सेफ्टी राइडिङको सन्देश फैलाउँदै राइडरहरू

सेफ्टी राइडिङको सन्देश फैलाउँदै राइडरहरू


ट्रान्स हिमालय एड्भेन्चर अर्थात् मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरूले पर्यटन र सेफ्टी राइडिङको सन्देश फैलाउन काठमाडौंबाट हिमाली जिल्ला मुस्ताङसम्मको यात्रा सुरु गरेका छन्।

जोखिमपूर्ण सडकको अवस्था, ग्रामीण पर्यटन र विश्वभरका राइडरलाई नेपालमा यात्राका लागि सन्देश फैलाउन निस्किएको टोलीलाई म्याग्दीको सदरमुकाम बेनीस्थित कालिपुलमा स्वागत तथा बिदाइ गरिएको छ।

राइडरहरूको टोलीलाई म्याग्दी उद्योग वाणिज्य संघको तर्फबाट कालिपुलमा महासचिव नारायण जिसी र कार्यालय प्रमुख दिलीप पुनले मुस्ताङतर्फ जाने क्रममा स्वागत गर्दै म्याग्दीका ग्रामिण पर्यटनको विकासमा आवश्यक सहकार्यको अनुरोधसमेत गरेका थिए।

साहसिक तथा पर्यटकीय खेल गतिविधिमार्फत म्याग्दी जिल्लालाई समेत नेपाली र भारतीय राइडरहरूको टोलीले सघाउने अपेक्षा गरिएको संघमा महासचिव जिसीले बताए। ‘यो एउटा अवसर हो, पर्यटन प्रवर्धनमा राइडरहरूको महत्त्वपूर्ण भूमिका हुन्छ,’ महासचिव जिसीले भने।

राष्ट्रिय खेलकुद परिषद्ले साहसिक खेलकुदमार्फत दिगो पर्यटन प्रवद्र्धनको हेतुले विगत लामो समयदेखि साहसिक खेललाई प्रवद्र्धन गर्दै आइरहेको अवस्थामा टोलीले म्याग्दी र मुस्ताङको सडक तथा सहासिक यात्राको सन्देशसमेत प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन्।

राइडरहरू एड्भेन्चर स्पोर्ट्स, टु ह्विल टुरिङ र सेफ्टी राइडिङसम्बन्धी लाइभ स्ट्रिम, फोटोकथा, सेल्फी तथा भिडियो कन्टेस्ट, आर्टिकलसिप आदिमा सहभागी हुने र विजेतालाई पुरस्कृत गरिने टोलीका प्रतिनिधि गोविन्द भट्टराईले बताए।

जोमसोममा मोटोखाना रेसिङ, सेल्फी च्यालेन्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्टसम्बन्धी विभिन्न क्रियाकलाप हुने आयोजना नासा नेपालले जनाएको छ। राष्ट्रिय खेलकुद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसनको सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना भएको हो।

मुस्ताङबाट म्याग्दीको सदरमुकाम बेनी हुँदै फर्किने टोलीले भविष्यमा पनि म्याग्दीलाई छुट्टै प्याकेज बनाएर सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएको छ। राइडरहरूको टोलीले जोखिमपूर्ण सडक खण्डबारे सरोकारवाला निकायलाई जानकारी दिने र नयाँ र आर्कषक गन्तव्य भेटिएमा प्रचारप्रसार गर्ने बताएका छन्। टोलीमा नेपाली र भारतीय राइडर छन्।

प्रकाशित: २२ चैत्र २०८० ०७:४० बिहीबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School