सोसल मिडियाले एउटा गाउँमा ल्याएको आर्थिक तथा सामाजिक क्रान्ति


काठमाडौं । भारतको छत्तिसगढस्थित तुलसी गाउँमा सोसल मिडियाले आर्थिक तथा सामाजिक क्रान्ति नै ल्याइदिएको छ । यो गाउँ विश्वमै युट्युबले पारेको प्रभाव प्रदर्शन गर्ने एक ससक्त उदाहरण हो ।

गत सेप्टेम्बरमा उक्त गाउँमा पुग्दा ३२ वर्षीय युट्युबर जय वर्माले आफ्नो नयाँ भिडियोमा समावेश हुनका लागि खेतबारीमा काम गर्नका लागि जान थालेको महिलाहरुको एक समूहसँग आग्रह गरिरहेका थिए । त्यसपछि महिलाहरु उनको वरिपरी जम्मा भए । उनीहरुले आफूले लगाएको सारी मिलाउँदै छोटा छोटा शब्दहरुसँगै मुस्कान दिइरहेका थिए ।

वर्माले एक वृद्ध महिलालाई प्लास्टिकको कुर्सीमा बसाले र अर्को एकजनालाई उनका खुट्टा छुन लगाए । त्यस्तै तेश्रो व्यक्तिलाई चाहिँ पानी ल्याएर वृद्धालाई दिन अह्राए र उक्त ग्रामीण परिवेश झल्काउने अभिनयको भिडियो खिचे । उनको भिडियो युट्युबमा हजारौँ मानिसले हेर्छन् । वर्माका यस्ता गतिविधिप्रति परिचित स्थानीय महिलाहरु उनले अह्राए बमोजिम गर्न राजी हुन्छन् । वर्माले उक्त क्षणको भिडियो खिचेपछि उनीहरु खेतबारीको काममा जान्छन् ।

यो गाउँमा झण्डै ४ हजार जनाको बसोबास रहेकोमा करीब १ हजारले विभिन्न हैसियतमा युट्युबमा काम गर्छन् । गाउँमा सायद त्यस्ता कोहीपनि मानिस फेला पर्न गाह्रो हुन्छ जो कुनैपनि युट्युब भिडियोमा नदेखिएका होउन् ।

त्यसको केही पर अर्को समूह आफ्नो नयाँ युट्युब भिडियो निर्माणमा जुटिरहेको थियो । २६ वर्षका राजेस दिवारले हिपअप संगीतको धूनमा प्रस्तुती दिइरहँदा अर्का एकजनाले मोबाइलबाट नको भिडियो खिचिरहेका थिए ।

तुलसी गाउँ पनि भारतका अन्य सामान्य गाउँजस्तै एकतले घर भएका तथा आंशिक रुपमा पिच सडकले छोएको गाउँ हो । घरमा छत छतमा पानीका ट्यांकी देखिन्छन् भने वरपीलका ठूला रुख र त्यसमुनिको चौतारीमा मानिसहरु जम्मा हुन्छन् । तर, यी सबै पारम्परिक ग्रामीण परिवेशका बाबजुत तुलसी गाउँको अर्को अत्याधुनिक परिचय पनि छ । यो गाउँ भारतको युट्युब गाउँको नामले चिनिन्छ ।

भारतको छत्तीसगढस्थित तुल्सी गाउँमा फिल्म छायांकन गरिँदै । गाउँलेहरू फिल्म छायांकन गर्न आफ्नो दैनिक क्रियाकलापलाई नै विश्राम दिने गर्छन् ।

यो गाउँमा झण्डै ४ हजार जनाको बसोबास रहेकोमा करिब १ हजारले विभिन्न हैसियतमा युट्युबमा काम गर्छन् । गाउँमा सायद त्यस्ता कोहीपनि मानिस फेला पर्न गाह्रो हुन्छ जो कुनैपनि युट्युब भिडियोमा नदेखिएका होउन् ।

अनि, युट्युबबाट आर्जन हुने पैसाले गाउँको स्थानीय अर्थतन्त्रमा रुपान्तरण ल्याएको छ । गाउँलेहरुका अनुसार वित्तीय लाभका अतिरिक्त युट्युबले समानता र सामाजिक परिवर्तनमा पनि भूमिका खेलेको छ । आफ्नै युट्युब च्यानल मार्फत् नाम र दाम दुवै कमाउनेमा गाउँका कतिपय यस्ता महिलाहरु पनि छन् जसले त्यसअघि प्रगतिको कुनै अवसर नै पाएका थिएनन् ।

स्थानीय ४९ वर्षीय किसान नेत्रम यादव भन्छन्, ‘युट्युबले गाउँका बालबालिकाहरुलाई खराब आनीबानी तथा अपराधबाट टाढै राख्न सहयोग गरेको छ । युट्युबका कन्टेन्ट क्रियटर्सले सबै गाउँलेलाई गौरवान्वित बनाउने काम गरेका छन् ।’

सोसल मिडिया क्रान्ति

तुलसी गाउँमा सन् २०१८ देखि युट्युब रुपान्तरण सुरु भएको हो । सबैभन्दा पहिले वर्मा र उनका साथी ज्ञानेन्द्र शुक्लाले ‘बिइंग छत्तिसगढिया’ नामक युट्युब च्यानल सुरु गरे ।

उनीहरुले आफ्नो युट्युब च्यानलमा राखेको तेश्रो भिडियो निकै चर्चित बन्यो । त्यस भिडियोमा उनीहरुले भ्यालेन्टाइन्स डे मा एक जोडीलाई बजरंग दलका कार्यकर्ताले दुर्व्यवहार गरिरहेको दृश्य समेटेका थिए । त्यो भिडियो निकै भाइरल बन्यो ।

उनीहरुले केही महिनामै दशौँ हजार फलोअर्स बनाउन सफल भए । जसमा डेढ लाख सब्सक्राइबर तथा २६ करोड भन्दा धेरै भ्यूज पुगिकेको छ ।

सुरुमा त वर्मा र शुक्लाका परिवारले उनीहरु सोसल मिडियामै झुण्डिरहेको मन पराएनन् । तर, जब उनीहरुले युट्युब भिडियोबाट पैसा कमाउन थाले, तब परिवारजनलाई पनि सन्तोष मिलयो ।

सोसल मिडियाले एउटा गाउँमा ल्याएको आर्थिक तथा सामाजिक क्रान्ति
गाउँको परिवेशको भिडियो खिच्दै युट्युबर जय वर्मा । वर्माले खिचेका ग्रामीण भिडियोहरूले विश्वभरका दर्शकहरूलाई आकर्षित गरेको छ ।

शुक्ला भन्छन्, ‘हामीले महिनाको करीब ३० हजार भारु जति कमाउन थाल्यौँ र हामीलाई सहयोग गर्ने समूहका साथीहरुलाई केही आर्थिक मद्दत गर्न सक्ने भयौँ।’ त्यसपछि उनी र वर्मा दुवैजना युट्युबमा होलटाइमर बने र आफ्नो जागिर नै छाडिदिए ।

ती दुई युवाको जोडी अरु गाउँलेहरुका लागि प्रेरणाको श्रोत बन्यो । वर्मा र शुक्लाले आफ्ना युट्युब भिडियोमा अभिनय गर्ने कलाकारलाई पारिश्रमिक दिने र अरु युवालाई युट्युब सामाग्री निर्माण, सम्पादन तथा स्क्रिप्ट लेखन सम्बन्धी तालिम पनि दिए ।

उनीहरुले केही महिनामै दशौँ हजार फलोअर्स बनाउन सफल भए । जसमा डेढ लाख सब्सक्राइबर तथा २६ करोड भन्दा धेरै भ्यूज पुगिकेको छ ।

गाउँमा बढेको युट्युबको क्रेज स्थानीय प्रशासनको आँखामा पर्‍यो । गाउँले सर्जकहरुबाट प्रभावित भएर राज्य सरकारले सन् २०२३ मा तुलसी गाउँमा एउटा सुविधा सम्पन्न स्टुडियो निर्माण गरिदियो ।

पूर्व कलेक्टर समेत रहेका वरिष्ठ निजामती कर्मचारी सर्भेश्वर भुरे चाहिँ तुलसी गाउँको युट्युब क्रेजलाई देशमा डिजिटल डिभाइडको समस्या सम्बोधन गर्ने अवसरको रुपमा लिन्छन् ।

उनी भन्छन्, ‘मैले उक्त स्टुडियो प्रदान गरेर ग्रामीण र सहरी जीवनबीचको खाडलर पुर्न चाहन्छु। उनीहरुका भिडियो निकै प्रभावशाली तथा सशक्त सन्देशमूलक छन् । ती भिडियो दशौँ लाखले हेर्दछन् । स्टुडियो निर्माण गर्ने कदम उनीहरुमा उत्प्रेरणा जगाउने प्रयास हो ।’

स्टुडियो निर्माणको काइदाले काम गर्‍यो । गाउँका सयौँ मानिसको लागि अहिले युट्युब नै जीवनयापनको मूख्य श्रोत बनेको छ । गाउँका कतिपय युट्युबरहरु अहिले शहरसम्मै चर्चित बनेका छन् ।

फोनदेखि ठूलो पर्दासम्म

गाउँका युट्युबरहरु मध्ये २७ वर्षकी पिंकी साहु सबैभन्दा ठूलो सेलिब्रेटी हुन् । खेतीपाती गर्ने परम्परागत गाउँमा जन्मे हुर्केर अभिनेत्री तथा नर्तकी बन्ने सपना केवल टाढाको कल्पना जस्तो मात्रै लाग्थ्यो । किनकि परिवारजनले कला क्षेत्रमा अभिनय गर्ने कामलाई राम्रो दृष्टिकोणले हेर्दैनथे ।

तर, परिवार तथा समाजको आलोचनाका बाबजुत पिंकीले आफ्ना नृत्यका भिडियोहरु खिचेर इन्स्टाग्राम रील्स तथा युट्युब शर्टस् अपलोड गर्न थालिन् । जब उनका भिडियोहरु ‘बिइंग छत्तिसगढिया’का संस्थापकले देखे तब उनीहरुले पिंकीलाई उनीहरुको प्रोडक्सन टिममा जागिर दिए ।

गाउँका युट्युबरहरु मध्ये २७ वर्षकी पिंकी साहु सबैभन्दा ठूलो सेलिब्रेटी हुन् । युट्युब च्यानलमा उनका भिडियोहरु धेरैले मन पराएसँगै उनले फिल्ममा खेल्ने मौका पाइन् । हालसम्म उनी ७ वटा फिल्ममा अभिनय गरिसकेकी छिन् ।

त्यो क्षण आफ्नो लागि सपना पूरा भएको क्षणको रुपमा रहेको पिंकी बताउँछिन् । उक्त युट्युब च्यानलमा उनका भिडियोहरु धेरैले मन पराएसँगै स्थानीय फिल्म निर्माताहरुको ध्यानाकृष्ट भयो । त्यसपछि उनले फिल्ममा खेल्ने मौका पाइन् । हालसम्म उनी ७ वटा फिल्ममा अभिनय गरिसकेकी छिन् ।

तुलसी गाउँकै बासिन्दा आदित्य बगेलले कलेज पढिरहेका थिए । वर्मा र शुक्लाको युट्युब च्यानलबाट उनीपनि प्रभावित भए र आफ्नै युट्युब च्यानल सुरु गर्ने निधो गरे । त्यसपछि उनले आफ्नो युट्युब च्यानल खोलेर भिडियोहरु अपलोड गर्दै गए र वर्षमा २० हजार फलोअर्स जम्मा गर्न सफल भए ।

सोसल मिडियाले एउटा गाउँमा ल्याएको आर्थिक तथा सामाजिक क्रान्ति
आदित्य भागेल (दायाँबाट दोस्रो) आफ्ना कलाकारहरू र टोलीसँग गाउँमा छायांकन सुरु गर्नु अघि एउटा दृश्य हेर्दै ।

त्यसपछि उनी युट्युबबाट पैसा कमाउन पनि सफल भए । यतिमात्र होइन उनले बिइंग छत्तिसगढियामा लेखन र निर्देशनको जागिर पनि पाए । उनको सफलता त्यत्तिमा रोकिएन । रायपुर सहरको एक प्रोडक्सन हाउसले उनको युट्युबको काम देखेर उनलाई कर्मचारीको रुपमा भित्रायो । उनले ठूलो बजेटको आसन्न फिल्म खारुन पारमा कथालेखन तथा सह निर्देशकको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी ३८ वर्षका मनोज यादव पनि युट्युबबाट करिअर सुरु गरेर अहिले सिनेमा क्षेत्रमा जमिसकेका छन् । बाल्यकालमा रामायणको नाटकमा रामको भूमिका निर्वाह गर्ने उनले भविष्यका कुनैदिन आफूले सोही भूमिकामा अभिनय गरेका चलचित्र छत्तिसगढका सिनेमा हलमा प्रदर्शन हुनेछन् भनेर सायद कल्पना गरेका थिएनन् । वर्षौँसम्म युट्युबमा आफ्नो क्षमता प्रदर्शन गर्दै आएका यादवले अन्ततः क्षेत्रीय फिल्ममा काम गर्ने अवसर पाए, जहाँ उनको अभिनयको निकै प्रसंसा भयो ।

महिला सशक्तिकरण

तुलसी गाउँमा युट्युबले त्यहाँका महिलाहरुलाई प्रविधि क्रान्तिको मध्यभागमा ल्याउनमा मार्गप्रसस्त गरेको छ । तुलसी गाउँका पूर्व सरपन्च द्रौपदी वैष्णुका अनुसार भारतमा विद्यमान विभेदलाई चुनौती दिन र सामाजिक मूल्य मान्यतालाई परिवर्तन गर्नमा युट्युबमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ । युट्युब भिडियोहरुले समाजमा महिलाले महिलामाथि नै गर्ने विभेदको चक्र तोड्न सहयोग गर्ने उनको भनाइ छ।

सोसल मिडियाले एउटा गाउँमा ल्याएको आर्थिक तथा सामाजिक क्रान्ति
तुलसी गाउँकी पूर्वपञ्च द्रौपदी वैष्णु । उनले आफ्नो युट्युब उपस्थिति मार्फत भारतमा महिलाहरूको सम्मान र समानताको महत्त्वलाई प्रवर्द्धन गर्ने प्रयास गर्छिन्।

हालैको एक युट्युब भिडियोमा ६१ वर्षीया द्रौपदीले भनेकी छिन्, ‘मैले उक्त भूमिका निर्वाह गर्न पाउँदा निकै गौरवान्वित भएको थिएँ किनकि यसले महिलालाई सम्मान र समानताको व्यवहार गर्नुको महत्वलाई बढावा दिएको थियो । गाउँको प्रमुखको रुपमा मैले मेरो जीवनकालमा सोही मूल्यको विकास गरेँ।’ बीबीसीबाट





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School