हमासले बन्धक मुक्त गर्ने प्रकृया रोक्यो, शनिबारसम्म सबै बन्धक नछोडिए युद्धविराम भंग हुने ट्रम्पको चेतावनी



प्रकाशित मिति : माघ २८, २०८१ सोमबार

प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायली बन्धकलाई मुक्त गर्ने प्रकृयालाई रोकेको छ । इजरायलले सहमति उलङघन गरेको आरोप लगाउदै हमासले बन्धकलाई मुक्त गर्ने प्रकृया रोकेको हो ।

शनिवार तीन बन्धकलाई मुक्त गर्ने तय भएको थियो । इजरायली रक्षा मन्त्री इजरायल कात्जले हामासको घोषणालाई युद्धविराम सम्झौताको पूर्णत उल्लंघन भनेका छन्।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्म हमासले सबै बन्धकलाई गाजाबाट मुक्त गरिएन भने युद्धविराम सम्झौतालाई रद्द गर्नुपर्ने बताएका छन ।

हमासले बन्धक मुक्त गर्ने प्रकृया रोक्यो, शनिबारसम्म सबै बन्धक नछोडिए युद्धविराम भंग हुने ट्रम्पको चेतावनी

सबै बन्धकहरू शनिबार १२ बजे अघि फिर्ता हुनुपर्छ ट्रम्पले भनेका छन ।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको हमलापछि बन्धक बनाइएकाहरु पछिल्ला दिनहरुमा मुक्त भइरहेका थिए ।

कात्जले इजरायली रक्षा बललाई गाजामा कुनै पनि सम्भावित घटनाको लागि उच्चतम स्तरको तयारी गर्न आदेश दिएका छन्।

संयुक्त राष्ट्र संघका प्रवक्ता फरहान हकले युद्धविराम सम्झौतामा कुनै ढिलाइ भयो भने समस्या बढाउने बताएका छन । सबै पक्षले सम्झौतासँगै समयसीमा पालना गर्नुपर्ने उनले बताएका छन ।

इजरायलले आफ्ना दायित्वहरू पालना गर्यो भने शनिवारको आदानप्रदान अगाडि जान सक्ने हमासले बताएको छ ।

हमासले बन्धक मुक्त गर्ने प्रकृया रोक्यो, शनिबारसम्म सबै बन्धक नछोडिए युद्धविराम भंग हुने ट्रम्पको चेतावनी

हमासका प्रवक्ता अबू ओबैदाले इजरायलमाथि गाजा उत्तरमा विस्थापित प्यालेस्टाइनहरुलाई फर्काउने प्रक्रिया ढिलो गरेको, मानिसहरूमाथि गोली चलाएको र सहमति अनुसार मानवतावादी सहायता पुर्याउन असफल भएको आरोप लगाएका छन् ।





Source link

Leave a Comment