काल सुरु हुनसक्ने इजरायलको संकेत रहेको छ । मुस्लिम समूदायले मनाउने चाड इद अल फित्र आइतबार देखि नै सुरु हुनेछ ।

यो बिचमा युद्धविरामको संभावना रहेको छ । हमासले सहमति जनाएको युद्धविरामको प्रस्तावमा अमेरिकाले भने प्रतिकृया अहिलेसम्म दिएको छैन ।

पछिल्ला दिनमा इजरायली सेनाले रफाहमा भूमिगत अपरेसन सुरू गरेको छ । गाजा पट्टीभरि हवाई हमलाहरू जारी राखेको छ ।

युद्धविरामको पहिलो चरणमा हमासले ३३ जना बन्धकलाई रिहा गरेको थियो । इरानको समर्थन प्राप्त हमास समूहले ५९ जना बन्धक अझै राखिरहेको विश्वास गरिएको छ ।

हमास दोस्रो चरणको युद्धविरामका लागि तयार, अमेरिकी प्रतिक्रिया आउन बाँकी

यद्यपि सबै बन्धक जीवित नरहेको हुनसक्ने अनुमान गरिएको छ । हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि युद्ध सुरु भएको हो ।

त्यसबेला १ हजार २०० व्यक्तिको मृत्यु भएको थियो । २५१ जनालाई बन्धक बनाएर हमास समूहले गाजा लगेको थियो ।

त्यसपछि सुरु भएको आक्रमणमा परेर अहिलेसम्म ५० हजार भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु गराएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





Source link

Leave a Comment