स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारी कटौती नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश



प्रकाशित मिति : असार १७, २०८२ मंगलबार


संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई स्वास्थ्य मन्त्रालयको पुनर्सरचना र कर्मचारी कटौती योजना स्थगित गर्न आदेश दिएको छ ।

प्रोभिडेन्स, रोड आइल्यान्ड स्थित अमेरिकी डिस्ट्रिक्ट न्यायाधीश मेलिसा डुबोजले ट्रम्प प्रशासनले अगाडि बढाएको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयको पुनर्संरचना तथा कर्मचारी कटौती योजनामा अस्थायी रोक लगाएकी हुन ।

डेमोक्रेट नेतृत्वमा रहेका १९ राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियाले मार्चमा स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले घोषणा गरेको १० हजार कर्मचारी बर्खास्त गर्ने र प्रशासनिक एकीकरण गर्ने योजनाविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए।

स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारी कटौती नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारी कटौती नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

उनीहरूले यसले मन्त्रालयका जिम्मेवार कार्यालयहरूलाई काम गर्न असमर्थ बनाएको दाबी गरेका छन् ।

बर्खास्ती, पहिलेको स्वेच्छिक राजीनामा वा बायआउट अन्तर्गत कर्मचारिहरूको निलम्बन पछि कर्मचारी संख्या ८२ हजार बाट घटेर ६२ हजार पुगेको बताइएको छ ।

न्यायाधीश डुबोजले “कार्यपालिकाले कांग्रेसद्वारा सिर्जना गरिएका एजेन्सीहरूको संरचना तथा कार्यप्रणालीमा एकतर्फी परिवर्तन गर्ने शक्ति मन्त्रालयसँग छैन ” भनेर आदेश दिएकी छन ।

https://www.youtube.com/watch?v=videoseries

न्यूयोर्क एटर्नी जनरल लिटिशिया जेम्सले आदेशले देशको स्वास्थ्य सेवा प्रणालीमा पहुँचलाई सुनिश्चित गर्छ र प्रशासनको गलत प्रयासलाई रोक्छ भनेका छन ।

ट्रम्प प्रशासन र एलन मस्क–सञ्चालित सरकारी दक्षता पहल अन्तर्गत, संघीय जांच र खर्च घटाउने योजनाको हिस्सा स्वरूप यो पुनर्संरचना र कर्मचारी कटौती अघि बढाइएको थियो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारी कटौती नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

डेमोक्रेट राज्यहरुले यो कदमले राष्ट्रिय जनस्वास्थ्य प्रणालीलाई कमजोर पार्ने आरोप लगाएका छन् । न्यायाधीशको आदेशपछि योजना कार्यान्वयन रोकिएको छ । केही कर्मचारीहरू पुनर्स्थापना भइसकेका छन् ।





Source link

Leave a Comment