हमासको अपहरणमा परेको केही महिनामै मारिएका थिए विपिन जोशी



प्रकाशित मिति : आश्विन २७, २०८२ मंगलबार

हमासको अपहरणमा परेको केही महिनामै मारिएका थिए विपिन जोशी

गाजामा भएको युद्धविराम सम्झौताअनुसार हमासले फिर्ता गरेका चार जना मृतक बन्दीहरूमध्ये एक नेपाली नागरिक विपिन जोशीको पहिचान भएको इजरायली सेनाले पुष्टि गरेको छ। जोशीसँगै इजरायली नागरिक गाइ इलौजको पनि शव फिर्ता गरिएको छ।

इजरायल डिफेन्स फोर्सेज (आइडिएफ)का अनुसार फरेन्सिक परीक्षणपछि २३ वर्षीय विपिन जोशी र २६ वर्षीय गाइ इलौजसहित दुई अन्य बन्दीका पार्थिव शरीरहरू सोमबार राति इजरायल ल्याइएका हुन्। बाँकी दुई जनाको नाम भने परिवारको अनुमति नआएसम्म सार्वजनिक नगरिने बताइएको छ।

इयजरायली सेनाका अनुसार इलौजलाई गत वर्ष अक्टोबर ७ मा रिइम नजिकको नोभा संगीत महोत्सवबाट भाग्दै गर्दा हमास लडाकूहरूले अपहरण गरेका थिए। उनी घाइते अवस्थामा उपचार नपाएर कैदमै मृत्यु भएको आइडीएफले जनाएको छ।

हमासको अपहरणमा परेको केही महिनामै मारिएका थिए विपिन जोशी

हमासको अपहरणमा परेको केही महिनामै मारिएका थिए विपिन जोशी

त्यस्तै, नेपाली विद्यार्थी विपिन जोशीलाई हमास लडाकूहरूले किबुत्ज अलुमिमस्थित शरणस्थलबाट अपहरण गरेका थिए। आइडीएफका अनुसार युद्ध सुरु भएको पहिलो केही महिनामै उनको हत्या गरिएको अनुमान गरिएको छ।

जोशी कृषि विद्यार्थी थिए । इजरायल पुगेको केही हप्तामै अलुमिममा भएको हमासको आक्रमणमा परेका थिए। इजरायली ‘होस्टेजेज एण्ड मिसिङ फ्यामिलिज फोरम’ का अनुसार विपिन अन्य विदेशी विद्यार्थीहरूसँग शरणमा पुगेका थिए । उनले ग्रिनेड हटाएर धेरैको ज्यान बचाएका थिए।

गाइ इलौज इजरायली संगीत उद्योगका चर्चित ध्वनि प्राविधिक थिए। उनी नोभा संगीत महोत्सवमा गोली लागेपछि बेहोस अवस्थामा अपहरण भएका थिए।

‘होस्टेजेज एण्ड मिसिङ फ्यामिलिज फोरम’ ले दुवै जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै भन्यो – “गाइ र विपिनसहित चार जना मृतक बन्दीहरूको फर्काइले दुई वर्षदेखि पीडादायी अनिश्चिततामा बाँचेका परिवारहरूलाई केही सान्त्वना दिएको छ। तर हामी तबसम्म विश्राम लिँदैनौं, जबसम्म बाँकी २४ जना बन्दीहरू पनि फर्काइँदैनन्।”

इजरायलका रक्षामन्त्रीले हमासलाई चेतावनी दिँदै भनेका छन्, “ढिलाइ वा जानीजानी टार्ने कुनै पनि प्रयास युद्धविराम सम्झौताका गम्भीर उल्लङ्घनको रूपमा लिइनेछ र त्यसअनुसार जवाफ दिइनेछ।”

हमासको अपहरणमा परेको केही महिनामै मारिएका थिए विपिन जोशी

७ अक्टोबर २०२३ मा हमासले दक्षिण इजरायलमा आक्रमण गर्दा करिब १,२०० जना मारिएका र २५१ जना अपहरण गरिएका थिए। त्यसपछिका इजरायली सैनिक अभियानमा गाजामा कम्तीमा ६७,८६९ जना मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।





Source link

Leave a Comment