हमासको नियन्त्रणमा रहेका विपिन जोशीको नयाँ भिडियो फेला, आजै सार्वजनिक गर्ने तयारी



प्रकाशित मिति : आश्विन २१, २०८२ बुधबार

हमासको नियन्त्रणमा रहेका विपिन जोशीको नयाँ भिडियो फेला, आजै सार्वजनिक गर्ने तयारी

सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आतङ्ककारी आक्रमणका क्रममा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीसम्बन्धी नयाँ प्रमाण सार्वजनिक हुँदै छ। जोशीको परिवारले उनको अपहरणपछिका हप्तामा खिचिएको भिडियोबाट लिइएको एउटा स्थिर भिडियो सार्वजनिक गर्न स्वीकृति दिएको हो ।

द टाइम्स अफ इजरायलका अनुसार इजरायल समय अनुसार बुधवार साँझ ७ः५५ बजे ३० सेकेन्ड लामो भिडियो सार्वजनिक गरिने तयारी भएको हो ।

उक्त रेकर्डिङ इजरायली सेनाले गाजाबाट प्राप्त गरेको हो र खुफिया अधिकारीहरूले जोशीको परिवारलाई उपलब्ध गराएको बताइएको छ। उक्त भिडियोमा विपिन जोशी जीवित रहेको प्रमाण झल्किन्छ।

हमासको नियन्त्रणमा रहेका विपिन जोशीको नयाँ भिडियो फेला, आजै सार्वजनिक गर्ने तयारी

हमासको नियन्त्रणमा रहेका विपिन जोशीको नयाँ भिडियो फेला, आजै सार्वजनिक गर्ने तयारी

बन्धक र बेपत्ता परिवारहरूको मञ्चले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गाजामा भेटिएको जीवनको यो सङ्केत, जसलाई आज हामी सार्वजनिक गर्दैछौं, विपिन जीवित छन् भन्ने हाम्रो दृढ विश्वासलाई अझ सुदृढ बनाउँछ।”

‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएका विपिन सन् २०२३ अक्टोबर ७ देखि परिवारको सम्पर्कमा छैनन्। सोही दिन हमासको नेतृत्वमा रहेका लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

विपिनको उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल जारी राखे पनि कुनै ठोस उपलब्धि हासिल हुन सकेको छैन।

गाजामा जारी युद्धबिच हमासले केही दिन अघि ४८ जना बन्धकहरूको “बिदाइ तस्वीर” सार्वजनिक गरेको थियो । ती तस्बिरमा बन्धकहरूको अनुहार देखाइएको छ, प्रत्येकलाई “रोन अराड” नाम र छुट्टै नम्बर दिइएको थियो । “रोन अराड-३८” मा नेपाली युवा जोशीको पनि तस्वीर राखिएको थियो ।





Source link

Leave a Comment