हमासले मुक्त गर्ने बन्धकहरूको सूचीमा विपिन जोशीको अवस्था ‘अज्ञात’



प्रकाशित मिति : आश्विन २२, २०८२ बिहीबार

हमासले मुक्त गर्ने बन्धकहरूको सूचीमा विपिन जोशीको अवस्था ‘अज्ञात’

हमासले बन्धक बनाएका व्यक्तिहरूको सूचीमा नेपालका विपिन जोशीको अवस्था अझै ‘अज्ञात’ देखिएको छ।

सिएनएनले सार्वजनिक गरेको बन्धकको विवरणमा २ जनाको अवस्था ‘अज्ञात’ देखाइएको हो। त्यसमा नेपालका २४ वर्षीय विपिन जोशीको नाम पनि उल्लेख गरिएको छ। अर्का एकजना तमिर निम्रोदी रहेका छन्।

२ दिनअघि सार्वजनिक गरिएको भिडियोमा जोशीले आफ्नो परिचय खुलाउँदै आफू ‘सिक्दै कमाउँदै’ कार्यक्रमको सिलसिलामा इजरायल आएको बताएका थिए। उक्त भिडियो पुरानो रहेको र अहिले मात्रै सार्वजनिक भएको अनुमान गर्न सकिन्थ्यो।

हमासले मुक्त गर्ने बन्धकहरूको सूचीमा विपिन जोशीको अवस्था ‘अज्ञात’

हमासले मुक्त गर्ने बन्धकहरूको सूचीमा विपिन जोशीको अवस्था ‘अज्ञात’

सन् २०२३ नोभेम्बरमा खिचिएको भनिएको उक्त भिडियो विपिनको परिवारको आग्रहमा सार्वजनिक गरिएको हो।

यो भिडियो इजरायली गुप्तचर संस्थाले प्राप्त गरेको थियो, तर लामो समयसम्म सेन्सरमा राखिएको थियो। अहिले परिवारले अनुमति पाएपछि भिडियो बाहिर आएको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् ।

३३ सेकेन्ड लामो भिडियोमा विपिनले आफैँलाई परिचय गराएका छन् ।

‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएका विपिन सन् २०२३ अक्टोबर ७ देखि परिवारको सम्पर्कमा छैनन्। सोही दिन हमासको नेतृत्वमा रहेका लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

जोशीको रिहाइका लागि पहल गर्न आमा पद्मा र बहिनी पुष्पा अमेरिका र इजरायल गएका थिए। विपिनको उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल जारी राखे पनि कुनै ठोस उपलब्धि हासिल हुन सकेको छैन।

हमासले मुक्त गर्ने बन्धकहरूको सूचीमा विपिन जोशीको अवस्था ‘अज्ञात’

गाजामा बन्धक बनाएर राखिएका सबै व्यक्तिहरू सोमबारसम्ममा मुक्त गरिने तयारी भइरहेको छ। हमास र उसका सहयोगीहरूले दुई वर्षभन्दा अघि इजरायलबाट २५१ जनालाई अपहरण गरी गाजामा लगेका थिए।

अझै पनि गाजामा हमासको नियन्त्रणमा ४८ जना रहेका छन्। तीमध्ये २० जना मात्रै जीवित रहेको अपेक्षा गरिएको छ। २६ जना मारिएको आशङ्का छ।

हमास र इजरायलबीच भएको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत बन्धक मुक्त गर्ने कार्य हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति घोषणा गरेका थिए।

अमेरिकाको नेतृत्वमा हमाससँग भएको शान्ति योजनालाई इजरायली मन्त्रिपरिषद्को बैठकले अनुमोदन समेत गरेको छ। इजरायलले गाजामा आक्रमण सुरु गरेपछि अहिलेसम्म ६० हजारभन्दा बढीको ज्यान गइसकेको छ।





Source link

Leave a Comment