षोडश वा सोह्र संस्कार, वैदिक युगदेखि आत्मशुद्धीका निम्ति अपनाउँदै आएको सांस्कृतिक परम्परा हो । जन्मदेखि मृत्युसम्म गरिने षोडश संस्कारको अवलम्बन सर्वप्रथम हिन्दु धर्मावलम्बीले गर्दै ल्याएको मान्यता भए पनि अधिकांश अन्य धर्मावलम्बीले पनि कुनै न कुनै नामबाट पालन गर्दै आएका छन् । सोह्र संस्कारमध्ये पनि कतिपयको विश्वव्यापी मान्यता छ भने कतिको क्षेत्रीयस्तरमा त केहीको सम्बन्धित जातीय समुदायमै सीमित छ । तथापि वैदिक युगबाटै प्रचलनमा ल्याइएका यी संस्कारको महŒव अझै बढेको देखिन्छ । संस्कारले हाम्रो परम्परागत रितिरिवाज र संस्कृति जगेर्ना गर्दछ । संस्कारले व्यक्तिलाई समाजमा घुलमिल गराउँछ । स्वावलम्बी बन्न अभिप्रेरित गराउँछ । शिष्ट र सभ्य बन्न सिकाउँछ । संस्कारले व्यक्तिमा अदम्य साहस र उत्साह बढाइदिन्छ । समष्टिगत रूपमा संस्कारले व्यक्तिलाई उच्च अनुशासन र आत्मनिर्भर बन्ने प्रेरणा दिन्छ ।
सामान्य अर्थमा संस्कार भन्नाले आफ्नो कुल, धर्म, संस्कृति र परम्परालाई निरन्ता दिने प्रचलन भन्ने बुझिन्छ । संस्कारभित्र पनि धर्म, संस्कृति र पम्पराको अनोन्याश्रित सम्बन्ध हुन्छ । धर्म, संस्कृति र परम्परालाई पनि भावार्थका आधारमा वर्गिकृत गर्ने हो भने मानिसले मानिआएको परम्परागत विश्वास वा मान्यता धर्म हो भने देश र जातिको कला, साहित्य संस्कृति, आचार व्यवहार तथा बौद्धिकताकै मौलिक पहिचानलाई पुस्तानुगतै निरन्तरता दिने कार्यलाई संस्कृति भनिन्छ । यसैगरी, प्रारम्भदेखि नै आफ्ना पुर्खाले चलाइल्याएको प्रचलन र प्रथालाई निरन्तरता दिने कार्यलाई परम्परा भनिन्छ । यी धर्म, संस्कृति र परम्पराको भावार्थमात्रै हुन् । समष्टिगत रूपमा वैदिक युगका ऋषि महर्षिले प्रतिपादन गरेका मानव हित र कल्याणकारी, अनुशरण गर्न लायक मान्यतालाई हाम्रै पुर्खाले अनुशरण गर्दै हामीसम्म ल्याइदिएका हुन् । तिनै रितिरिवाज र संस्कारलाई यद्यपि हामी पालन गरिरहेका छौं । तिनै प्रथालाई भावी सन्ततिलाई पनि हामी हस्तान्तरित गर्ने छौं ।
वंश पुर्खाकै पहिचानको प्रतीक मानिने धर्म, संस्कारण र रितिरिवाज अपरिवर्तनीय भने होइनन् । समय र परिस्थितिअुसार हेरफेर परिमार्जन हुन सक्छ । तर दीर्घकालीन वा वंशानुगत मान्यता राख्ने भएकाले परिवर्तित कुरा भने भावी सन्ततिका निम्ति मान्य हुन नसके त्यो संस्कार र रितिरिवाजभित्र समेटिन सक्दैन भन्नेतर्फ हामीले सजगता अपनाउनुपर्दछ ।
संस्कारको विशेषता
अपरिवर्तनीय नभए पनि संस्कार सहजै परिवर्तन हुँदैन । संस्कार पालन क्षेत्र पनि बृहत् र व्यापक हुन्छ । नश्चित सामाजिकमात्र होइन, संस्कार राष्ट्रिय एवं
अन्तर्राष्ट्रिय क्षेत्रसम्मै विस्तारित हुन्छ । व्यक्तिमात्र होइन वंश, जाति र समुदायकै सुशद्धता संस्कारको मुख्य विशेषता हो । संस्कारले व्यक्तिलाई सभ्य र सुसंस्कृत बनाउँछ । सदाचार र सर्वजनहिताय संस्कारको अर्को विशेषता हो । संस्कार व्यक्तिलाई सम्मानित गराउने आकर्षण नै हो ।
यसैगरी, संस्कार मानव सभ्यताको आधारभूत आवश्यकता मानिन्छ । संस्कार कसैलाई भागबण्डा गर्नु पर्दैन । बोक्न वा लिन बोझ नहुने, कसैले देख्नै नसक्ने, पीडादायक नहुने, कसैले हरण गर्न नसक्ने । कहिल्यै ननासिने तथा युगौंसम्म व्यक्तिलाई अमर बनाउने विशिष्ट विशेषता संस्कारको हुन्छ । यसैले विशेषताको क्षेत्र नै व्यापक हुने भएकोले संस्कारलाई व्यवहारमा निरन्तर प्रयोग गरिए अझै बढ्दै र फैलँदै जानसक्छ ।
वैवाहिक संस्कारकै दृष्टान्त हेर्ने हो भने, कसैले यसलाई वैदिक विधिअनुरारै अपनाएका छन् त कसैले पाश्चात्य संस्कारकै आधारमा ‘हेप्पी मेरिज’को रूपमा तथा कसैले आफ्नै परम्परागत संस्कारकै रूपमा मनाउँदै आएका छन् । जन्मोत्सव वा ‘वर्थ डे’, महत्वपूर्ण पदभार ग्रहण गर्दा साइत हेर्ने प्रचलन, लामो यात्रामा निस्कँदा र नयाँ कार्य प्रारम्भ गर्दा साइत हेर्ने, भगवान््लाई सम्झेर शपथ लिने प्रचलन प्रायः सबै समुदायमा छ । यसले हाम्रो संस्कार र रितिरिवाजको महत्व पहिले कस्तो थियो ? अहिले कस्तो छ ? भनी संस्कारित व्यवहारले नै बताउँछ ।
संस्कारको महत्व
संस्कारले व्यक्तिलाई वास्तविक मानवकै रूपमा परिचित गराउँछ । सर्वत्र कदर गराउँछ । संस्कारी व्यक्ति सबैको प्रियपात्र बन्छ । अनुन्यायी बढ्दै जाने भएकाले संस्कारी व्यक्ति समाजमा लोकप्रिय हुन्छ । साथ–सहयोगी अनेकौं हुने भएकोले संस्कारयुक्त व्यक्तिले कष्टकर जीवन बिताउनुपर्दैन । समाजदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमै ख्याति फैलन सक्छ । संस्कारी व्यक्तिको मनोबल सधैं उच्च हुने भएकाले इच्छाएको कार्य सम्पन्न गर्न सक्छ । आदर्श संस्कारले व्यक्तिलाई मुलुककै सम्मानको पात्र बनाउँछ । संस्कारले प्रदान गर्ने सम्मान व्यक्तिले अनेत्रबाट प्राप्त गर्न सक्दैन । यसैले हरेक व्यक्तिका निम्ति संस्कारको विशिष्ट महŒव हुन्छ । संस्कार व्यक्ति विशेषको सुवास्नाको प्रतीक पनि हो । षोडश वा स्रोह संस्कार के के हुन् ? तिनीहरूको प्रयोग के कुन अवस्थामा कसरी गरिन्छ ? भन्ने’bout पनि संक्षिप्त चर्चा गरौं:
१. गर्भाधान संस्कारः सन्तान प्राप्तिको कामना गर्दै वैवाहित जोडीले गर्ने गर्भाधान संस्कारमध्येको पहिलो हो । सन्तान प्राप्तिका निम्ति वैदिक विधिअनुसार भगवान्प्रति प्रार्थना गर्दै यो संस्कार गर्ने प्रचलन छ । सन्तानको चाहना गर्ने दम्पतिको निम्ति यो संस्कार महŒवपूर्ण मानिआएको छ ।
२. पुंसवन संस्कारः गृहस्थ जीवनमा प्रवेश गरेका दम्पतिहरूले संयुक्त रूपमा गर्ने यो दोस्रो महŒवपूर्ण संस्कार हो । श्रीमतीले गर्भाधारण गरेको निश्चित भएपछि यो संस्कार गरिन्छ । गर्भमा रहेको भ्रूण बढेर स्वास्थ्य, बलवान र सुयोग्य पुत्र जन्मियोस् भन्ने उद्देश्यले वैदिक विधिअनुसार यो संस्कार गरिन्छ ।
३. सीमान्तोन्नयन संस्कारः गर्भ रक्षाका निम्ति श्रीमान्–श्रीमतीले गर्ने यो अर्को महŒवपूर्ण संस्कार हो । वैदिक विधि विधान र अनुष्ठानसहित यो संस्कार गरिन्छ ।
४. जातकर्म संस्कारः आमाको गर्भबाट बच्चा जन्मनासाथ गरिने यो संस्कारलाई शिशुको जन्म संस्कार पनि भनिन्छ । शिशु जन्मिनासाथ आफ्नो जातीय धर्म परम्पराअनुसारै सालनाल छुट्याउने, नुहाईधुवाई बच्चालाई सफा बनाउने कार्यहरू यो संस्कारमा पर्दछन् ।
५. नामकरण संस्कारः शिशु जन्मेको केही निश्चित दिन पुगेपछि, वैदिक विधिअनुसारै शिशुको नामकरण गरिने यो संस्कारलाई ‘न्वारन’ पनि भनिन्छ । जन्म लग्नअनुसार उपयुक्त नाम जुराई शिशुको नाम राख्न गरिने यो संस्कार महŒवपूर्ण मानिन्छ ।
६. निस्क्रमण संस्कारः यो संस्कार बसोबास वा बसोबास गरेको घरबाट बच्चालाई सर्वप्रथम बाहिर निकाल्नेक्रममा गरिने संस्कार हो । वैदिक युगमा सुत्केरी शारीरिक रूपमा सक्षम वा तन्दुरुस्त नभएसम्म घरबाहिर ननिस्कने परम्परा थियो । अहिलेजस्तो चिकित्सकीय सेवाको आवश्यक पर्दा वैद्यहरू घरमै उपलब्ध हुन सक्थे । एलोपेथिक औषधी उपचारको व्यवस्था नभएकोले बच्चा र बच्चाको आमा पूर्ण स्वस्थ भएपछि नै घरबाट निस्कने गर्दथे । बच्चालाई घरबाहिर निकाल्नुपर्दा वैदिक विधिअनुसार निस्क्रमण संस्कार नगरी नकिालिँदैन्थ्यो ।
७. अन्नप्रासन्न संस्कारः जन्मेको छ महिना पुगेपछि बच्चालाई अन्न खुवाउनुपर्दा गरिने संस्कार अन्नप्रशासन्न संस्कार हो । आधुनिक शब्दमा यो संस्कारलाई ‘पास्नी’ भनिन्छ ।
८. चुडाकरण संस्कारः यस संस्कारलाई चुडाकर्म वा मुण्डन संस्कार पनि भनिन्छ । यो ब्रतबन्ध गर्न तयारी हुनेक्रममा मुण्डन गर्ने संस्कार हो । तर ब्रतवन्धको पूरै विधि भने यस संस्कारभित्र पर्दैन । मुण्डनको कार्यमात्र यस संस्कारमा पर्दछ ।
९. कर्णछेदन संस्कारः यस संस्कारलाई कर्णवेद संस्कार पनि भनिन्छ । बच्चाको कान छेड्ने बेला गरिने यो संस्कार पनि पूर्णरूपमा वैदिक विधिअनुसारै गरिन्छ ।
१०. विद्यारम्भ संस्कारः यो बच्चालाई अक्षर चिनाउने क्रममा गरिने संस्कार हो । वैदिक कालमा विधिअनुसारै विद्यारम्भ संस्कार पूरा गराएपछि मात्रै बच्चालाई अक्षर चिनाउने प्रचलन थियो ।
११. उपनयन संस्कारः बच्चालाई शिक्षा प्रदान गर्नेक्रममा गरिने संस्कार उपनयन संस्कार हो । शिक्षा प्रदान गर्नुपहिला यो संस्कार गरेर यज्ञोपवित वा जनै धारण गराइन्छ । जसलाई ब्रतवन्ध संस्कार पनि भनिन्छ ।
१२. वेदारम्भ संस्कारः वैदिक युगको शिक्षा भन्नु नै गुरुकुल शिक्षा थियो । जसमा वेदकै पठनपाठन गरिन्थ्यो । शिक्षा आर्जन गर्ने वा वेदपाठ प्रारम्भ गर्नेक्रममा वैदिक विधिअनुसार वेदारम्भ संस्कार पूरा गराएरै वेदपाठ प्रारम्भ गरिन्थ्यो ।
१३. केशान्त संस्कारः यो संस्कार व्यक्ति बानी उमेरमा प्रवेश गरेको संकेत गर्ने संस्कार हो । जन्मेको पुरुषको मुखमा दाह«ीजुँगाको रेखी बसेपछि ऊ युवावस्थामा प्रवेश गर्दै गरेको संकेत पाइने कुरा विदितै छ । वैदिककालमा व्यक्तिको दाह«ीजुँगा पलाउन थालेपछि वैदिक विधिअनुसारै केशान्त संस्कार पूरा गरेर जवानीलाई स्वागत गरेको आभास दिलाउने गरिन्थ्यो ।
१४. समावर्तन संस्कारः शिक्षा आर्जनको कार्य सम्पन्न पारेर गुरुलाई दक्षिणा दिएर आफ्नो गृहस्थ आश्रममा प्रवेश गर्न घर फर्कनेक्रममा वैदिक विधिअनुसार गरिने संस्कार समावर्तन संस्कार हो । यो संस्कार अत्यावश्यक मानिन्थ्यो ।
१५. विवाह संस्कारः शिक्षा आर्जनको कार्य सम्पन्न गरेपछि गृहस्थ जीवनमा प्रवेश गर्ने क्रममा वैदिक युगमा विवाह संस्कार गर्ने परम्परा थियो । विवाहित दम्पतिलाई गृहस्थ भनिन्थ्यो । शुभ विवाहको नामले यो संस्कार यद्यपि कायमै छ ।
१६. अन्त्येष्टिः व्यक्तिको मृत्यु भएपछि शव दाह गर्न गरिने यो संस्कार अहिले पनि वैदिक विधिअनुसारै गरिन्छ । षोडश संस्कारमध्ये यो अन्तिम संस्कार हो । उल्लेखित सोह« संस्कारमध्ये निस्क्रमण संस्कार, कणछेदन संस्कार, विद्यारम्भ संस्कार, पेदारम्भ संस्कार र केशान्त संस्कार भने अहिले विरलै व्यक्तिले मात्र गर्दछन् । अधिकांशले भने यी पाँच संस्कार बाहेकका एघार संस्कार यद्यपि कुनै न कुनै रूपमा अवलम्बन गर्दै आएका छन् ।
बसोबास, विस्तारक्रममा अहिले विश्व नै सबै धर्मावलम्बीको सहज गन्तव्य बन्न पुगेको छ । विभिन्न धर्मावलम्बी एकै समाजमा बसोबास गर्नेक्रम पनि बढ्दो छ । इच्छाएको धर्म अवलम्बन गर्ने परिपाटी बढ्दै छ । यसक्रममा धर्म परिवर्तन गर्ने चलन सामान्य भइसकेको छ । संस्कार पद्दति पनि विस्तारित भै सबैका निम्ति मान्य हुन थालेका छन् । जन्म, मृत्यु र वैववाहिक संस्कार अवलम्बन नगर्ने अहिले कुनै समुदाय नै छैन ।
(लेखकको यो निजी विचार हो ।)
(Visited 14 times, 1 visits today)
