स्वास्थ्य शिविरमा पाँच सय बढी महिलाकाे क्यान्सर स्क्रिनिङ


जुम्लाको कनकासुन्दरी गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढी महिलाले स्वास्थ्य सेवा लिएका छन्। गाउँपालिकाको मालिकाबोता र हाडसिंजा स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको स्क्रिनिङ गरिएको गाउँपालिकाले जानकारी दिएको छ।

गाउँपालिकाको आयोजना, जनस्वास्थ्य सेवा कार्यालय जुम्ला र आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लाको सहकार्यमा सञ्चालन गरिएको शिविरमा ५ सय १८ जना महिलाले उपचार गराएका छन् । दुईदिने निःशुल्क स्वास्थ्य जाँच शिविरका क्रममा हाटसिंजा स्वास्थ्य चौकीमा ३ सय ७८ र मालिकाबोता स्वास्थ्य चौकीमा १ सय ४० जना महिलाले स्वास्थ्य चेकजाँच गराएका थिए।

महिलामा पाठेघरको मुख र स्तन क्यान्सर पहिचान गरी तत्काल उपचारमा सहजता गर्ने उद्देश्यले शिविर आयोजना गरिएको थियो, जसमध्ये २ सय ६ जनामा पाठेघर समस्या देखिएको छ भने १२ जनामा क्यान्सर ‘पोजिटिभ’ देखिएको छ। थप उपचारका लागि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको प्रतिष्ठानका डा. एबेस सेजुवालले बताए।  

प्रतिष्ठानका डा. टंक आचार्यको नेतृत्वमा गएको चिकित्सकको टोलीले महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको चेकजाँच गरेको हो। पाठेघरको क्यान्सरको समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक वीरेन्द्र उपाध्यायले पाठेघरको क्यान्सर समस्याका रुपमा देखिएकाले नियमित जाँच गराउन आग्रह गरे। उनका अनुसार समयमै क्यान्सरको जोखिम पहिचान गर्न सके उपचारमा सहजता हुने छ।

प्रतिष्ठानका डा. टंक आचार्यले महिलाले आफ्नो पाठेघरको अवस्थाका बारेमा बेलाबेलामा जान्न जरुरी रहेको बताए। पिसाब चुहिने, तल्लो पेट र ढाड दुख्ने, चिलाउने, गनाउने सेतोपानी बग्ने तथा प्रजननसम्बन्धी समस्या देखिएमा समयमै उपचार गर्न चिकित्सकहरुले सुझाव दिएका छन्।

प्रकाशित: ९ चैत्र २०८० १५:०० शुक्रबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School