स्रोत नखुलेको ६९ लाखसहित ४ चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको ६९ लाखसहित  ४ चिनियाँ नागरिक पक्राउ



प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार

स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका ४ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन, ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ होर्यान र ३६ वर्षीय डिना लैयु रहेका छन् ।

आज सूर्यविनायक नगरपालिका‐१० भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा७०प २८७२ नंको ट्याक्सी रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा ४ चिनियाँ नागरिकको साथबाट स्रोत नखुलेको ६९ लाख पाँच हजारसहित पक्राउ गरिएको हो ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय भक्तपुरलाई बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School