हमासको हमलामा इजरायलका क्याप्टेनसहित ८ सैनिक मारिए

हमासको हमलामा इजरायलका क्याप्टेनसहित ८ सैनिक मारिए



प्रकाशित मिति : असार २, २०८१ शनिबार

इजरायली सेनाले दक्षिणी गाजाको रफाहमा “सैन्य गतिविधि“ मा आफ्ना ८ सैनिक मारिएको जनाएको छ ।

समाचार एजेन्सी एएफपीले इजरायली सञ्चारमाध्यममा सशस्त्र गाडीको विष्फोटबाट आठ सैनिकको मृत्यु भएको जनाएको छ ।

बिबिसी हिन्दीका अनुसार इजरायली सेनाले मृतक मध्ये एक जना क्याप्टेन रहेको र मारिएका अन्यको नाम पछि सार्वजनिक गरिने बताएको छ ।
सेनाले एक विज्ञप्ति जारी गर्दै मृतक सैनिकका परिवारलाई जानकारी गराएको जनाएको छ ।

अर्कोतर्फ, हमासको सशस्त्र समूह (इज्जेदिन अल–कसाम ब्रिगेड्स) ले इजरायली सेनाको बुलडोजरमा रकेट प्रहार गरेको र त्यसमा आगो लागेको बताएको छ ।

हमासका अनुसार सहयोग गर्न आएको एउटा सशस्त्र गाडीलाई पनि रकेटले निशाना बनाएको थियो, जुन आक्रमणमा ध्वस्त भएको थियो ।

विगत केही सातादेखि इजरायली सेनाले रफाहमा हमासको स्थानमा आक्रमण गर्दै आएको छ । हमासका अन्तिम केही बटालियनहरू यहाँ लुकेका छन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School