हमासको समर्थनपछि अमेरिकाको भिसा रद्द गरिएकी भारतीय विद्यार्थीद्वारा सेल्फ डिपोर्ट



प्रकाशित मिति : फाल्गुन ३०, २०८१ शुक्रबार

हमासको समर्थनपछि अमेरिकाको भिसा रद्द गरिएकी भारतीय विद्यार्थीद्वारा सेल्फ डिपोर्ट

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार कोलम्बिया विश्वविद्यालयका विद्यावारिधि अध्ययनरत एक भारतीय विद्यार्थीले सीबीपी होम एप प्रयोग गरेर सेल्फ डिपोर्ट गरेकी छिन् । उनको भिसा हमासको समर्थन गरेका कारण रद्द गरिएको थियो । उनी अमेरिका छाड्दै गरेको विमानस्थलको भिडियो डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ ।

भारतीय नागरिक रञ्जनी श्रीनिवासन कोलम्बिया विश्वविद्यालयमा शहरी योजनामा विद्यावारिधि गर्न एफ १ विद्यार्थी भिसामा अमेरिका आएकी थिइन्। यो विश्वविद्यालयको कठोर शैक्षिक कार्यक्रमहरूको लागि परिचित छ। तर, उनी हमासको समर्थन गर्ने गतिविधिमा संलग्न भएको आरोप लागेपछि उनको शैक्षिक यात्रामा अचानक परिवर्तन भएको थियो ।

हमासलाई अमेरिकी सरकारले आतंकवादी संगठनको रूपमा वर्गीकृत गरेको छ। उनको कार्यबारे विस्तृत जानकारी नखुलाइए पनि अमेरिकी विदेश मन्त्रालयले ५ मार्च २०२५ मा उनको भिसा रद्द गरेको थियो ।

हमासको समर्थनपछि अमेरिकाको भिसा रद्द गरिएकी भारतीय विद्यार्थीद्वारा सेल्फ डिपोर्ट

हमासको समर्थनपछि अमेरिकाको भिसा रद्द गरिएकी भारतीय विद्यार्थीद्वारा सेल्फ डिपोर्ट

अमेरिकाबाट निष्कासनको कारवाही सामना गरिरहेकी श्रीनिवासनले आफै देश छोड्ने निर्णय गरिन्। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले प्राप्त गरेको भिडियो फुटेजमा उनी ११ मार्चमा सीबीपी होम एप प्रयोग गरी सेल्फ डिपोर्ट गरिरहेको देख्न सकिन्छ।

त्यस्तै आईसले हमासको समर्थन गरेको आरोपमा अर्का विद्यार्थीलाई पनि पक्राउ गरेको छ । उनले हमास समर्थक गतिविधिमा संलग्न रहँदा विद्यार्थी भिसाको अवधि सकिएर ओभरस्टे भएकी थिइन्। न्युजर्सीबाट प्यालेस्टिनी छात्रा लेका कोर्डियालाई पक्राउ गरिएको हो ।

कोर्डिया पनि कोलम्बिया विश्वविद्यालयकी छात्रा थिइन्। उनको एफ १ भिसा २६ जनवरी २०२२ मा रद्द गरिएको थियो, किनकि उनले कक्षामा उपस्थित हुन छोडेकी थिइन्। उनको आप्रवासन समस्या झन् जटिल बनेको थियो, किनभने अप्रिल २०२४ मा उनले कोलम्बिया विश्वविद्यालयको न्यूयोर्क सिटी क्याम्पसमा हमास समर्थन प्रदर्शनमा भाग लिएपछि पक्राउ परेकी थिइन्।

यी घटनाक्रमहरूप्रति प्रतिक्रिया दिँदै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले अमेरिकामा बस्ने र अध्ययन गर्ने भिसा प्राप्त गर्नु विशेषाधिकार रहेको तर हिंसा र आतंकवादको समर्थन गरेमा तयो विशेषाधिकार खोसिनुपर्ने बताइन् ।

यी घटनाहरू विदेशी विद्यार्थीहरूलाई लिएर बढ्दो अमेरिकी अनुगमनबीच आएका छन्। न्यूयोर्क सिटीमा रहेको कोलम्बिया विश्वविद्यालय पछिल्लो समय प्यालेस्टिन समर्थक गतिविधिहरूको केन्द्रविन्दु बनेको थियो ।

हमासको समर्थनपछि अमेरिकाको भिसा रद्द गरिएकी भारतीय विद्यार्थीद्वारा सेल्फ डिपोर्ट





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School