प्रकाशित मिति : फाल्गुन ८, २०८१ बिहीबार
अमेरिकाको टेक्सासमा योजनाबद्ध हमलाको प्रयास गरेको भन्दै प्रहरीले २ जना किशोरीलाई पक्राउ गरेको छ । उनीहरुलाई पाइप बम र बन्दूकको प्रयोग गरेर जनधनको ठूलो क्षति पुराउनसक्ने योजना बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
ति किशोरीहरु १५ र १६ बर्षका रहेका छन । उनीहरूले ह्यूस्टनका उपनगर स्थित मेमोरियल हाई स्कूलमा हमलाको योजना बनाएका थिए । उनीहरुले बनाएको योजना सामाजिक सञ्जालमार्फत बाहिरिएपछि उनीहरु पक्राउ परेका हुन । उनीहरुले स्कुललाई धम्की समेत दिएका थिए ।
निक्कै सावधानीपूर्वक उनीहरुलाई पक्राउ गर्न सफल भएको मोंटगोमेरी काउंटी शेरीफ कार्यालयले बताएको छ । विद्यालयले घटनापछि थप सुरक्षा उपायहरू लागू गर्ने जनाएको छ। शेरीफ कार्यालयले किशोरीमध्ये एक कन्क्रो टेक्सासको विलिस हाई स्कूलका विद्यार्थी हुन ।
अर्की नजिकको स्प्रिङ ब्रान्च स्कूल जिल्लाकी विद्यार्थी हुन् । दुबैजनालाई थुनामा राखिएको छ ।
पुलिसले ती दुई उनीहरु वयश्क नभएका कारण ति किशोरीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । एफबीआईले धम्कीको बारेमा स्कूललाई सूचना दिएको ३० मिनेट भित्र ती विद्यार्थीहरूलाई गिरफ्तार गरिएको थियो।