प्रकाशित मिति : कार्तिक ३०, २०८२ आईतबार

विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका आफ्नै नागरिक (विशेष गरी युवतीहरू)मा स्थायी रूपमा देश त्याग्ने इच्छा बढ्दै गएको छ । ग्यालपले सार्वजनिक गरेको सन् २०२५ को सर्वेक्षणका अनुसार, पाँचमध्ये दुई अर्थात् ४० प्रतिशत अमेरिकन युवतीले विदेशमा स्थायी बसाइँ सर्न चाहना व्यक्त गरेका हुन् ।
यो दर २०२४ मा ४४ प्रतिशत थियो भने २०२३ मा २९ प्रतिशत मात्र थियो। पछिल्लो दुई वर्षमा अमेरिकन युवतीहरूको विदेश जाने चाहनामा उल्लेख्य वृद्धि भएको हो । सर्वेक्षणमा सहभागी झन्डै पाँचमध्ये एक अमेरिकीले कुनै न कुनै रूपमा अमेरिका छोड्ने सोच राखेको पाइएको छ।
सहभागी सबैलाई एउटै प्रश्न गरिएको थियो, “आदर्श अवस्थामा, यदि अवसर मिल्यो भने के तपाईँ स्थायी रूपमा अर्को देशमा बसाइँ सर्न चाहनुहुन्छ वा अमेरिकामै बस्न चाहनुहुन्छ ?”
१५ देखि ४४ वर्ष उमेरका ४० प्रतिशत महिलाहरूले देश छोड्ने पक्षमा देखिए, जबकि सोही उमेर समूहका १९ प्रतिशत मात्रै पुरुषहरूले त्यो दृष्टिकोणसँग सहमत भए। ४५ वर्ष र सोभन्दा माथिका १६ प्रतिशत महिलाहरूले उही उमेरका ८ प्रतिशत पुरुषहरूको तुलनामा बसाइँ सर्ने चाहना राखेको पाइएको हो ।
उमेर बढ्दै जाँदा देश छोड्ने चाहना घट्दै जाने देखिए पनि महिलाहरूको विदेशी बसाइँप्रतिको आकर्षण पुरुषभन्दा अझै उच्च छ। २० प्रतिशत अमेरिकी वयस्कले स्थायी रूपमा देश छाड्न सक्ने इच्छा देखाएका छन्। तर, ग्यालपले यो तथ्याङ्क इच्छा मात्र भएको र वास्तविक रूपमा देश छाड्ने मानिसहरूकै सङ्ख्या समान नहुन सक्ने उल्लेख गरेको छ।
ग्यालपले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आजका युवामध्ये पुरुष (१९ प्रतिशत) र महिला (४० प्रतिशत) बीच अमेरिका छोड्ने इच्छामा देखिएको २१ प्रतिशत अङ्कको फरक ग्यालपले कुनै पनि वर्षमा नदेखेको सबैभन्दा ठुलो अन्तर हो।”८८
“ग्यालपले २००७ देखि विश्वभर आप्रवासनको चाहना मापन गर्दा, अधिकांश देशमा यति ठुलो लैङ्गिक अन्तर देखिएको छैन। २०२५ मा अमेरिकामा दर्ता भएको यो अन्तरभन्दा अगाडि कुनै पनि देशमा युवक र युवतीबीच २० प्रतिशत वा सोभन्दा बढी चाहनाको अन्तर पाइएन।”, विज्ञप्तीमा भनिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
