आजको डिजिटल युगमा सोसल मिडिया हाम्रो दैनिक जीवनको अभिन्न अंग बनिसकेको छ । यो बिहान उठेदेखि बेलुका नसुतेसम्म हरेक घटना, समय, सुख तथा दुःखमा मानिसको साथी नै हो । विश्वव्यापी सञ्चारलाई सहज बनाउने यसले भौगोलिक दूरी मेटाएर मानिसलाई जुनसुकै ठाउँमा रहेका साथीभाइ र परिवारसँग जोडिन सम्भव बनाएको छ ।
साथै, सोसल मिडिया सूचना प्राप्त गर्ने र जानकारी फैलाउने एउटा शक्तिशाली माध्यम बनेको छ । ताजा समाचार, विभिन्न घटनाक्रम र महŒवपूर्ण जानकारी द्रुत गतिमा सोसल मिडियामार्फत फैलिन सक्छन् । व्यवसायका लागि पनि सोसल मिडिया निकै उपयोगी साबित भएको छ । यसले उत्पादन र सेवाको विज्ञापन गर्न, ग्राहकसँग सीधा संवाद र आफ्नो बजार विस्तार गर्न मद्दत गर्छ भने सामाजिक आन्दोलन र जनचेतना फैलाउनमा पनि सोसल मिडियाले महŒवपूर्ण भूमिका खेलेको छ ।
सोसल मिडिया विकासक्रम प्रविधिको निरन्तर प्रगतिसँग जोडिएको छ । यसको सुरुवात सन् १९७० को दशकमा ‘अर्पानेट’ र ‘बुलेटिन बोर्ड सिस्टम’जस्ता प्रारम्भिक इन्टरनेट प्लेटफर्मबाट भएको थियो, जसले मानिसलाई सीमित मात्रामै भए पनि सन्देश आदानप्रदान र फाइल सेयर गर्ने अवसर प्रदान ग¥यो ।
सन् १९९० को दशकमा एओएल, कम्प्युसर्भ तथा इन्टरनेट रिले च्याटजस्ता सेवाले इन्टरनेट कम्युनिकेसनलाई लोकप्रिय बनाउँदै लगे । सन् १९९७ मा सुरु ‘सिक्सडिग्री डटकम’लाई पहिलो सामाजिक सञ्जाल मानिन्छ, जसमा प्रयोगकर्ताले प्रोफाइल बनाउने, साथी जोड्ने र सन्देश पठाउने सुविधा पाएका थिए । तत्पश्चात् सन् २००० को दशक सुरुवाततिर फ्रेन्डस्टर, माइस्पेस र एचआईफाइभजस्ता प्लेटफर्मले विश्वका विकसित देशमा सामाजिक सञ्जालको अवधारणा, महŒव र प्रयोग विस्तार गर्न मद्दत गरे ।
सन् २००४ मा फेसबुक आगमनसँगै आधुनिक सोसल मिडियायुग सुरुवात भयो र यसपछि ट्वीटर, युट्युब र लिंक्डइनजस्ता प्लेटफर्मले विभिन्न उद्देश्यका लागि डिजिटल सामाजिक सञ्जाल सिर्जना गरे ।
सन् २०१० पछि मोबाइल प्रविधि विकाससँगै इन्स्टाग्राम, स्न्यापच्याट, ह्वाट्सएपजस्ता एप लोकप्रिय भए, जसले फोटो, भिडियोलगायत सन्देश सेयर गर्न सहज बनाए भने हालको दशकमा टिकटकजस्ता छोटो भिडियो प्लेटफर्मले विश्वभरका बच्चा, युवा तथा ज्येष्ठ नागरिकमा समेत ठूलो प्रभाव पारेका छन् ।
त्यस्तै, फेसबुक रिल, इन्स्टाग्राम रिल तथा युट्युब सर्ट्सजस्ता सेवाले सोसल मिडियालाई अझ आकर्षक बनाएका छन् । आजको सोसल मिडिया कृत्रिम बुद्धिमता र एल्गोरिदम प्रयोग गरेर प्रयोगकर्तालाई उनीहरूका व्यक्तिगत रुचिअनुसारका सामग्री देखाउने भएको छ । यसरी हेर्दा सोसल मिडिया विकासक्रम निरन्तर नवीनता र प्रविधिमा आधारित हुँदै आएको छ, जसले मानवजीवनको सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक र राजनीतिक पक्षमा गहिरो प्रभाव पारिरहेको छ ।
सोसल मिडियाले हामी र हाम्रा आफ्नालाई सँगै जोड्न, जानकारी साट्न र मनोरञ्जन प्रदान गर्न मद्दत गर्छ । फेसबुक, इन्स्टाग्राम, टिकटक, ट्वीटरलगायत प्लेटफर्म हाम्रो साथीभाइ, परिवार र विश्वसँग जोडिने सशक्त माध्यम हुन् । यसको सहयोगमा विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थी तथा अध्यापनरत शिक्षकलाई आफ्ना साथीको समूह वा सञ्जाल तयार गरी अध्ययनका सामग्री सेयर, विषयवस्तुमा छलफल, अन्तक्र्रिया र समस्या समाधानमा एकअर्काको सहयोग लिने कार्य गर्न सहयोग पुग्छ । तर, यिनै प्लेटफर्मले सकारात्मक पक्ष मात्र होइन, नकारात्मक असर पनि निम्त्याउने गरेका छन् ।
यसको अत्यधिक प्रयोगले विशेषगरी अरूसँग तुलना गर्ने बानीले, मानिसको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । सामाजिक सञ्जालमा देखिएका दृश्यका आधारमा हामी अरूको जीवनशैली, सफलता, सुन्दरता, सम्पत्ति वा लोकप्रियतासँग आफूलाई तुलना गर्न थाल्छौं । यस्ता तुलना विशेषगरी तब बढ्छ, जब हामी अरूको फिल्टर प्रयोग गरिएको जीवन दृश्य सोसल मिडियामा देख्छौं, जहाँ प्रायः मानिसले आफ्ना जीवनका खुसीका क्षण मात्र सेयर गर्छन्, दुःखका पल होइन ।
सोसल मिडिया विकासक्रम प्रविधिको निरन्तर प्रगतिसँग जोडिएको छ । यसको सुरुवात सन् १९७० को दशकमा ‘अर्पानेट’ र ‘बुलेटिन बोर्ड सिस्टम’जस्ता प्रारम्भिक इन्टरनेट प्लेटफर्मबाट भएको थियो, जसले मानिसलाई सीमित मात्रामै भए पनि सन्देश आदानप्रदान र फाइल सेयर गर्ने अवसर प्रदान ग-यो
सोसल मिडियामा व्यक्तिले आफ्नो जीवनका राम्रा पक्ष मात्र प्रस्तुत गर्ने भएकाले हामी प्रायः अरूको उत्कृष्ट पक्ष, जस्तै– छुट्टीको रमाइलो तस्बिर, नयाँ गाडी, नयाँ घर, सफलता, सुन्दरता आदि प्रदर्शन मात्र देख्छौं । अरू मानिस रमाइला ठाउँ घुमिरहेको, पार्टी गरिरहेको वा नयाँ उपलब्धि हासिल गरिरहेको देख्दा आफूले केही छुटाइरहेको अनुभूति हुन्छ । यसले एक किसिमको मानसिक दबाब पैदा गर्छ र जीवनमा विस्तारै असन्तोष बढाउँदै जान्छ । यी दृश्यले वास्तविकताभन्दा सजाइएको जीवन देखाउँछन् । तर, जब हामी आफ्ना सामान्य दिनचर्या वा संघर्ष यस्ता झकिझकाउ तस्बिरसँग तुलना गर्छौं, हाम्रो आत्मसम्मानमा चोट पुग्नसक्छ, जसले व्यक्तिको आत्मविश्वास र आत्ममूल्यमा कमी ल्याउँछ ।
विभिन्न समय भएका अध्ययनले देखाएअनुसार सोसल मिडिया प्रयोगकर्तामा चिन्ता, डिप्रेसन र तनाव बढ्ने सम्भावना बढी हुन्छ । विशेषगरी, युवामा यो असर बढी देखिन्छ ’cause उनीहरूले आफ्नो जीवनलाई अरूको ‘हाइलाइट रिल’सँग तुलना गर्छन् । लगातार अरूसँग तुलना गर्दा मनमा आत्मग्लानी, असन्तुष्टि र हिनभावना उत्पन्न हुनसक्छ ।
दैनिक सोसल मिडिया प्रयोगमा डुबेका व्यक्तिमा डिप्रेसन र एन्जाइटीका लक्षण बढी हुने कुरा धेरै अध्ययनले देखाएका छन् । सोसल मिडियामा धेरै समय बिताउनाले निद्रा लगाउने ‘मेलाटोनिन हर्मोन’को उत्पादनमा समस्या भै निद्रा नलाग्ने, बिचैमा झस्केर ब्युँझने, अनावश्यक ठाउँमा निदाउने, डिप्रेसन, झर्कोपन, चिडचिडापन र थकानजस्ता समस्या बढाउँछ ।
यसैगरी, वास्तविक जीवनभन्दा सोसल मिडियामा बढी ध्यान दिनाले व्यक्ति वास्तविक सम्बन्धबाट टाढा हुन्छन् र यसले एक्लोपन बढाउँछ । धेरैजसो युवा तथा किशोर जब सोसल मिडियामा अरूको सफलता र खुसी मात्र देख्छन्, तब दैनिक जीवनमा आफूलाई असफल, अल्पसामथ्र्य वा अप्रशंसित महसुस गर्छन् । फलस्वरूप आफ्नो उपलब्धि र खुसीमा पनि असन्तुष्ट हुन थाल्छन् । यसले अध्ययन तथा काममा अरुची पैदा गराउने तथा जीवनप्रति निराशाको भावना उत्पन्न गराउँछ ।
यसका साथै सामाजिक सञ्जाललाई नै सबैथोक मान्ने युवा जमात यसमा देखिएका दृश्य तथा आएका समाचारलाई शतप्रतिशत सत्य मान्ने भएका कारण कतिपय अवस्थामा ठगिएका र आत्महत्यासमेत गरेका उदाहरण पनि धेरै छन् ।
उपर्युक्त समस्या समाधानका लागि सोसल मिडियाबाट केही समयका लागि टाढा रहने, आफन्त, साथीभाइसँग भेटघाट गर्ने, परिवारसँग समय बिताउने, प्राकृतिक वातावरणमा रमाउने, पुस्तक अध्ययन गर्ने, आफ्नो लक्ष्यमा केन्द्रित रहने, सिर्जनात्मक क्रियाकलाप तथा सीपमूलक क्रियाकलापमा सहभागी हुने, वास्तविक जीवन र भर्चुअल रियालिटीबीचको फरक बुझ्ने, अरूको अनुकरण गर्नुको सट्टा अरूको सफलताबाट प्रेरणा लिने, आफ्नो र आफ्नाको प्रगतिमा रमाउन सिक्ने, नियमित ध्यान तथा व्यायाम गर्ने बानी बसाउनेजस्ता प्रयास गर्न सकिन्छ ।
यसैगरी, शिक्षक तथा अभिभावकले नियमित रूपमा आफ्ना बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग र यसको गलत प्रयोगबाट जीवनमा पर्नसक्ने नकारात्मक असरका सम्बन्धमा सचेतना जगाई सीमित तथा नियन्त्रित प्रयोगमा ध्यान दिनुपर्छ ।
सोसल मिडिया आफैंमा नराम्रो होइन तर यसलाई प्रयोग गर्ने तरिका र मानसिक तयारी महŒवपूर्ण हुन्छ । यदि, हामीले यसलाई बुद्धिमानीपूर्वक प्रयोग गर्न सक्यौं भने यसले हाम्रो जीवनलाई खुुसी, सफल र समृद्ध बनाउनसक्छ । तर, यदि हामी अरूसँग तुलना गर्ने जालमा फस्यौं भने यसले हाम्रो मानसिक स्वास्थ्यमा गम्भीर असर पार्नसक्छ । सामाजिक रूपमा तुलना गर्ने बानीले हाम्रो आत्मसम्मान घटाउनसक्छ । मानसिक असन्तुलन ल्याउनसक्छ । जीवनमा असन्तुष्टि बढाउनसक्छ र कहिलेकाहीँ त जीवन नै बोझ लाग्ने र यसलाई नै समाप्त पार्ने सोच अउनसक्छ ।
त्यसैले, सचेत र सन्तुलित ढंगले सोसल मिडिया प्रयोग गर्नु नै मानसिक स्वास्थ्यका लागि सही विकल्प हो । आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुहोस् र सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत रहनुहोस् । आफ्नो जीवन, लक्ष्य, मूल्य र मान्यता तथा आत्मस्वीकृतिमा ध्यान दिनु नै सशक्त जीवन जिउने बाटो हो ।
(Visited 17 times, 1 visits today)