हत्यापछि तारेभीरमा शव गाडेको आशंकामा एक युवक पक्राउ

हत्यापछि तारेभीरमा शव गाडेको आशंकामा एक युवक पक्राउ


२ चैत, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, तारेभीरमा १९ वर्षीया किशोरीको हत्यापछि शव गाडिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २१ वर्षीय रुपेन्द्र लामा छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनको शव २५ फागुनमा शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो ।

जंगलनजिकै घर भएकी लुच्ची तामाङकी छोरी १८ वर्षीया सुस्मा लामा २२ माघदेखि हराएकी थिइन् । गोकर्णेश्वर–३ का वडा सदस्य सचिन लामाका अनुसार, कलेज जान्छु भनेर हिँडेकी उनी घर नफर्किएपछि परिवारले २५ माघमा प्रहरी वृत्त, बौद्धमा खोजतलासका लागि निवेदन दिएको थियो ।

सुस्मा एक्कासी हराएपछि प्रहरीको सहयोग लिएर स्थानीयबासिन्दाले पनि खोजी गरिरहे । त्यहीबीच उनले विवाह गरेको विषय फेसबुकमार्फत सार्वजनिक भएको थियो ।

यसपछि खोजतलास पनि सुस्त भयो । तर, एक महिनासम्म पनि सम्पर्कमा नआएपछि परिवारले थप शंका गरिरहेको थियो । त्यहीबीच जंगलमा एउटा शव भेटिएको थियो ।

पछि त्यो शव सुस्माकै भएको पुष्टि भएको थियो । यसपछि प्रहरीले अनुसन्धान थालेको थियो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School