स्वास्थ्य परीक्षणपछि ह्वाइट हाउसले भन्यो: ‘ट्रम्पको स्वास्थ्य अवस्था उत्कृष्ट’



प्रकाशित मिति : मंसिर १६, २०८२ मंगलबार

स्वास्थ्य परीक्षणपछि ह्वाइट हाउसले भन्यो: ‘ट्रम्पको स्वास्थ्य अवस्था उत्कृष्ट’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्था उत्कृष्ट रहेको ह्वाइट हाउसले बताएको छ। ‘व्यापक कार्यकारी स्वास्थ्य परीक्षण’ पछि ट्रम्प ‘समग्र रूपमा उत्कृष्ट स्वास्थ्य अवस्थामा’ रहेको देखिएको ह्वाइट हाउसका चिकित्सकले बताएका हुन्।

७९ वर्षीय ट्रम्पको मुटु र पेटको परीक्षण गर्दा ‘पूर्ण रूपमा सामान्य’ रिर्पोट आएको उल्लेख गरिएको छ।

अक्टोबरमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा ट्रम्पले एमआरआई गराएका थिए।

यो विवरण डेमोक्र्याटहरू, खासगरी मिनेसोटाका गभर्नर टिम वाल्जले ट्रम्पको दोस्रो कार्यकालमा उमेरसम्बन्धी चिन्ताबीच स्क्यानको नतिजा सार्वजनिक गर्न दबाब दिइरहेका बेला आएको हो।

स्वास्थ्य परीक्षणपछि ह्वाइट हाउसले भन्यो: ‘ट्रम्पको स्वास्थ्य अवस्था उत्कृष्ट’

ट्रम्पको धमनीहरूमा रक्तप्रवाह अवरुद्ध हुने अवस्था, वा कुनै खुम्चिनु वा मुटु तथा प्रमुख नलीहरूमा कुनै असामान्यता भेटिएको छैन।

ट्रम्पको मुटु सम्बन्धी प्रणालीमा ‘उत्कृष्ट स्वास्थ्य’ अवस्था देखिएको छ।

इराक र अफगानिस्तानमा सेवा गरेका अमेरिकी नौसेनाका आपतकालीन चिकित्सक बार्बाबेलाले ट्रम्पको पेटसम्बन्धी इमेजिङको नतिजा सबै सामान्य सीमाभित्र रहेको बताए।

एमआरआईलाई उनले ट्रम्पको उमेरका व्यक्तिका लागि ‘कार्यकारी स्वास्थ्य परीक्षण’ मा पर्ने ‘सामान्य प्रक्रिया’ हो भनेका छन्।

यसअघि ह्वाइट हाउसले अक्टोबरमा ट्रम्पले किन एमआरआई गराएको वा शरीरको कुन भाग स्क्यान गरिएको भन्ने खुलाएको थिएन।

एयर फोर्स वनमा पत्रकारहरूसँग बोल्दै ट्रम्पले एमआरआईको नतिजा ‘ठीक छ’ भनेका थिए।

शरीरको कुन भागको एमआरआई गरिएको हो भनेर गरिएको पत्रकारको प्रश्नमा ट्रम्पले मस्तिष्कको नभएको बताएका थिए। उनले कग्निटिभ परीक्षण दिएको र उत्तीर्ण पनि भएको बताए। ट्रम्पले अप्रिलमा आफ्नो वार्षिक स्वास्थ्य परीक्षण पनि गराएका थिए।

अक्टोबरमा भने उनले वाल्टर रिड सैन्य अस्पतालमा भएको भ्रमणकै क्रममा एमआरआई गराएको र त्यो ‘उत्कृष्ट’ रहेको दाबी गरेका थिए।

ट्रम्पलाई विगतमा खुट्टा सुन्निने र दाहिने हातमा नीला दाग देखिएको थियो। साथै धेरै बैठकमा उनी निदाएको देखिएको छ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment